बिस्वासको त्यो कबिता पढेपछि,आफुलाई रोक्न सकिन उहालाई मेसेज गर्नबाट| उहाको त्यो कविताले मेरो मुटुको कुनै भागमा लुकेर बसेको अतितको पीडाहरु एकसाथ मेरो आखा अगाडी ल्याइदियो,र मेरो जिउ सिरिङ्ग भयो र मेरो जिउ भरि काडा उम्रिए र आखा केहि रसाए पनि तर धेरै बेर लाइ भने हैन| अतित सबैको हुन्छ र सबैको अतित केहि केहि पारामा भिन्न हुन्छ र मेरो पनि अतित छ जुन अलि भिन्न छ| फरक यति छ,अतीतलाई भुलेर जिउन सिकिसके मैले र फर्केर हेर्ने गर्दिन त्यो अतितलाइ|
“कस्तो राम्रो लाग्यो हजुरको कविता|” फेसबुकमा मेरो पहिलो मेसेज बिस्वासलाई|
“धन्यबाद|” ५ मिनेट पछी उहाको रिप्लाई आयो र जाबो ५ अक्षर पनि थिएन त्यो रिप्लाईमा| अलि मिठो तरिकाले नि भन्न सक्नु हुन्थियो नि उहाले यो कुरा|
“हजुरलाई थाहाछ,मलाइ कविता कथाहरु एकदम मनपर्छ|” उहाको रिप्लाई आएको ५ सेकेन्ड भित्र मैले जवाफ फर्काए, त्यो पनि ५ शब्द भन्दा धेरैमा, आखिर उहालाई बुझ्नु जो छ मैले|
“राम्रो|” हैन अफिसमा यस्तो मज्जाले बोल्ने मान्छे,फेसबुकमा चाही किन यस्तो टिमुर्केको कुरा गर्दै हुनहुन्छ उहा, एकछिन बिस्वास गर्नै गार्हो भयो,फेसबुकमा म संग बोल्ने मानिस बिस्वास नै हो भनि|
“हजुरको अरु रचनाहरु छैन,पठाउनुस् न मलाई|” म भने एकपछि अर्को कुरा निकाल्दै उहा संग बोल्न खोज्दैछू,आखिर उहालाई बुझ्न किन यति गार्हो हो के|
“फेसबुकमा छ,खोजेर पढ|” कति रुखो हुन सकेको हो के उहा,भाउ खाने काम केटीको हो,तर उहा उल्टै केटि संग नै भाउ खादै हुनु हुन्छ,माने मैले| उहाको यति रिप्लाई पछी मैले केहि जवाफ फर्काउन नै सकिन| कतै डर लाग्यो, मैले फेसबुकमा एड गरे भनेर रिसाउनु भएको त हैन| त्यसैले थप बोल्न पनि सकिन|
त्यो रात आफैलाई थुप्रै प्रश्न गर्दै बित्यो, जवाफ भने कुनैको पनि दिन सकिन मैले| डर चाही थियो बिस्वास अभ भोलि अफिसमा मसंग रिसाएर बोल्नु हुन्छ कि बोल्दै बोल्नु हुनुहुन्न| यहि डर बीच कुन पल निदाए याद छैन| अभ सधैको दैनिकी त्यहि त हो नि, अफिस पुगे र काम सुरु भयो फेरी| बिस्वास रिसाउनु होला भनेको त,सधै जस्तो एउटा हातमा आफ्नु लागि कफी र अर्को हातमा मेरो लागि कफी लिदै आउनु भयो| सामान्य गफ भयो खाजा खादा र उहाको बोल्ने पारा सधै जस्तो हसिलो र मिजासिलो थियो| यति भएपछी म ढुक्क भए,उहा मा संग रिसाउनुभएको छैन| त्यसो भए हिजो किन फेसबुकमा त्यसरी बोल्नु भयो मसंग,किन त्यति रुखो हुनु भएको| बरु ५ घण्टा सम्म सुसू थामेर बस्न सक्छु तर मनमा लागेको कुरा ५ मिनेट पनि थाम्न सक्दिन,मन भित्र, र बिस्वास्लाई प्याच्च सोधी हाले “ हजुरलाई हिजो सन्चो थिएन हो?” सोध्न मन लागेको भने “हजुरको हिजो किन मुड अफ” भनि थियो तर सकिन त्यो सोध्न|
“हिजो सन्चो नभएको भए अफिस आउछु होला त म ?” कति मज्जाले जवाफ फर्काउनु भयो अहिले,हिजो चाही के भएको थियो उहालाई त्यस्तो रुखो हुन म संग|
“त्यसो भए मुड अफ थियो हो?” उहाको जवाफ मैले सोचे भन्दा निकै फरक आएपछि,मैले मनमा राखेको प्रश्न सोध्नु नै पर्यो|
“मेरो मुड मोबाइल हो र अन र अफ हुनलाइ?” उहाले हासेर जवाफ फर्काउदै हुनु हुन्छ तर मलाई भने रिस उठ्दै छ| म के सोध्छु ,उहा के भन्नु हुन्छ|
“अनि हिजो फेसबुकमा किन रिप्लाई त्यसरी गरेको?” यो मेरो प्रश्न हैन रिस थियो|
“मलाइ टाइप गर्न अल्छी लाग्छ, अनि फेरी फेसबुकमा मान्छे हरु संग बोलेर बस्न खासै भ्याउदीन पनि|त्यसैले हो|” अल्छी लाग्छ रे, अनि भ्याउदीन पनि,हैन यो मान्छेलाई के को घमण्ड छ हौ| कत्ति न् देशको प्रधान मन्त्रि जस्तो,पुरै देश हेर्नु पर्ने भएर टाइम नहुने होला| अचम्म| बिस्वास रुखो भएपनि, मिजासिलो जस्तो लागेको हो मलाई तर अचानक घमण्डी जस्तो पनि लाग्न थाल्नु भयो| यसपछि कुरा सामान्य भयो तर उहाले जति जे भने पनि म उहाको बारे चाही जानेर नै छाड्छु|
