कोठा पुग्ने बितिक्कै उनि भान्सा तिर गईन् र म भने सोफा तिर | अलि अलि भाडा बज्दै थियो र अलि अलि उनि गीत गुनगुनाउदै थि, यो सुनसान घरमा यी दुइ अवाज बाहेक अरु सबै शान्त थियो |
“भोलिको लागि सबै पढेर भ्याएउ?”
“उम्म छैन नि,अलि अलि बाकि छ |”
“लु किन नि,पढ्नु पर्दैन |”
“आज दिउसो भरि घुम्दै गयो र बेलुका हस्पिटल, अभ साथीसंग सोध्ने हो न आको | बरु चिनी एक चम्चा कि दुइ ?”
“म कफिमा चिनि खान्न नि |”
“ लु किन नि ?”
“किन भने मेरो बोलि नै मिठो छ नि,फेरी चिनी खाएर बोले भने सुन्ने मान्छेलाई सुगर भयो भने तनाब |” उसले कफी अगाडी ल्याएर राखी र आफु नि छेउमा तर अलि केहि पर बसी|
“गफाडीको गफ फेरी सुरु भयो, कस्तो छ कफी, मिठो छ?”
“छ तर तिम्रो ओठ जति छैन|”
“एक पछी अर्को गफ हान्छौ त , ओली बाको नजिकको मान्छे हौ कि के हो |”
“साची भनेको, कफी भन्दा कडा,कफी भन्दा मिठो तिम्रो ओठ छ, फेरी कफीले निन्द अनि थकान दुवै मेट्छ र तिम्रो ओठले पनि |”
“भयो के भयो,अत्ति भयो तिम्रो गफ|”
“मलाई फेरी चाख्न मन लाग्यो तिम्रो त्यो ओठ |”
“नाई हुन्न् |”
“लोऊ किन नि ?”
“दिउसो भनेको हैन,मलाई आउन्न के किस गर्न|”
“मैले दिउसो त्यति सिकाको हैन |”
“अलि चाडै भुल्ने बानि छ मेरो |”
“म कहिले काम लाग्छु केटि|” यति भन्दै मैले उसको हात समाउदै उसलाई आफु तिर ताने र छेउ मै बसाए |
“लाज लाग्दैन तिमीलाई?” मैले अठ्याएको उनको हात उसले छुटाउन खोज्दै उसले भनि|लजाउने काम उसको थियो तर उसले मलाई पो यो प्रश्न गरि |
“लाज अरु संग लाग्छ,आफु र आफ्नु मान्छे संग लाग्दैन,तिमि त आफ्नै हौ नि |” सायद अभ शब्द भन्दा नि भावना र क्रियाकलापमा जोड गर्ने बेला थियो| उसले छुट्याउन खोजेको हातलाई मैले अझ अठ्याए र अघि भन्दा झन् नजिक ताने | हामि यति नजिक थियौ, हाम्रो सास एक अर्कामा ठोकिदै थियो,एक अर्कामा ठोकिएको सास गालामा गएर पुन ठोकिने र अझ केहि न्यानो महसुस हुदै गयो| दिउसो झैँ मेरो एउटा हातले उसको कम्मर,अर्को हातले उसको कपाल सुम्सुम्याउन लाग्यो र ओठ फेरी एकअर्का संग जोडिन पुग्यो | हामि फेरी पनि दिउसोको अवस्थामा पुग्दै थिएउ तर फरक के थियो भन्दा अहिले भने उसले पनि साथ दिदै थिन् | उनि मेरो सामु यसरि पग्लिन जसरि आगो अघि मैनबत्ती,शरीर दुइ थियो तर आत्मा एक हुदै गयो | खोला-पानि,जसरि उनीहरुको अस्तित्व एकअर्का बिना अधुरो छ हामि पनि त्यहि हुदै थिएउ|
एक अर्कासंग भित्रि कुरा खोल्दा खोल्दै भित्रि लुगा कुनबेला खुल्यो पत्तो भएन | मायामा सहि गलत केहि हुन्न भन्छन,त्यसैले न गल्ति उसको थियो न मेरो,हामि एक अर्कामा पग्लिदै गयौ| सुरुवात मैले गरेहोला तर अन्त्य हामि दुबैले संगै गरेउ | हामि दोषी होलाऊ तर हामि बीच रहेको माया गंगा झैँ स्वक्ष थियो र यहि मायाले हाम्रो दोष नि पखाल्यो | हामि हुन त एक भए पनि मेरो मनमा एउटा सन्कोच थियो, तर अभ सम्बन्धमा सन्कोचको स्थान कहिँ देखिन र नया संकल्प लिए कि अभ अतित भुली वर्तमानमा रमाउछु र मेरो भूपू उनि प्रजुनालाई कहिले पनि सम्झिने छैन | आखिर जहिले अतितमा बाचेर पनि हुन्न नि |
“I love you रबि.” मैले मनमा जे सोचे पनि अहिले सम्म उनको यो वाक्यको उत्तर दिन चाही सकेको थिन | उसको आखामा हेरि केहि मुस्कुराए, शब्द नै चाहिन्न माया ब्यक्त गर्न, कहिले काही आखानै काफी हुन्छ |
“म अभ घर जान्छु है |” समय बिहानको ५ भएको थियो, फेरी साथीलाई बाइक पनि दिनु थियो |
“गुडबाई किस खै त?” के के चाहिने हो उसलाई, गुडबाई किस रे | उसले आफै अंगालोमा लगी मलाई र मैले हिड्नु अघि एक अन्तिम पल्ट उसको ओठमा चुमे | बाइक स्टार्ट गर्दै थिए,उ फेरी बाल्कोनीमा आई र एक आखा झिम्काएर भित्र गइ र म भने आफ्नु घर| रात भर उनको मायामा डुलेर थाकेको मान्छे,घर आउने बितिकै मज्जाको निन्द्रा लाग्यो | एकछिन सुतेको मात्र के थिए,भान्साबाट अर्को आवाजले बिउझिए|
“खाना खान्छस कि अर्को कुकुरलाई दिउ|” यस्तो मिठो पाराले मलाई कुकुर भन्नु भो आमाले, हुन त आमाले जे भने पनि मन पर्ने | हातमा मोबाइल लिएको,९ बजिसकेको रैछ | लगभग 3 घण्टा सुतेछु | खाना खाए,अभ फेरी काम केहि नै थिएन| राति निन्द्रा नपुगेको,ए साचि नपुगेको हैन सुतेकै थिन,त्यसैले फेरी सुत्नलाई आखा बन्द गरेर मिठो निन्द्रामा मात्र के पुगेको थिए फोनले फेरी बिउझायो| कन्चनको रैछ फोन, फेरी किन चाही फोन गरि |
“ओइ के गर्दै हो ?” हेल्लो भन्न पनि अल्छी लागेको बेला उसले आफै सुरुमै यति भनेपछि अल्छी लागेको बेला एउटा काम भएपनि घट्यो | हाहाहा ,जिस्केको नि फेरी |
“सुत्दै छु |” अल्छी लागेको बेला शब्दको प्रयोग पनि आफै कम हुदै जाने रैछ |
“अल्छी चाडै उठ,मेरो ११ बजे छ परिक्षा |” अल्छी रे, 3 घण्टा पनि नसुतेको मान्छेलाई अल्छी रे |हुन त उ पनि म जस्तै रात भरि बिउझेको थि नि, म जस्तै हैन क्यारे म संगै |
“परिक्षा तिम्रो पो,म किन उठ्नु ?” बेला बेला चाही निकै अचम्मको कुरा गर्छे, मैले नै उसको उत्तर पुस्तिका सबै भरिदिने जस्तो |
“तिम्रो बाजेको नाति, all the best कसले भन्छ ?” निन्द्रामा भएको मान्छेलाई एकैपल्ट निन्द्राबाट निकालिदि उसले | बाजेको नाति रे, के के भन्न जानेकी हो,मन मनै खुब हासे |
“All the best, ल म अभ सुत्छु है, परिक्षा सकेसी फोन गर|” उसलाई खुसि पनि बनाए र फेरी के कुरा ढुक्क बनाए भन्दा अभ 3 देखि 4 घण्टा मज्जाले सुत्न पाउछु किन भने उसको फोन आउन्न अभ त्यति बेला सम्म| आश त धेरै कुराको गरिन्छ तर पुरा नहुने रैछ | फेरी पनि ३० मिनेट पछी मोबाइल बज्यो,सोचे हिड्ने बेला फोन गरेकी होला कन्चनले | तर फोन हेर्दा नया नम्बर थियो, अभ यो नम्बर फेरी कसको होला,बुझ्न नै सकिन सारा संसार किन लागेको मलाई बिउझाउन|
