नम्बर माग्छु भनेर सोचेको त थिए तर भुलेछु | मैले भुलेनी उसले आफै याद गरिन् यो कुरा ,खुसि लाग्यो | खुसि नम्बर पाउन लागेर हैन,खुसि यो कुराको थियो कि उनीलाई आफै मसंग सम्बन्ध अघि बधाउन मन थियो | मसंगको पहिलो भेटमा उनी वाक्क भइनन् भन्ने कुरामा अभ म ढुक्क भए |
“अर्को पालि भेट्दा लिन्छु भनेर सोचेको थिए ,कि नभेट्ने ?” आफुले भुलेको कुरा झल्काउन चाहीन |
“भेट्ने नि |” यस्तै कुरा हुदै थियो र उनी घर गईन तर जानु अगाडी मलाई आफ्नु नम्बर र धेरै मिठो सम्झना दिएर |
भाग्य बलियो मेरो,बाटोमा लाइसेन्स चेक गर्न कुनै मामा बसेका थिएनन् | चेकमा परेको भए नि २०० छुत्याइ सकेको थिए,२०० दिएपछि त ज्यानमारालाई नि छोड्छ | भ्रस्ताचार चरम सिमामा पुगेको थियो तराईको धेरै जिल्लाहरुमा | नेतालाई दोष दिने कि हामि आफै दोषी थियेउ भन्ने कुरा मैले अहिले सम्म बुझेको छैन | घर पुग्दा ७:३० हुन लागेको थियो,साथीलाई भने मैले ६ बजे पुग्छु भनेर बाइक लिएको थिए | कम्ता नमिठो बचन लगाएन बजियाले | सुने अनुसार जोइ पोइ को झगडा परालको आगो भन्थिए तर हामि साथिभाइको पनि परालको आगो भन्दा कम थिएन.अहिले बोलचाल बन्द एकछिनमा फेरी जिग्री | त्यसैले साथीले जे भनेनी मलाई मतलब थिएन,आखिर मैले आज जिबनको बिर्सनै नसक्ने पल बाचेर आएको थिए |
घरमा चाही केहि भन्नु भएन,सायद भन्दा भन्दा थाकिसक्नु भएको थियो,जति भनेपनि मलाई लाग्ने हैन,शनिबार त जहिले नि घर पुग्दा ८ -९ बज्थियो | यसमा मेरो नि खासै गल्ति भने चाही हैन,हफ्तामा एकपल्ट खुलेर बाच्न पाइन्थियो,नत्र भने अरु सबै दिन त म कैदी थिए | धन्न गृहकार्य गरिसकेको थिए नत्र सुत्न नपाउने | एउटा काम भने बाकि थियो ,सारिकालाई पुगे भनेर भनेको थिन |यति राति फोन के गर्नु,उसको घरमा के भन्ने हुन् फेरी ,अघि सानु कुरामा त्यति आत्तिदै थिन ,झन् अहिले फोन गरेभने त ढल्छे जस्तो लाग्यो र एस.एम.एस नै गरे | “ओइ खाना खायौ |” भनेर लेखिएको थियो मेसेजमा | उसंग मेरो नम्बर थिएन,त्यसैले चिन्छे कि नाइ भन्ने दोधारमा थिए|
“कति ढिलो मेसेज गरेको उल्लु,अघिनै खाएको “ अभ त बोलिपिछे उल्लु भन्न लागिन् | उसको त्यो उल्लु भन्ने शैली नै मन पर्न लागेको थियो | फेरी मेरो नम्बर कसरि चिनिन त,अचम्म लाग्यो |
“कसरि चिनेउ मेरो नम्बर?”| लागेको कुरा सोधे, पहिलो मेसेजमा चिनी,मेरो ठाउमा अरुकोही भएको भए पनि अचम्म पर्थियो होला |
“मलाई कसैले नि मेसेज पठाउदैन नि त ,नम्बर कसैलाई देको छैन मैले |” यति पढेपछि म खास भए जस्तो लाग्यो | साचिकै म खास थिए त ? फेरी खुसीको उमंग छायो मनमा |
“हो र ! के गर्दै छौ ?” उसंग कुरा लम्ब्याउन मन लाग्यो | चाहना त रातभरी उसंग बोलेर बस्ने थियो तर उसको रिप्लाई आएन धेरै बेरसम्म पनि| फोन गरम कि सोचे ,फेरी लाग्यो उसले उठाउदिन होला | अभ चाही अत्ति भयो,सुत्न जान्छु भनेर सोचेको मात्र के थिए मोबाइल बज्यो|मेसेजको टोन बजेकोले, मेसेज सारिकाको नै हो भन्ने धुक्क थिए ल,हतार गरेर हेरेको, सारिकाले के लेखिछे भनेर तर मेरो मोबाइल(अहिलेको एन्सेल) बाट आको रैछ, कम्ता रिस उठेन र खिन्न पनि भए। फेरि पनि मेसेजको टोन बज्यो र अब चाहिँ सारिकाको नै हो भन्ने ढुक्क थिए तर …