Part 11

बिहान घर,दिउसो अफिस, अनि अफिसमा काम,त्यसपछि फेरी घर,घर आएपछि बिस्वाससंग बोलम कि नाई,यसरि नै चल्दै छ मेरो जिन्दगि| एउटा चक्रमा घुमेको घुमै छ हरेक दिन| खासै केहि नबदलीएपनि,एउटा नया बानि लागेको छ| चिया भनेपछी हुरुक्कै हुने मान्छे म, अचेल चिया भन्दा धेरै कफी पिउछु,त्यो पनि चिनी बिना| मलाइ यो बानि चाही बिस्वासले लगाउनु भएको, सधै बिहान अफिस पुग्ने बित्तिकै कफी ल्याईदिनु हुन्छ, नाई भन्न सक्दिन, र बानि बस्यो यसरि नै| दिउसोको कफी चाही म आफै ल्याउछु,एक कप मलाई र एक कप बिस्वासलाइ| पहिलो केहि दिन बिस्वाश मात्र हुनु हुन्थियो बोल्ने मान्छे,दिन संगै अरु मान्छे थप्पिदै गए,जो संग म बोल्न लागे, र बिस्वास संग बोलचाल बढेको भन्नु कि घटेको थाहा छैन, छेउमा संगै बस्नु हुन्थियो तर बोलचाल भने काम परेको बेला मात्र हुन्थियो नत्र उहा जहिले आफ्नै ल्यापटपमा ब्यस्त| अनि फेरी उह संग बोल्ने भनेको चिया खाने बेला र खाना खाने बेला, तर त्यस बाहेक किन उहा आफै बोल्न नखोज्ने| जति बोल्नु हुन्थियो,एकदम मज्जाले बोल्नु हुन्थियो,मिजासिलो स्वभावको मान्छे भन्छु म उहालाई अभ तर काम परेको बेला र चिया खाने बेला मात्र|अरुबेला आफैमा ब्यस्त उहा|

मैले यति दिनमा के बुझे भन्दा, बिस्वासलाई मैले जति चिनेको छु,त्यो भन्दा धेरै बेग्लै मान्छे हो उहा| म सामु उहा जस्तो हुनु हुन्छ र म उहाको बारेमा जे सोच्छु,त्यो चाही बिस्वासले जति चाहानु भयो त्यति मात्र चिनेको हु मैले उहालाई| उहाले आफ्नु बारेमा जति हाम्रो अघि पस्किनु भएको छ,हामि त्यसलाई नै सच्चा विश्वास ठानेर बसेको छौ तर उहा पछिको कथा बेग्लै छ,जुन मलाई बुझ्नु छ,जसरि भएपनि, जे गरि भएपनि|

हिम्मत गरे र घर पुगेपछि बिस्वासलाई फेसबुकमा रिकवेस्ट पठाए| केहि बेर लाग्यो,लगभग २ घण्टा तर मेरो हिम्मत खेर गएन,बिस्वास र म फेसबुकमा साथि बनेउ| हामि साथि बन्नु केहि बेर अघि मात्र उहाले एउटा कविता राख्नु भएको रैछ फेसबुकमा| एकछिन स्तब्ध भए त्यो कविता पढेपछि, आजकालको तितो सत्य लेखिएको थियो| उहाले आफुलाई परेर लेखेको हो कि अरुलाई परेको देखेर थाहाछैन तर म संग पनि मेल खायो उहाको कविता| लेखिएको थियो:
“”सम्बन्ध हो यो शब्द सबैलाई मनपर्छ,
कोहि आजीवन यसमा भरपर्छ,
कसैले क्षिण मै क्षल गर्छ,
के गर्नु यस्तै छ यो सम्बन्ध|

जहाँ पहिले छलफल हुन्थियो,
र अहिले छल कपट हुन्छ,
फेरी एकपटक हैन,
पटक पटक हुन्छ |

मनमा पहिले बिश्वास हुन्थियो,
अहिले मनमा बिष बास हुन्छ ,
पाउदा उनीलाई दुनिया जिते सरि हुन्थियो,
अहिले त आफै आफैमा जितहार हुन्छ,
दुइ दिन पछी त माया पनि दिक्दार हुन्छ|

पहिले सात जुनीसंगै बाच्ने आशा हुन्थियो,
अहिले क्षनिकको झुठो कसम र बाचा हुन्छ,
पहिले बात पनि पुरा हुन्थियो र,
साथ् पनि पुरा हुन्थियो ,
अहिले त सम्बन्ध पनि आधा हुन्छ र,
दुइ जिउ जोडिएन भने माया पनि सादा हुन्छ|

कोहि भन्छन माया भए जिबन चल्छ रे ,
तर माया त् केवल एउटा नाटक हो ,
माया एउटा उपन्यास हो,तिमि यसको पाठक हो ,
आज पढ्छौ एउटा,भोलि माग्छौ अर्को ,
दिन बित्दै जान्छ अनि मान्छौ झर्को |””

Inbox me for part 12

To be continue…

Previous article
Next article

Latest Posts