Part 14

सलिनलाइ भेटेर  नै सबै कुरा सुनाउछु भनि उसलाई फोन गरे,मेरो घर छेउछाउ नै रैछ उ,भेट्न बोलाए| “दाइ बाहिर गएर नै कुरा गरौ|” भनि भन्न लाग्यो सलिनले| बन क्याफे भन्ने एउटा क्याफे छ,त्यहि गएर गफ गर्न लागेउ| गफ संगै दुइ दुइ कप चिया पनि सकियो अनि चिया संगै भाईले चुरोट पनि सल्कायो| पुरै आनन्द लिएर चुरोटको सर्को तान्दै थियो,जति आनन्द लिएर धुवा भित्र लिन्थियो, त्यत्तिकै आनन्दको साथ त्यहि धुवा बाहिर फ्याल्थियो| बुझ्न गाह्रो भयो मलाई,उसलाई धुवा भित्रा तान्दा बेसी मजा आउदैछ कि त्यहि भित्र तानेको धुवा बाहिर फ्याल्दा|

मैले सलिन भाइमा निष्ठाको प्रतिबिम्ब देखे अनि चुरोटमा आफ्नो प्रतिबिम्ब| मेरो जीवन पनि चुरोटको जस्तै निष्ठाको ओठमा सुरु भयो, म उसको लागि रम्दै जल्दै गए| निष्ठा संगको खुसीको लागि जल्दै गए म, जल्दा जल्दै कुन बेला मेरो जीवन सकियो र जीवन संगै अस्तित्व पनि,पत्तो भएन| निष्ठालाई आफ्नो जीवन सम्झी, आफुलाई उ सामु समर्पण गरे तर मेरो जीवनको बिडम्बना, जीवन मेरो निष्ठाको ओठबाट सुर भयो र उसको इच्छा मेटिएपछी जीवन उसको खुट्टा द्वारा कुल्चिन पुग्यो|एकछिन सोच्न लागे, सोच्न हैन कल्पना गर्न लागे,निष्ठा र मेरो सम्बन्ध कसरि सुरुवात भयो र कसरि अन्त्य अनि खोज्न लागे मेरो गल्ति,जसले गर्दा हाम्रो सम्बन्ध गन्तव्यमा नै पुगेन|

“दाइ के भयो?कहाँ हराउनु भएको?” कल्पनाको संसारमा निकै कल्पना र जवाफ बुन्न ब्यस्त थिए, भाइले थाहा पाएन सायद|

“केहि हैन भाइ,चुरोट मलाई पनि देउ न|” सलिन भाइ संग चुरोट माग्नु पछाडी मेरो आसय के थियो र मैले किन अचानक चुरोट मागे,यसको जवाफ म संग पनि छैन| सायद बदलाको भावना आएको हुनु पर्छ मनमा, अनि निष्ठाको रिस त्यो चुरोटमा पोख्न खोजेको हुनु पर्छ मैले|

भाइले प्रश्न राख्यो “दाइ हजुर पनि चुरोट तान्नु हुन्छ?” भाइको यो प्रश्नको उत्तर मैले हासेर दिए र आजबाट मैले चुरोट पनि सुरु गरे| भाइ संगै बसेर मैले एक्लैले दुइटा चुरोट ताने, अनि अझै एक कप चिया पनि थपियो| १ बजेको थियो म घर फर्किदा, चुरोट गनाउछ कि भनेर बाटोभरी चुइगम चपाउदै आएको थिए तर पनि चुइगममा बिस्वास गर्न सकिन| घर पुग्ने बित्तिकै वासरुम पसे मुख धुने बहानाले र ब्रस पनि गरे| अरु दिन भएको भए दिनको एकदिन मात्र ब्रस गर्ने मान्छे,आज यो दोस्रो पटक हो| झन् कुनै दिन बिदा पर्यो भने,ब्रस गर्न भुल्ने मान्छे म| चुरोटलाई किन मान्छेले नराम्रो भन्छन अचम्म लाग्यो, यसमा फाइदा मात्र भेटे मैले| पहिलो फाइदा- आज दुइ पल्ट ब्रस गरे दात| दोस्रो फाइदा- मनको सबै नभएपनि केहि रिस भने अबस्य कम भएको छ|

एकछिन कोठा गएर बसे र केहि काम नभएपछि एउटा कबिता कोर्न लागे| अचेल अचम्मको बानि लागेको छ, कविता र रचनाहरु लेख्ने नयाँ बानि बसेको छ| लेख्ने चाही नभन,दिमागमा जे आउछ कपिमा त्यहि उतार्ने गरेकोछु| मामुले खाजा खाना बोलाउनु र निष्ठाको फोन आउनु संग संगै भयो| मामुले खाजा खान बोलाएको बास्तबिकता हो तर निष्ठाको फोन चाही कल्पना लाग्यो र उठाईन| निष्ठाको फोन किन कल्पना लाग्यो भने,अहिले म जुन कविता कोर्दै छु,हो त्यसमा पनि निष्ठा फोन आएको थियो,दिमागले कपिमा लेखेको कुरालाई बास्तबिकता सम्झियो र आफै एउटा घटना रचेको हुनुपर्छ| फोन कोठामै छाडेर भान्सा कोठा गए र मामुले बनाएको रोटि खान लागे,सब्जी संग| यो दिमागलाइ के भएको के,अहिले पनि फोनको आवाज सुन्दै छ जुन काल्पनिक हो|

“अघि देखि फोन बज्दै छ, किन नउठाएको तैले?” मामुले यति भन्दा झसंग भए,मतलब निष्ठाको फोन कल्पना हैन? कस्तो भएछु म,कल्पना र बास्तबिकता छुट्याउन नसक्ने|  भयो अहिले यो कुरा सोचेर बस्ने समय छैन, हतार हतार गरि हातमा रहेको रोटीको अन्तिम टुक्रो हाले मुखमा अनि फोन उठाउन भनि आफ्नो कोठा गए|

“मेरो चार्जर नगरकोटमा नै छुटेछ,मोबाइल अफ भयो त्यसैले| अहिले नया किनेर आएको|” धेरै प्रश्न थिए मेरो मनमा,उसलाई केहि सोधे र केहि सोध्न पाइन,र सबै प्रश्नको उत्तर उसको यो वाक्यले दियो|  उसलाई नराम्रो सोचेर बसेको थिए तर नराम्रो मान्छे त म पो रैछु,अनायासै उसलाई चाहिने नचाहिने दोष लगाएर बसे|  के के सोचिन उसको बारेमा,के के भन्न भ्याए उसलाई, उसलाई कस्तो कस्तो नराम्रो बस्तु संग तुलना गरे, झन् के के निर्णय लिए मन मनै, उसलाई आफ्नु कथाको खलनायक भन्दा पनि बत्तर बनाउन भयाएको थिए| तर असली नराम्रो मान्छे र खलनायक म पो रैछु| बिचरी उ, कुनै गल्ति बिना नै मेरो कल्पनामा उ दोषी करार भएको थिइ| मेरो मनको एउटा कुरा पनि उसलाई सुनाउन उचित ठानिन मैले र सबै कुरा मनमा नै राखे,जुन आत्मग्लानिमा परिणत हुदै गयो|

यता कविता अधुरो छाडेर खाजा खाना गएको मान्छे,अहिले आफ्नै मायाको कथा पूर्ण गर्दै छु| कविता जस्तै निष्ठाले हाम्रो कुराकानी पनि बिचमै छाडेर गइ,”मामुले बोलाउनु भयो,बेलुका फोन गर्छु भन्दै|” मेरो फेरी पनि काम केहि भएन र निष्ठाको फोन कुर्दा कुर्दै अघिको कविता सक्याए| रातको ११ बजे निष्ठाले फोन गरि, फेरी सुरु भयो हाम्रो गफ| थाहाछैन उसमा के छ त्यस्तो खास| अचम्म लाग्छ, उसंग बोल्नु अघि मनमा उ प्रति यति रिस र घृणा थियो तर उसको स्वर सुन्ने बित्तिकै त्यो खै कता गयो र पुराना सबै कुरा भुलेर फेरी पनि मैले आफ्नु मुटु उसमा समर्पित गरे| धेरै रात पछी यो सिरानीहरु आशुंमा रुझ्नु परेको छैनन्,म जत्तिकै खुसि होलान् नि यी सिरानी पनि| बिहानको 3 बजे दुवै सुत्न गयौ, मन लागेर हैन बाध्यताले,मेरो पनि ब्यालेन्स सकियो र उसको पनि|

एउटा बानि….

Previous article
Next article

Latest Posts