Part 15

उनि मेरै मनमा छिन्| यहि मनको अर्को कोठामा मेरो भावना छ| त्यो कोठाको चाबी उनीसंग छ तर उनि यसबाट अविदित छिन्| थोरै मनको कुरा गर्छु म अब|
“तलाई के लाग्छ? हाम्रो भबिस्य के छ?” यो प्रश्न उनलाई सोध्न खोज्छु तर जवाफ मलाई पहिले नै थाहा छ| भरियालाइ भारि बिसाउन चौतारी नै चाहिदैन| यो प्रश्न आफैलाई सोध्छु| मनको बजारमा जवाफ हजार छन| जवाफ हजार, चित्त बुझ्ने जवाफ एउटा छैन|
फेरी एउटा कुरा कति भन्नु उनको खुसिमा आफ्नो खुसि देख्छु, उनको निर्णय मेरो निर्णय हो| दोहोर्याएर उही कुरा बारम्बार भन्दैमा परिवर्तन हुने हैन| ध्रुव सत्य भन्दा हुन्छ यो सबै भावनालाइ| हामि घुमिफिरी त्यहि tagless मा नै पुग्दै थियौ|
सोचाइ र गराईमा फरक छ| बिचार र व्यवहारमा फरक छ| कल्पना अनि बास्तबिकतामा फरक छ| भबिस्य अनि वर्तमानमा फरक छ| मेरो मन र मस्तिकमा फरक छ| सुरु हुन्छ अब मन र मस्तिस्कको युद्ध|
मन खुसि छ तर मस्तिस्कले प्रश्न गर्छ| प्रश्न गर्छ “यो खुसि कहिले सम्म?” “के सधै यसरि चल्छ?” “संगै हुदा खुसि छस् तर बिछोडको तैयारी गरेको छस?” “साथि र जीवन साथीको फरक के हो थाहा छ है?” यो केहि मात्र प्रश्न हुन्| हरेक अर्को मिनेट दिमागले प्रश्नको सुइले मनलाई घोच्न खोज्छ र म अनायसै उदास भइदिन्छु बेला बखत|
अर्को ध्यान दिनु पर्ने पक्ष समय हो| समय संगै केहि चिज मौलाउछ अनि केहि मासिन्छ| समय संगै मेरो उनि प्रतिको भावना मासियो भने? मलाई यो सम्बन्धलाइ अरु सम्बन्ध जस्तो सम्झनामा मात्र सिमित पनि गर्नु छैन| फेरी यस्तो समय पनि न आओस्, जहाँ मेरो भावना प्रगाढ होस् तर समयको मागमा मैले अरु कसैको सिउदो सजाउनु परोस्| मलाई आफु माथि बिश्वास छ तर समय, परिस्थिति र अरु धेरै यस्ता कारक छन् जुन मेरो हातमा छैन| आखिर घडी लाउदैमा समय मेरो मर्जीले चल्दैन| यदि चल्दो हो भने, समयको सुइ यहि रोकिदिन्थिए र उनीसंग सधै यसरि नै बिताउथिए|
“माना के हम यार नही|” र “अजिब दासता है येह|” यो दुइटा गित अत्ति मन पर्ने भएको छ| एकदिनमा अनगिन्ती पटक गुन्गुनाउछ यो गित मेरो मोबाइलले| सायद गितको शब्द मेरो मनसंग जोडिन पुग्यो| ध्वनि कानमा, शब्द मनमा| बर्तमानमा आश बीच मात्र बाच्दा भबिस्य लास हुने हो कि भन्ने त्रास छ मनमा| तर म गरु के?
उदास हुन्छु तर बेला बेला रिस पनि उठ्छ| आखिर म गरु के? अगाडी भएको सबै सामान भित्तामा हुर्याएर यहि प्रश्न गर्न मन छ बारम्बार आफुलाई| आफुलाई प्रश्न गर्छु तर शान्त स्वभावमा| रिस राम्रो हुन्न| न जीवनमा न सम्बन्धमा| तर म गरु के? उनले पहिले भनेकि छिन् आश नगर्नु तर म गरु के? भबिस्य छैन रे हाम्रो| त्यो भबिस्यलाइ हाम्रो बनाउन म गरु के? आखिर सबै ठिक पार्न म गरु के?
“आइ लव यु|” फेरी पनि भने|
“किन?” सधै जस्तो उनको प्रश्न|
“किन कि यहि ठिक हो| किन कि माया गर्न कुनै कारण चाहिदैन| मनमा थोरै पनि संकोच छ भने म सबै मेट्नेछु| यदि म कुनै गल्ति र स्वार्थ बिना सबै भन्दा राम्रो तरिकाले केहि गर्न सक्छु भने त्यो तलाई माया गर्नु हो| अहिलेको जुन साथ छ, त्यो जीवन भरिलाइ दिन सक्छु| पहिलो भेटबाट अहिले सम्मको हाम्रो सम्बन्ध नियालेर हेर्| यस्ता कति समय थिए जहाँ हाम्रो सम्बन्धको अन्त्य हुनु पर्ने थियो, तर झनै नजिक भयौ हामि| त मेरो लागि ऐना भएको छस्, जहाँ म आफुलाइ देख्छु| जहाँ म जो हो त्यहि देखिन्छु| हामि एक अर्का सामु आफु हुन सक्छौ| हामि एक अर्कासंग हुदा बोल्दा केहि सोच्नु पर्दैन| न फलानोले के सोच्छ भनि डर छ हामीलाई, न हामीले केहि सोच्ने हो कि भन्ने डर छ| फेरी तैले म भित्र जुन बदलाव ल्याएकी छस्, त्यो बदलाव सकारात्मक छ| तैले मलाई बद्लिस, र अब समय आएको छ हामीले हाम्रो सम्बन्ध बदलिने| tagless बाट हाम्रो सम्बन्धलाइ एउटा tag दिने| यस्तो tag जुन बहुमुल्य छ र कहिले मेटिने छैन| थाहा छ मलाई कि तलाई खुल्ला पन्छी भएर उड्नु छ र विश्वास गर म कहिले पिजडा हुन्न तेरो लागि| तेरो सपना मेरो पनि सपना हो| तेरो मनमा डर होला, अनिश्चितता होला, होला थोरै दुबिधा| कोशिश नगरी कसरि मेटिन्छ यो सबै? एउटा सानो कोशिश हामि दुवै मिलि गरौ न| अनि त भन्छस् नि म तेरो आखामा हेरी बोल्न सक्दिन तर तैले बिचार गरिस्? म तेरो आखाँमा हेरेर बोल्दै छु अहिले| किन कि मेरो मनमा अब डर छैन, कुनै अर्को बिचार छैन| मनमा मात्र माया र बिस्वास छ त प्रति| तेरो आखामा थोरै भए पनि म हाम्रो भबिस्य देख्दै छु, देख्दैछु थोरै आफुलाइ|” मैले आफ्नो मन राखिदिए उनको अघि| स्विकार्नु नकार्नु उनको खुसि| आश छ मेरो मनमा केहि| निराश हुने छैन यदि उनले नकारिन् भने मलाई|
“यो त हजुरले मलाई माया गर्ने कारण भयो| तर म आफैलाई सोध्दै छु, why should i love you| सम्बन्धमा बस्ने कारण खोज्दै छु म| हजुरको मनमा के छ मलाई थाहा छ, म आफ्नो मनको जवाफको पर्खाइमा छु|” उनको यो वाक्यले दुवै अवाक भयौ|
उनले भनेको ठिक हो| कसैलाई जबर्जस्ति माया गर भन्न मिल्दैन| माया हो बलत्कार हैन| अबको मेरो कोशिश एउटा मात्र हुनेछ| उनलाई मदत गर्ने| मदत जवाफ खोज्न| चाहे त्यो जवाफमा नाम मेरो होस् या अरुको| चाहे त्यो जवाफले उनलाई मसंग नजिक बनाओस या अरुसंग| मलाई उनीलाई सहयोग गर्नु छ त्यो जवाफ खोज्न र यहि नै हो मेरो गन्तब्य| आखिर त्यो गन्तब्यमा पुग्नु छ मलाई अनि भन्नु छ उनलाई, यो गन्तब्य मेरो हैन हाम्रो हो, र गन्तब्यमा म हैन हामी छौ|
यहि क्रममा मैले आफ्नो जवाफ चाही भेटिसके| जीवनको बाकि ५० बर्ष संगै बिताउने छौ, या ५० बर्षको उमेरमा फेरी भेट्नेछु उनलाई र बाकि जीवन उनीसंग बिताउने छु|
***
लेखकको धर्म-

लेखकको धर्म यहि हो| निकेतले समिक्षाको माया र साथ पाउछ या पाउन्न त्यो समयले बताउछ तर लेखकले एउटा नया कथा पायो| कथासंगै केहि पात्र पायो| लेखकले आफु भित्र पनि एउटा पात्र पायो| लेखकले आफुलाई पनि एउटा पात्र बनायो|
म हरेकको माया,पिडा,घृणा,तृष्णा,मिलन,बिछोड,सूख वा दुखमा आफ़नु कथाको नया पात्र भेट्छु । सायद त्यसैले म लेखक हु। लेखकले आफ्नै जिवनमा एउटा कथा पायो र आफ्नै जीवनलाइ एउटा कथा बनायो| यो कथा जति निकेतको हो त्यति लेखकको पनि| किन कि निकेतसंग लेखक पनि यो कथाको हरेक पल आफै बाच्दै थियो|
जति निकेतले समिक्षालाइ मन पराउछ, लेखकलाइ पनि समिक्षा त्यतिकै मन पर्छ| निकेतले जति समिक्षालाइ माया गर्छ लेखकले पनि त्यति नै माया गर्छ| लेखकले आफ्नो धर्म भुली, बाटो बिर्सी, आफ्नै पात्रसंग प्रेम गर्न लागेको थियो| यदि लेखकले पात्रलाइ प्रेम गर्यो भने कथा टुहुरो हुन्छ| आखिर धमिरा लागेको स्तम्भले पुरै घर थेग्न असमर्थ हुन्छ| लेखकले बाटो बिर्सियो तर केहि समयको लागि| लेखकले अझै पनि समिक्षालाइ माया गर्छ तर निकेतले गर्ने माया र लेखकले गर्ने मायामा फरक छ| लेखककोलागि समिक्षा कमोडिटि हो भने निकेतको लागि समिक्षा जीवन हो|
लेखकले आफ्नो धर्म भुलेन| जीवनमा जे होस्, चाहे लेखकको देहान्त नै किन नहोस् तर लेखकले आफ्नो देहान्तको बारे कलम चलाएर मात्र चिताको यात्रा तय गर्नु पर्छ|
लेखकले त्यहि गर्यो| आफ्नै साथि निकेतलाइ पाठक सामु बेच्यो र त्यहि पाठकको निम्ति एउटा कथा किन्यो| यो कथा सुरुवात हो कि अन्त्य, माया हो कि बिछोड, समिक्षाले निर्णय गर्नेछिन्| अनि सायद लेखकले अर्को कथा पाउनेछ|
निकेतले समिक्षालाइ दिन सक्ने सबै भन्दा ठुलो उपहार उसको मन र जीवन थियो जुन निकेतले दियो| समिक्षाबाट निकेतले पाउने सबै भन्दा ठुलो खुसि, उनको साथ र माया हो जसको आशमा निकेत अहिले पनि छ| लेखकले पाठकलाइ दिन सक्ने सबै भन्दा ठुलो उपहार एउटा कथा हो, जुन लेखकले दियो| लेखकले समिक्षालाइ दिन सक्ने सबै भन्दा ठुलो उपहार उसको कलम र शब्द हो, जुन दिन लेखक तैयार छ| लेखक तैयार छ, आफ्नो कलमलाइ आजीवन समिक्षाको निम्ति समर्पित गर्न र लेख्न मात्र उनको बारेंमा.. समिक्ष!, समिक्षा!! समिक्षा!!!

<<समाप्त>

Previous article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts