Part 1

म एक्लै कोठामा, लाइब्रेरीमा. खै के लेख्ने| ५० वर्ष पुगे तर एक्लै, कोहि छैन साथमा | जसले मलाई काल आउदा “ तपाई कतै जानुहुन्न. मा तपाइँलाइ मर्न दिन्न “ भनोस् | इ निर्जीव किताबहरु मेरा वरिपरी शेल्फ्मा दुक्क तेर्सिरहेका छन् | मसंग साथि भनेको ई निर्जीव किताबहरु मात्र छन् | जुनबेला जोडी खोज्नु पर्थ्यो तेतिबेला ज्ञान खोज्न थाले. जुन बेला केटि पट्याउने कला सिक्नु पर्ने थियो तेती खेर किताब लेख्ने अभ्यास गरे | माया नपरेको हैन, पर्यो तर असफल भयो| हाहा आज किन यो कुरा सम्झिदैछु? सायद आज आभास भयो प्रेम नहुदा जीवन कति खल्लो हुन्छ भनेर | नराम्रो समय आउदा, जीवनको झरीमा रुझ्दा कोहि हुदैन आसु पुछिदिने | एक्लै बस्दा कैले कहिँ आफैसंग डर लाग्छ | तेती खेर कोहि हुदैन अँगालो हाल्ने, बिरामी हुदा मायाले स्याहार सुशार गर्ने कोहि हुदैन, कैले काही खुसिको पल आयो भने कोहि हुदैन मसंगै रम्ने | दुखमा कोहि हुदैन काध दिने, गल्ति गरे भने कोइ हुदैन सुरुमा गालि गर्ने अनि पछी सम्झाउने अनि सिकाउने, अनि अर्को गल्ति गर्न बाट बचाउने | हुन त माया भनेको hormonesको खेल हो. तर सायद त्यो Horomonesले नै मान्छेलाई मान्छे बनाउछ |
ज सुकै होस जति दृढ भएर मायाबाट पर बस्छु भनेपनि कुनै न कुनै दिन अपसोच लाग्दो रैछ| सबै कुरा छ तर मान्छे छैन. जो मसंग राति सुत्ने बेला होस अनि बिहान उठ्ने बेला | हाहा हासो लाग्छ कहिले काही आफ्नो यो सोच देखेर | आज वाक्क लाग्यो, दिक्क लाग्यो, एकदमै उराठ लाग्दो रात आज |

पचिस बर्ष देखिन् एउटा काममा तल्लिन थिए म | हिजो पुरा भाको थियो त्यो काम | हिजो सम्म त्यहि कामले दिमागमा अरु केहि कुराहरु आउन देको थिएन | एउटा किताब, मानवीय भावनाको बारेमा लेखिराथिये | दुइटा भाग पछी तेस्रो भाग हिजो भर्खर सक्कियो | आज प्रुफ reading गर्नु पर्ने काम बाँकी छ | मलाई यो भाग ३ किताबको अन्तिम पानाले हेरिरहेको छ तर मेरो ध्यान तेही केटि माथि छ | पानाले मलाई बोलाउदै छ तर म भूतकालको नमिठो यादलाई बोलाएरहेको छु वर्तमानमा | ठिक छ आज येही संग समय बिताउछु, भूतकालका याद संग | आज यो मेरो साथि भयो | तर अझै एउटा साथीको कमि भयो नि | शोकको दबाई, हरेक टुटेको मुटुको सुपर ग्लु | हाहा अ रक्सि , मदिरा , मध्यपान, अल्कोहल | अब भयो दारुको बोतल, चुरोट , सुरु गर्न एउटा सानो पेग | ल ठिक छ | दिमागको प्रोजेक्टरमा भूतकालको घटनाहरुको प्रसारण
|
Bachelors second year, लाइब्ररिमा, किताबभित्र मस्त, Rene Descartesको second meditations on philosophy | मेरो कलेजको समय बित्ने भनेको लाइब्रारीमा ज्यादा र कक्षामा कम | “ओइ हिड खाजा खान, कति पढेको?” मेरो ध्यान भंग भयो | साथीले बोलाको रैछ | “खादिन, यो किताब खतरा छ , यो पढिसकेर मात्र म यो लाइब्रेरीबाट निस्किन्छु | त जा खान |” “म एक्लै? एक्लै कसरि खानु? मन लाग्दैन |” “अनि खै त त्यो मुला?” “खै क थाहा को केटिसंग बोल्न गयो |” “हाहा तिमीहरुलाई कलेजमा नया केटि देख्ने हुदैन |” “yeah, the most beautiful thing in the world, Sex. “

अर्को साथि आयो त्येही मुला भन्ने | “ ओइ साला हिड canteen तलाई मन परेको केटि पनि खाजा खादै छे |” त्यो साथि, जसलाई sex दुनियाको सबै भन्दा राम्रो कुरा लाग्छ, ले भन्यो “ माकसम ?” “बाउकसम” दुवै जना गए, राम्रो भयो | अ नाम भन्दा सजिलो हुन्छ होला, त्यो सुरुको मलाई जसले खाजा खाना बोलायो तेस्को नाम आसिस अनि आसिसलाइ संगै लानेको नाम प्रतिक | किताबको अन्तिम पानामा पुगीसक्या थिए म | पढे अनि सक्कियो, प्रायः म आखा चिम्लेर ध्यानास्थ जस्तो अवस्थामा किताबको बारेमा सोच्न थाल्छु | त्यहि गर्दै थिए, एक्कासी केटिको आवाज आयो “ यो किताब तपाइले पढीसक्नु भयो?”

आखा खोलेर हेरे सायद first yearको केटि थिइन् | मैले पढीसकेको उल्लेख गरे | उनले किताब लाने आग्रह गरिन् | मैले उनलाई किताब दिए | उनि गईन् | मलाई भोक लाग्यो सायद किताब पढिससकेर, मेरो दिमागलाई पेटको याद आएछ | त्यहाँबाट खाजा खाएर म घर तिर लागे |
एक महिनामा ६ वोटा किताब पढीसक्या थिए, अब दिमागलाई आराम दिने बेला भयो | आज चै कलेज गएर लाइब्रेरी गईन म | कक्षा कोठा अनी canteen | canteenमा सधै बस्ने ठाउबाट अर्कै ठाउ लागे केटाहरुले | फरक त केहि परेन झन् राम्रो भयो एकान्त जस्तो ठाउ | त्यहाँ प्रायः कोहि आउदैनन, धेरै राम्रो | मान्छेहरुको गफ सुन्नु परेन | नभए खालि त्यहि गफ ‘त्यो क्लासको केटि क्या राम्री छे’ ‘तेस्लाई त म girlfriend बनाउछु ‘ ‘ हिजो राति फलानो केटिसंग फलानो होटेल गएर आको मजा आयो ‘ ‘यो पालि परिक्षामा के प्रस्न आउछ, यो पालि पास भईन्न होला’ आदि इत्यादी | समोसा र तरकारी खादै आफैसंग रमिरहेको थिए म | तीनजना केटि आइपुगे हामी निर बस्न | आसिस बोल्यो, प्रतिक बोल्यो, दुइटा केटि बोले | वास्तवमा हामि निर हैन हामि संग बस्न आका रैछन | एकदिनमा एस्तो ? केटाहरुले गर्छन | दुइजना मस्त बोलिरहेका थिए | अर्को केटि चुपचाप आफ्नो खाजालाई पेट भित्र हाल्न ब्यस्त थिईन् | म मेरा साथि भन्दा अलिक पर बस्या थिए | अब उनीहरुको flirt सुरु | मलाई त अचम्म लाग्छ कसरि यसरी बोल्छन केटिहरुसंग | मैले बोले भने एक दुइटा casual सोधेर बोल्ने कुनै कुरा हुदैन | कि philosophyमा पुग्छ कुरा कि त चुपचाप आफ्नो बाटो लाग्छु म | तिमध्येको एउटी केटीले मतिर हेरिन् र मलाई HI भनि | मुख हेर्दा त चिनिन तर बोलेपछि आवाजले चिने | त्येही हिजो किताब माग्ने केटि रैछिन् | उनले मलाई बोलाइन्, मैले त सुरुमा चिनिन त्यहिभएर मलाई ग्लानी महसुस भयो अनि सोधे “ HI हिजो लग्या किताब पढ़ेउ ? ‘ “अह मैले मेरो लागि हैन यसको लागि मागेको “ भनेर उनले चुपचाप खाजा खाइरहेकी केटि तिर इसारा गरिन् “ मैले ए भने अनि खाजा खाना तिर लागे | केहि समय पछी त्यो चुपचाप केटीले मनिर आएर Thank You भनिन् | मैले नि वेलकम भनेर फेरी खाजा खान थाले | अ अझै सम्म खाजा सक्किएको छैन मेरो, ४ वोटा समोसा चाडै सकिदैन नि त | “हजुरको नाम ?” उनले सोधिन् “स्पन्दन” मैले उत्तर दिए | उसको त सोधिन, सायद मन लागेन या आज एक दिन हो बोल्ने, यो पछी मसंग बोल्न आउदिन भनेर सोधिन | उनले पनि भनिन | जे भएपनि उसको मुहारलाई साधारणतह अप्सराकोसंग दाज्छ्न होला प्रायः मान्छेहरुले | अरुसंग बोलिन् भने पनि मसंग त बोल्दिनन् | मुहार ठिकै छ, त्येस्तो handsome भन्ने खालको नि हैन | बोले भने, केटिहरुसंग बोल्न आउदैन | केटिहरु त के कोहिसंग बोल्न आउदैन | आउदैन हैन मनलाग्दैन | मैले खाजा खाइसकेर बटुका र चम्चा canteenमा राख्न जान लाग्दा उसले मलाई “दिनुस् म लग्दिन्छु” भनेर लिएर गइन् | म चुरोट खान कलेज बाहिर गए | ती दुइजना केटिहरुसंग बोल्न मस्त थिए त्यहि भएर उनीहरुलाई नबोलाई एक्लै गए | फेरी कलेज भित्र छिर्न मन लागेन | त्येही बाहिरको दोकानमा चिया चुरोट खादै बसे |

कलेज छुट्टि भएपछी केटाहरु आए, किताबको झोला बोकेका काधक हातमा प्रस्न हरु बोकेर | आउन साथ प्रतिकले सोध्यो
“का थिईस्? खाजा खाने बित्तिकै गायब भइस”

अब आसिसको पालो “ त्यो केटीले सोध्दै थिई तलाई “का जानु भयो ? भनेर”
मलाई धेरै चासो लागेन | ए भनेर कुरा टार्दिए | ती केटिहरुको नाम भन्न थाले मलाई | सिधै मलाई भनेका हैनन् तर कुरा गर्दा थाहा पाए | एउटाको नाम समिक्षा, अर्कोको निस्मा, अर्कोको प्रतिक्षा | मसंग बोल्नेको नाम चै निस्मा | हामीले चिया चुरोट खायेउ र घर तिर लागेउ |

Next article

Latest Posts