Part 13

यति भएपछी बल्ल फुर्सत भयो| निष्ठालाई मेसेज गरे फुर्सत हुने बित्तिकै तर रिप्लाई आएन| फोन गरे अफ भन्छ| मेरो मनमा फेरी अब अनेकौ सोच आउन लागे,सकारत्मक कुनै थिएनन्, सबै नकारात्मक मात्र| मनै त हो, बेला मौकामा आफैलाई त नराम्रो भन्न पछी पर्दैन, झन् निष्ठाको बारेमा के के सोच्न लग्यो? तर दिमागले लगाम लगाउन खोज्यो मनको आरोपहरुमा| रातको १२ बजे सम्म पनि निष्ठाको फोन अफ नै छ| मन अनि मस्तिस्क आफैमा लड्न लागे,सुरुवात मनले गर्यो|

“ त संग यति काम सक्न मात्र बोलेकी हो त्यो,काम सकियो मोबाइल अफ गरि,अब लाग्दैन उसको मोबाइलमा फोन,आश नगर|”

“ त्यस्तो हैन, थाकेकी पनि छे अनि गलेको पनि,सायद चार्जमा हाल्न भुली होला र आफु चाही निदाकी होलि|”

“ल माने चार्ज छैन,ल माने निदाई होली तर बिस्वास फर्किएपछी उसले एउटा पनि मेसेज गरि त?”

“बिस्वास जस्तै उ पनि केहीमा अल्झिएको हुन सक्छे नि|”

“ल माने बिस्वास जस्तै अरु केहीमा अल्झी होला तर जब फुर्सत भयो,त्यो बेला त मेसेज गर्न सक्थीइ नि उसले| खै त्यो पनि गरि त?”

“उसले यति कामलाई मात्र बिस्वाससंग भेटेको भए, नागरकोटबाट निक्लिदा किन अङ्गालोमा कैद गरेको बिस्वासलाई?”

“सायद त्यो अन्तिम अङ्गालो हो भनि सक्नेत गरेको होला|”

“सायादको कुरा नगरे हुन्छ,सायद यदि भन्न लाग्यो भने जे पनि हुन सक्छ|”

“याद छ नि तलाई बिस्वास? त चितवनबाट फर्किएपछी उसले के भनेकी थि? उसले कति सजिली भनेकी थि,मैले नया नम्बर लेको छु,अब यसमा फोन लाग्दैन,कोशिस नगर्नु होला मलाई सम्पर्क गर्ने|”

“ओइ पापी मन, यति सबै भनिस् तर यसको सारांस निकाल्न सकिनस्? उसले अन्तिम भेट भएको भए बिस्वासलाइ फोन गरेर भन्थी पहिले जस्तै| उसलाई थाहाछ त,बिस्वासले फोन गर्न प्रयास गर्छ भनि|”

“के थाहा एउटा कुरा कति पल्ट भन्नु भनि उसले यो पल्ट केहि भन्नु आवस्यक नै ठानिन होला|”

यस्तै धेरै तर्क गर्दै थिए मन अनि मस्तिस्क| जित कसको भयो थाहाछैन तर मैले भने मनको कुरा सुने र यति बिस्वस्त भए,अब निष्ठा संग मेरो भेट कहिले हुदैन|उसले यति कामको लागि मात्र मलाई सम्पर्क गरेकी रैछे| मनमा यो सोच आउने बित्तिकै रुन लागे म,दुख लाग्यो,आखिर उसले सिधै भनेको भए पनि मैले हुन्न त भन्थिन होला,उसलाई मदत अबस्य गर्थिए तर उसले किन मसंग कुरा लुकाएर बसी| जब जीवनमा आउनु नै थिएन भने किन आश देखाई फेरी|तर गल्ति यहि मनको हो,उसले केहि भनेकै थिईन हाम्रो भबिस्यमा के हुन्छ भनि,यो मनले आफै कल्पना गरेको हो| साच्चिकै पापी हुदो रैछ मन पनि,आफै बोक्सी अनि आफै झाक्री बन्न खोज्दै छ| मलाई यो झुठो आश देखाउने पनि यहि मन हो र यसबाट निकाल्न खोज्ने पनि यहि मन| अब यसले यो पाप गरेको हो कि पुण्य भन्न सक्दिन म|

मनले अहिले जे भन्दैछ सहि भन्दै छ तर यसले पहिले गरेको भुल सम्झिदा मनको कुरा सुन्न पनि मन लागेन| न मनको सुने र न मस्तिस्कको, दुबैको तर्क फेरी सुरु भयो र अन्त्यमा जित निन्द्राको भयो| 4 बजे निदाएको मान्छे १0 बजे मात्र निन्द्रा खुल्यो| त्यो पनि आफै उठेको हैन,खाना खान भनि मामु उठाउन आउनु भएको हो| मेरो मोबाइल पनि अफ भएछ,चार्जमा हाले र ब्रस गरेर खाना खान गए| मामुले मलाई मन पर्ने बैगनको भर्ता बनाउनु भएको छ,तर जीवन नै खल्लो भएको बेला केहि कुरामा पनि स्वाद नमिल्दो रैछ,मलाई ठिक यस्तै हुदै थियो| मामुले त्यति मिहिनेत गरेर पकाउनु भएको खाना फ्याल्न पनि नमिल्ने,बल्ल तल्ल सकेको मात्र के थिए, मामुले अझै खाना थपिदिनु भयो,जहिले यो परिकार पकाउदा म खाना थपथिए,त्यसैले मामुले आफै थपिदिनु भयो| त्यो थपेको खाना पनि सकेर हात चुठेर मोबाइल लिन पुगे|

३०% चार्ज भएछ,अँ गरेर निष्ठालाई फोन गरेको फोन अझै पनि अफ नै थियो| थप कोशिस बेकार नै हुन्छ जस्तो माने, र कोशिश गर्न मन लागेन तर दिमागले दवाब दिन लाग्यो हरेक ५ मिनेट पछी र फोन लगाउथिए निष्ठालाई| यसरि नै ११ बज्यो र दिमागले पनि आश हाप्यो| यत्तिकैमा एउटा मेसेज आयो,निष्ठाको मेसेज आयो भनि खुसि हुदै मेसेज हेरेको,सलिन भाइको मेसेज रैछ| “दाइ,काम सबै सकियो?” लेखिएको थियो|

सलिनलाइ भेटेर नै सबै कुरा सुनाउछु भनि उसलाई फोन गरे,मेरो घर छेउछाउ नै रैछ उ,भेट्न बोलाए| “दाइ बाहिर गएर नै कुरा गरौ|” भनि भन्न लाग्यो सलिनले| बन क्याफे भन्ने एउटा क्याफे छ,त्यहि गएर गफ गर्न लागेउ| गफ संगै दुइ दुइ कप चिया पनि सकियो अनि…….

Previous article
Next article

Latest Posts