Part 9

कारको सोरुम पनि पुगियो| आफ्नै नया कार, एउटा सपना साकार भयो मेरो| घर पुगियो र सुत्ने तरखरमा| दिनको सुरुवात मनमोहक थियो, अनि त्बयहि नै जारि रहयो दिनभर नै| सानो तिनो खाल्डा थिए तर पन्छिएर अघि बढेर यहाँ सम्म पुगियो| बल्ल सुरु भयो असली परिक्षा अनि असली युद्ध, के म आजबाट आजाद हुन्छु त्यो डरलाग्दो सपनाको जन्जालबाट? झाक्रीले जे जे भन्यो, त्यसले म निस्फिक्री भइ सुत्न सक्छु| बाहिरि शक्ति जति लागि परेपनि, मनको डर मेट्नलाइ आफ्नै इच्छाशक्तिले मात्र हो| त्यहि इच्छाशक्तिको कमि हुदैछ मलाई| थाहाछ सबै समाधान भइसक्यो तर पनि म डरको मुर्दा आफु भित्र गाडेर बसेको छु अनि त्यसलाई नै हेरेर तर्सिदैछु|

यो डरको लहर मेरो मन भित्र मात्र नभएर क्षितिजको मनमा पनि छ| उसले आज बिहान जे देख्यो, अहिले सम्म पनि उ त्यहि छ| उ पनि चकित छ आखिर यो सबै कसरि हुन सक्छ| बिहान भरि ब्यस्त भइयो र दिउसो यो बिषयमा गहिरिएर सोच्ने समय थिएन| रातको समय, हामि दुइ जना मात्र, अनि हामि संग छ मेरो सपनाको भय| यदि झाक्रीको उपायले काम नगरेको भए? यदि उसको मन्त्र खेर गएको भए? यदि उ नामको मात्र झाक्री भएको भए? यस्तै धेरै प्रश्न घुम्दै छन् हाम्रो दिमागमा| दुबैको दिमागमा प्रश्न छ र यो दुबैलाई थाहाछ तर दुबैले आफ्नो भय एक अर्का सामु ब्यक्त गरेका छैनौ| झाक्री बिहान ज्यान जान सक्ने भनि पनि बताएको थियो, त्यसैले दुबैको मनमा भय छ|

एउटा ओछ्यान, त्यसमा दूइता ज्यान एउटा ब्ल्यांकेट मुनि| दुबैको आखाले एक अर्कालाइ हैन, भित्तालाइ निहाल्दै छन् र हाम्रो ढाड मात्र एक अर्काको आमुने सामुने छ| आखा एक अर्कालाइ हेर्दो हुन् भने बोल्थिए होला तर दुबैको आखामा त्रासको लेप् छ अनि दुबैले यो लेप एक अर्कालाई हेराउन चाहेका छैनौ| दुबैको शरीर पसिनाले लत्पत्तिएको छ| सधै यौन पछी, एक अर्काको शरीरको भोक मेट्दै मायाको तृष्णामा लिप्त भएपछी मात्र भिज्ने शरीर आज यौन बिना नै भिजेको छ| ब्लान्केटको न्यानोपनले पनि भिजेको हैन यो शरीर| मनको डरमा चेतना बल्दैछ र त्यहि राप बिह्च्मा छौ हामि| मनमा जुन डर छ, त्यो डर अहिले सम्म पनि काबु भएको छैन| हामीले गर्न सक्ने सबै उपाय गरिसकेउ तर पनि ढुक्क हुन सकेको छैनौ| आफ्नो ज्यानको माया कति हुन्छ त्यो बेला सम्म थाहा हुन्न जब सम्म आफ्नो ज्यान दाउमा हुन्न|

“परजुना, तिमि किन नसुतेको?”
“तिमि पनि त सुतेको छैनौ|”
“म सुतिन भन्दैमा तिमि पनि नसुत्ने त?”
“कसले भन्यो तिमीलाई कि तिमि नसुतेर म पनि नसुतेको?”
“किन नसुतेको त?”
“मैले जवाफ दीइराख्नु पर्छ र?”
“मलाई अहिले सम्म यस्तो डर लागेको छैन| आज सुते भने भोलि उठ्दिन लाग्दैछ|”
“ एक अर्काको अन्गालोमा मरे भने त हाम्रो माया पनि अमर हुन्छ नि| यहि हो मौका हाम्रो मायालाइ अमर पार्ने| बुझेउ क्षितिज?”
“ अंगालोमा मर्न हामि अन्गालोमा हुनु पर्छ नि|”

क्षितिजले यति भन्ना साथ म उ तिर फर्किए र उसलाई आफ्नो अन्गालोमा कसे| मैले अन्गालोमा हालेपछि उ पनि म तिर फर्कियो र मलाई अन्गालोमा कस्यो| मायामा पनि अंगालेकी छु अनि हवसमा पनि तर अहिले सम्म पनि आजको अन्गालोको न्यानोपन लाइ कसैले उछछिन सक्दैन|  शरीरले मागेको बेला अंगालेको छौ हामीले एक अर्कालाइ तर अहिले आत्माले अंगाल्न आदेश दिएको छ| डर कम भएको छैन तर अब आश चाही पलायो| कोहि बत संगै छ, जो अन्तिम संग पनि मेरो साथमा छ| रमाउने न फुर्सत छ न मन, तर पनि अहिलेको पल बिथोलिन पुग्यो| बिथोलिएको भन्ने कि के हामि एक अर्कालाई झन् कसेर अन्गालोमा बाध्न लागेउ| कारण एउटा मात्र छ, वासरुमबाट आवाज आउदै छ|

केहि अजिब आवाज| हाम्रो वासरूममा कोहि छ| घरमा हामि दुइ जना मात्र हैन कोहि तेस्रो व्यक्ति पनि छ| हामि डराएको छौ र त्यो व्यक्ति रिसाएको छ| वासरुमको आवाज अझै बढ्दै नै छ| वासरुमको आवाज झन् बढ्दै गयो| ऐनामा जुँगा कोर्ने आत्मा, वासरुममा छ| एउटा घरको, एउटा कोठामा दुइ मानब अनि अर्कोमा एउटा आत्मा| सुरुमा वासरुमको श्याम्पूको बट्टा खसेको आवाज आउछ, अनि त्यसपछि सिसामा कसैले हानेको जस्तो| एकपछी अर्को सामान फ्यालेको आवाज आउदैछ, क्रोध छ वासरुममा| एक पछी सबै सामान  फ्यालेपछी आवाज रोकियो| हामि दुवै तर्सिएको छौ| दुवैले अन्गालोमा यसरि कसेको छौ मानौ आज हाम्रो अन्तिम रात हो| झाक्रीले दिएको ताबिज हातमा लिएर भगवानलाइ सम्झिदै छौ| अवाज रोकिएको पनि धेरै बेर भयो| सायद ताबिजले काम गर्यो जस्तो छ|

तर वासरुम जाने हिम्मत दुबैमा छैन| अवाज हरायो तर डर अहिले सम्म पनि कायम छ| रात डराएर बिताउन सकिन्न| डरले रात काट्ने हैन हामीलाई मार्ने काम गर्छ| दुवै वासरुम तिर अघि बढेउ| एउटा ताबिज दुबैले अठ्याएको छौ अनि एक अर्कालाई पनि| वासरुमको ढोका हल्का खोलेको, वासरुम भरि रगत नै रगत छ| अब भित्र जाने आट दुवैमा छैन| रगत कसको? मैले सपनामा जे देख्थिए, त्यहि रगत यहाँ त हैन? आफ्नो हात हेरे, कहिँ सपना जसरि मेरो हात पनि रगताम्य भएको त छैन? मेरो हातमा केहि छैन| ढोका थप खोलेउ| ऐनामा जुँगा कोरिएको छ? हाम्रो मुटु हाम्रो घाटीमा छ अहिले| एउटा सानो आवाजले पनिं हृदय घाट हुनछ| रगत एक ठाउमा हैन ठाउ ठाउमा छ| आखा चिम्लिएउ र ढोका पुरै खोलेउ र हामीले सोचेको जस्तै केहि हैन रैछ| झ्याल केहि खुल्लै थियो र चरा पसेछ| आवाज अनि रगत, चराको| ऐनामा कोरिएको अहिले हैन. बिहान हामीले मेट्न बिर्सिएको| हाम्रो मनमा रहेको डरले हामीलाई थिचेको रैछ|

त्यो दिन देखि न सपाना दोहोरियो न घटना| सबै राम्रै नै चल्दै गयो| दिन बित्यो, हफ्ता बित्यो र महिना पनि| यसरि नै दुइ महिना बिते र हाम्रो सपनाको महल पनि तैयार भयो| म खुसि छु तर सायद क्षितिज पनि खुसि नै छ| मैले चाहे जस्तो जीवन बिताउदै छु| म क्षितिजको लागे अनि क्षितिज मेरो लागि जन्मिएको हो| हाम्रो संसारलाइ हामि दुले पुरा गर्दै छौ| सबै सोचे जस्तै चल्दै थियो र यस्तोकुनै चाहना थिएन जुन पुरा भएको छैन| यत्तिकैमा क्षितिजको एउटा वाक्यले सबै बिथोल्यो|

Previous article
Next article

Latest Posts