“ तिमीलाई कसरि बुझाउ म? सनिरालाइ पाउनु मेरी गन्तब्य हैन, उनलाई माया जिकिर गर्नु मेरो गन्तब्य हो| गन्तब्य सधै सुन्दर नै हुनुपर्छ र?” पन्कज्को यो प्रश्न अनि प्रियंका निशब्द भइन्| अनि केहि यस्तो जवाफ आयो…….
***
अनि केहि यस्तो जवाफ आयो प्रियंकाबाट| पंकज पनि मुक्सुराउन पुग्छ त्यो जवाफ सुनीसकेपछी|
“त्यसो भए म पनि तिमि जस्तै मुर्ख बन्छु| तिमि सनिरालाइ पर्ख, म तिमिलाई पर्खन्छु| जीवन भर यहि खेल खेलौ| कस्तो मजा आउछ|” प्रियंकाले यति भन्नुको तात्पर्य थाहाछैन|
त्यो दिन त्यसरी नै बित्यो| लुकिछिपी हेर्ने बाट सुरु भएको सम्बन्ध बिस्तारै फेसबुकमा गफ हुदै गएर, फोनमा पुग्यो| केहि दिनको फोन अनि संगै भेटेर पनि कुरा सुरु भयो र उनिहरुसंगै घुम्दै समय बिताउने पनि भइसके| अब दैनिकी भेट हुन्छ प्रियंका र पंकजको| उनि दुइलाइ देखि कलेजमा जल्ने धेरै छन् तर अरुलाइ के थाहा, यी दुइको नै मुटु जल्दैछ भनि| हरेकको आखा अगाडी र दिमागमा उनिहरु जोडी हो थियो तर उनिहरु टुक्रिएको कसैलाई थाहाछैन| आखाले जे देख्यो त्यहि नहुने रैछ जीवन अनि यो संसार|
प्रियंकाले कुनै आश बिनानै पंकजलाइ माया गरि रहिन्| पंकज उनको नभएर उनीलाई दुख खिन्न या दुख महसुस भएको छैन| किन कि उनि खुसि छिन्, पंकज उनको नभए पनि उनि पंकजसंग छिन्| माया गर्ने मान्छेलाइ यस भन्दा धेरै के नै चाहिन्छ होला| आफ्नो माया जिकिर गर्ने कुनै मौका उसले खेर फ्यालदिनन् तर उनको मायाको बदलामा उनले पनि माया पाउछिन् भनेर उनले चिताएकी छैन| पंकजलाइ प्रियंकाको चाहना थाहाछ र पंकजको चाहनाबाट प्रियंका पनि अन्जान छैनन्| दुबैले एक अर्काको भावनाको कदर गर्छन| यस्तै छ उनिहरुको सम्बन्ध|
बुटवलको कुनै यस्तो पर्यटकीय स्थान छैन जहाँ उनीहरु संगै पुगेका छैनन्| कुनै यस्तो प्रेमसंग जोडिएको बिषय छैन जस्मा उनीहरुले चर्चा गरेको छैनन्| एकछिनमा समिप भएको जस्तो गर्छन भने एकछिनमा झगडा पनि हुने गर्छ उनीहरु बिच| एक अर्कासंग समय बिताउन दुबैलाई मन पर्छ तर उनीहरुलाई थाहाछ| यो सबै क्षनिक हो| उनिहरु एक अर्काको जिन्दगिमा अट्दैनन्| कस्तो अचम्मको सम्बन्ध| अहिले संगै छन् तर भबिस्यमा छुट्ने पनि निक्षित छ| उनीहरुको सम्बन्धको कुनै गन्तब्य नै छैन त्यहि पनि यात्रा जारि छ| मानौ यो यात्रा सम्बन्धको हैन समयको हो, जुन कहिले सकिदैन र जहिले फन्को मारी रहन्छ|
समय कछुवाको गतिमा अघि बढेको दुवैलाइ थाहानै भएन सायद| अनि हजुरहरुलाई पनि एउटा सर्त थाहाछैन, जुन उनीहरुले आफुसंग गोप्य राखेका छ| दुबैको बीच कुनै प्रेमिक सम्बन्ध छैन र तर पनि उनीहरु दुबैलाई केहिले जोड्दै थियो| भबिस्य छैन थाहाछ दुबैलाई| पंकजलाई भने डर छ, प्रियंकाको भावनाको ओडारमा बसेर कहि पंकजले सनिरालाई उसले भुल्ने त हैन नि| त्यसैले उसले प्रियंका संग एउटा गोप्य सर्त राखेको छ| उनिहरु बीच जति आत्मियता, माया,भावना बढेपनि, यो दुइ बर्ष सम्म मात्र हो| प्लस टु को परिक्षा पछी उनिहरु एक अर्काको सम्पर्कमा नस्बने
