हस्पिटल भने पुगियो तर अभ कहाँ छिन् मलाई के थाहा| अभ त्यो थाहापाउन फोन गर्छु, उठाउदीन बा | फेरी गरे फेरी पनि उठेन| एकछिनलाई भएपनि मनमा केहि नकाराक्मत सोच आयो कहिँ उसको बाबालाई केहिता भएन नि | तेस्रो पल्ट फेरी फोन गरे र दुइ घन्टी मै आवाज आयो “हेल्लो मर.”| तर आवाज फोन बाट हैन बाहिरबाट आएको थियो,यसो पछाडी हेरेको,उनि मेरै पछाडी आइसकिछन|
देख्न पाको छैन फेरी अँगालो हाली उसले ,कस्तो अचम्मको बानि,कहाँ छु पनि नसोची त्यसै कसरि अंगालो मार्न सक्छन के | “सायद हामि अहिले हस्पिटलमा हुनु पर्छ है |” यति वाक्यपछी मात्र उसले अंगालोबाट मलाई मुक्त गरि र हामि लागेउ उसको बाबा भएको तिर|
“मामु उ चाही रबि|” उसले त सजिलै परिचय गराई तर गारो भने मलाई पो पर्यो | अभ के गर्नु के भन्नु भयो, र मैले सुरुवात नमस्तेबाट गरे र कुरा बुझ्दै जादा बि.पी. कम भएर ढल्नु भएको रैछ अंकल|| अवस्था सामान्य भएपनि भोलि मात्र घर पठाउने भनेको रैछ र यति सुनेओअछि मन नै हलुङ्गो भयो | डाक्टरले एउटा पुर्जी दियो अन्तिलाई र त्यो पुर्जीमा भएको औसधि किन्न गयौ म र उनि |
“थाहाछ तिमि र म मिले भने के हुन्छ ?” अभ के हुन्छ भन्नु मैले, थाह भए पो भन्नु |
“नाइँ थाछैन., के हुन्छ?”
“अलिकति भएपनि गेस गरन|”
“नसक्ने कुरा कसरि गरु म?”
“कबि हुन्छ के अक्कड़ो|” उसले यति भनेपछि मेरो दिमाग फेरी चल्यो | कबि रे ,आखिर कसरि ? कतै उसले हाम्रो छोराको नाम सोचेर भ्याएको हो कि | हैत के हो के |
“कसरि नि ?” थाहा नभाको कुरा सोध्न जति नि पाईन्छ,हैन र?
“हरे शिव, मेरो नाम कन्चन तिम्रो रबि, मेरो क अनि तिम्रो बि मिले पछी कबि भएँ ?” लुरा ठिक गरेको हो उसले तर म पनि गलत थिन आफ्नु ठाउमा | लेखक म हो तर कल्पनाको भण्डार उसमा थियो | औसधि लिएर माथि पुग्ने बितिकै उसको मामु ले भनि हाल्नु भयो “कन्चन त घर जा,तेरो भोलि परिक्षा छ |” घर जान भने उसले मानेको थिन तर अन्तिले जसो तसो घर जान तैयार बनाउनु भयो उसलाई |
“बाबु उसलाई घर सम्म पुर्याइदेउन्|” यति मिठो पाराले भन्नु भयो,कसैले चाहेर पनि नाइँ भन्न सक्दैन | म र उनि अभ मैले ल्याएको बाइक तिर लागेउ उसको घर जाने भनेर |
“बाइक चलाउन आउछ नि?” अघिसम्म पुरै रोकी केटि अहिले जिस्किन लागि |
“नाई,यहाँ सम्म बोकेर ल्याएको मैले|”
“ज्यान हेरन,बोकेर ल्याउने जस्तो छ|’ दुब्लो हुनु पनि केहि रैनछ, जे कुरामा पनि बिल्ला हुने पक्का हो |
“धेरै बोले भने बाटोमा लडाई दिम्ला नि |” यति भनेपछि उसको बोलि बन्द भयो र बाइक चालु| यता बाइकको accelator अलिकति अठ्याएको मात्र के थिए, उसले मलाई अन्गालो हाली | अन्गालो हाल्नमा चाही उ निकै सिपालु,मौका पायो कि नछोड्ने| फेरी अरु बेलाको भन्दा यो अंगालो केहि खास थियो, केहि हैन निकै नै खास थियो | उसले मेरो कम्मरमा बडो मज्जाले कसेर अंगालो हालेकी थि र यसको स्पर्शले मेरो शरीरलाई सिरिङ्ग बनायो,ठाउँ ठाउमा काडा उम्रियो जिउ भरि | शरीरमै हर्कत भयो एक किसिमको, यता मन प्रसङ्ग र जिउ झसंग भयो| हतारमा हिड्ने भएर यसै त हाल्फ़ टि-शिर्ट लगाएको थियो , उसले केहि बेर यसरि नै समाई भने निमोनिया होला भन्ने डर पो लाग्यो| कहिले नगएको बाटो,उसले यस्तो मज्जाले ठाउँको नाम भनि भनि लगी, अभ एक्लै
पनि आउन सक्ने भए |
“तिमीलाई जाडो भयो जस्तो छ|” बाइक बाट झर्ने बितिकै मैले आफ्नै शरीर सुम्सुमाए पछी उसले यति भने चाल पाइछे|
“अलि अलि|” अभ यस बाहेक भन्नु पनि केहि थिएन |
“ हिरो भएर हाल्फ़ लुगा लगाएपछि यस्तै हो|” मायाले केहि भन्छे भनेको त उल्टै झपार्न पो लागि |
“हिरोइनलाई भेट्न जो आउनु थियो त,हिरो हुनु परेन अनि |” उसले झपारे पनि मैले माया नै रोजे सम्बाद अघि लग्नलाई|
“त्यसै गफाडी भन्छु म |” गफाडीको तक्मा दिन चाही नछोड्ने उसले |
आफु सोझो मान्छे,आफ्नै घर जान खोज्दै थिए बाहिरबाट नै तर समयले अरु केहि चाहेको रैछ | समयले हैन उसको मनमा अरु केहि रैछ | “जाडो भएको मान्छे ,कफी खाएर मात्र जाउ |” उसले यति भनेपछि नाई भन्न कसलाई पो मन लाग्ने हो र तर पनि नाई भनेर जवाफ फर्काए किन कि उसले मेरो मन चोरेको हो कि जस्तो पनि लाग्यो| “जाम न जाम ,बिहे पछी सधै बिहान कति मिठो कफी खाना पाउछौ,त्यो तिमीलाई आज थाहा हुन्छ |” अभ उसले यति कर लगाएपछि म बाध्य भए उसले भनेको मान्न | फेरी उसको कोठा पनि चार तल्ला माथि, चढ्न कम गार्हो भएको हैन | कोठा पुग्ने बितिक्कै उनि भान्सा तिर गईन् र म भने सोफा तिर |
