सबै सोचे जस्तै चल्दै थियो र यस्तो कुनै चाहना थिएन जुन पुरा भएको छैन| यत्तिकैमा क्षितिजको एउटा वाक्यले सबै बिथोल्यो| त्यो वाक्य मात्र भन्दा उचित नहोला, म बिहान देखिको सबै पल नै भन्छु|नुहाएर वासरुमबाट निक्लिने बित्तिकै उसले मेरो हातमा कफीको कप दियो र आफु नुहाउन पस्यो| आज बेग्नास ताल जाने भनि तैयार हुदै छौ हामि| हामि परेवाको जोडी जस्तै भएको छौ, मात्र एक अर्कामा बिलिन छौ| बाहिर के हुदै छ केहि थाहा छैन| पोखरा बसेको यतिका महिना भयो तर अहिले सम्म पनि हाम्रो एक जना कोहि साथि बनेको छैन| कि घरमा हुने हामि कि दुवै घुम्नको लागि ठाउ ठाउ जाने| बाहिरि कोहिसंग न बोलचाल छ न भेटघाट| दुवै तैयार भयौ र हिड्नको लागि तैयार| म कार स्टार्ट गर्दै छु क्षितिज घरमा ताल्चा लगाउदै छ| ए.सी. र संगीत, दुवै सुरु गरे|
क्षितिज कार निर
पुग्छ र ढोका खोल्छ कारको तर फेरी ढोका लगाउछ अनि प्यान्टको बगलीमा हात लग्छ|
बगलीबाट मोबाइल निकाल्छ र बोल्न लाग्छ| बेला न बेला कसको फोन आयो फेरी? हामि यो
संसारबाट यति पर भइसकेको थियौ भने हामीले दुबैले नया सिम लिएको छौ अनि हाम्रो
नम्बर कोहि संग छैन| क्षितिजको परिवारको लागि उ इन्डियामा छ र मेरो क्षितिज बाहेक
कुनै परिवार नै छैन| क्षितिजलाइ अलि धेरै नै समय लाग्यो| उसले यति धेरै गफ गर्ने
भनेको परिवारसंग मात्र हो| अनि परिवारसंग बोल्दा जहिले भिडियो कल गरेर बोल्थियो|
अहिले भिडियो कल गरेको छैन| त्यसो भए कोसंग बोल्दै छ क्षितिज? १३ मिनेट फोनमा
बोलिसकेपछी मात्र उ कार भित्र छिर्यो| क्षितिजको रंग केहि बदलिएको छ, केहि फेरिएको
छ उसको अनुहारको हावभाव|
“के भयो क्षितिज? किन निराश देख्दैछु म तिमीलाई?”
“बुवाको फोन आएको थियो|”
“अनि के भयो त? बुवाले जहिले फोन गर्नु हुन्छ नि| यसमा अचानक तिम्रो स्वभाव बदलिनु
पर्ने केहि कारण छैन|”
“ फोन जहिले गर्नु हुन्छ तर आज केहि भिन्न कारणले फोन गन्रु भएको|”
“ एक मार्कको प्रश्नको जवाफ दिए जसरि एक एक वाक्य नबोल त| सबै कुरा एकैपल्ट भन|”
“म काठमाण्डौ जानु पर्ने भयो|”
“किन?”
“बुवाले मेरो नामको जग्गा बेच्न खोज्नु हुदैछ| मेरो signature चाहियो रे|”
“अनि तिमि जानै पर्ने? तिमीले यहिबाट केहि गर्न मिल्दैन?”
“यहाँबाट गर्न त मिल्छ तर इन्डियाबाट मिल्दैन नि त| सबैको लागि अहिले म इन्डियामा
छु|”
“न गए हुदैन?”
“आउदिन भनेर कति बुझाए तर जानै पर्ने भयो| नत्र उहा हरु इन्डिया आउनुहुन्छ रे|”
“ उहाहरु इन्डिया पुग्नु भयो भने हामीलाई समस्या| कहिले सम्म जानु पर्ने?”
“एक महिना भित्र पुग्नु पर्ने|”
“अनि कति दिनको लागि हो?”
“ बुवाले दुइ दिन भन्दै हुनुहुन्थियो तर मामुले यति दिन पछी आउदैछस्, एक हफ्ता
बस्ने गरि आइज भन्नु भएको छ| एक हफ्ता नै हुन्छ होला|”
“अनि म? म के गर्नु?”
“ त्यसैले म निराश छु| तिमीलाई छाडेर जान मन पनि छैन तर फेरी तिमीलाई आफ्नो घर
लग्न पनि सक्दिन|”
“काठमान्डौमा फेरी मेरो कोहि आफन्त पनि छैन| म यहाँ एक्लै कसरि बस्नु क्षितिज|”
“अहिले यो बिषयमा छलफल गरेर दिमागको दहि नगरौ| जे काम को लागि हिडेको त्यहि गरौ|
पहिले बेग्नास पुग्ने, घुम्ने, ऐन घर फर्किने| यति गरिसकेपछी पनि शरीरमा ताकत बच्यो
भने सोचौला| नत्र हामि संग समय प्राप्त छ|
यति बुझ, हामि एक्लैले निर्णय लिने हैन, दुबैले हो|”
क्षितिजले सान्तोना दिएर मेरो मनलाइ सम्हाल्न खोज्यो तर मेरो मन यति चाडै बुझ्न
खोज्दैन| क्षितिज काठमाण्डौ जानुपर्ने खबरले जति मलाई असर पारेको, त्यत्तिकै नै
क्षितिजलाइ पनि| हाम्रो जिवनमा धेरै घटनाहरु क्रमबद्ध रुपमा घटेका छन् र याद अझै
पनि बाकि नै छ| म यहाँ एक्लै बसेर क्षितिज्लाइ काठमाण्डौ जान नदिनुको मुख्य दुइ
कारण छन| पहिलो हो मैले देख्ने गरेका नराम्रा सपना| अहिले टि सबै सपना रोकिए तर
क्षितिज काठमाण्डौ गएको बेला फेरी पनि मैले सपना देख्न लागे भने? अरु बखत पो
क्षितिज हुन्थियो र हौसला हुन्थियो मलाई तर …यदि क्षितिज काठमाण्डौमा हुन्छ र म
पोखरा, मलाई केहि भइहाले भने पनि क्षितिजलाइ यहाँ पुग्न 3-4 घण्टा लाग्छ| अनि त्यो 4 चार घण्टा काफी
हुन्छ, मान्छेलाइ हजार पल्ट मार्न| यो डर
बाट निकै कोशिस गरेर बाहिर निक्लिएका छौ र फेरी पनि यहि दलदलमा फस्नु छैन| जसरि
मलाई घरमा एक्लै बस्न डर लाग्दैछ, क्षितिजलाइ पनि उत्तिकै डर लागेको छ मलाई घरमा
एक्लै छाड्न|
दोस्रो कारण हो… सभ्य भाषामा भन्नु पर्दा हामि एक अर्काको लागि साथ मात्र नभएर बानि भइसकेको छौ| हाम्रो अस्तित्व नै एक अर्कामा छ र एक पछी अर्को आउछौ हामि| हामी एक अर्काको लत भएका छौ| जस्तै चिनी बिना खिर हुन्न, नुन बिना अचार हुन्न, भ्रस्टाचार बिना सरकार हुन्न, थकान बिना यात्रा हुन्न| हो हामी यसरि नै एक अर्काको पुरक भएका छौ, राम्रो होस् या नराम्रो तर हामि दुवै जोडिएर नै आउछौ| हरेक पल हामि एक अराको छेउमा नै हुन्छौ| एक अर्काको अन्गालोमा बेरिदा हामि बाकि संसार भुल्छौ र कति समय बित्यो पत्तो हुदैं| एक अर्कालाई चुम्दा बल्ल हामिलाइ जीवनको रस प्राप्त हुन्छ| एक अर्काको आखामा हामि आफ्नो प्रतिबिम्ब देख्छौ| लाज ढाक्न कपडाको आवश्यक्ता पर्दैन हामीलाई जब हामि सर्प झैँ एक अर्कामा बेरिन्छौ र नाङ्गो शरीरको आत्मियतालाइ महसुस गर्छौ| कति रात म उसको काखमा नै निदाउछु| उसले आफ्नै हातले कफी बनाएर नदिए सम्म मेरो दिनको सुरुवात मुश्किलले हुन्छ| उसको लुगाको पसिना पनि अत्तर जस्तै लाग्छ मलाई र म त्यहि कपडा लगाएर बस्छु कुनै पल| वासरुममा जब बाथतब मा दुइ ज्यान संगै उत्रिन्छन, शरीर ढिलो भिज्छ मायाले मन पहिले नै भिजि सकेको हुन्छ| कहिले उसले मेरो कपालमा छम्पी गर्ने अनि कहिले मैले| कहिले मैले उसको लुगा लुकाइदिने भने उसले कहिले मेरो लाली| कहिले छतमा बस्दा बस्दै अचानक भिज्थिए म तर वर्षा भएको हुन्थिएन| क्षितिज्ले पाइपबाट पानि छ्याप्दै हुन्थियो| कहिले आठ खोल्ने बित्तिकैओछ्यान फुल ले सजिएको हुन्थियो| यस्ता धेरै पल बीच बाच्दै छु क्षितिजसंग, अब उ बिना कसरि बस्नु एक्लै| काठमाण्डौमा हामि संगै नभएपनि दिनमा एकपल्ट भेट त हुन्छ नि| तर ७ दिन मा यहाँ एक्लै बस्नु पर्यो भने कि म बहुलाएर हिड्छु या केहि.. फेरी पोखरामा अकोही साथि हुदो हुन् भने एक हफ्ता क्षितिज बिना बस्न पनि सक्थिए|
क्षितिजसंग यो बिषयमा फेरी पनि बोल्न खोजे तर उसले अहिले यो बिषयमा केहि बोल चाहेन| आफ्नो अंगालोमा माया, निरास्ता र गुनासो तिन भावनाको नै मिश्रण लिएर क्षितिज्लाइ अंगाली रहे बेग्नास तालमा| मलाई कहिँ जानु छैन, मात्र यहि अंगालोमा बस्नु छ र क्षितिजलाइ पनि कहिँ जान दिनु छैन| दिउसो मान्छेको भिड हेर्ने योग्य थियो तर बेलुका हुदै गएपछी भिड पनि कम भयो| घर पुगेर खाना खाइसकेपछी ओछ्यानमा पुगे र फेरी पनि क्षितिजलाइ अन्गालोमा कसे| मनमा अनौठो डर र एक्लोपनको सृजना भएको छ|
“ मैले उपाय सोचे|” क्षितिजले यति भन्ने बित्तिकै, माया र आशा संगै आशु भरिएको आखाले मैले उसलाई हेरे|
