Part 15

यसपछि उहाले मलाई घर छोड्नु भयो,त्यसपछि म आफ्नु घर भित्र अनि उहा आफ्नु घर तिर|
स्नेहाले ढोका खोलि र मैले संगै ल्याएको बिर्यानी हामि दुबैले मिलि खायौ| बिर्यानी सकिने बित्तिकै उ आफ्नु उहा संग फोनमा बोल्न लागि र म शोभासंग च्याटमा| सबै कुरा शोभालाई भन्ने बानि मेरो,दुइ तिन भएको थियो उसंग नबोलेको, सबै कुरा एक एक गरि सुनाउन लागे| उसले पनि एक एक कुरा सुनाउन लागि, उसको उहा काठमान्डौमा बस्नु हुन्छ भनेर भने मैले? उसले उसको उहासंग उ कहा कहा गइ घुम्न,के के गफ भयो, एक एक सुनाइ|

“बिस्वासको बानि मात्र मन परेको हो नि?” शोभाले जिस्काउन लागि,उसको बानि नै यस्तै छ|

“त पनि, तलाई थाहा छ नि मलाई कोहि मन पर्यो भनि,त्यो मान्छेलाइ भन्नु अघि तलाई भन्छु|” उ मेरो यति खास छे ,उसलाई नसोधी केहि कदम लिन सक्दिन म|

“तलाई त पुर्यायो बिस्वासले,आफु पुग्यो कि नाई| सोधिस् तैले?” सच्चि मैले त सोध्नै बिर्सेको,धन्न सोभाले सम्झाई|

“ला छैन सोधेको,पख् म सोध्छु|” उसलाई यति भनेर, बिस्वास्लाई फोन लगाए तर घन्टी जान नपाउदै फोन काटे| यति राति उहालाई फोन गर्नु ठिक होला त ? मैले हैन फोन काटेको,मेरो मनमा आएको यो प्रश्नले हो फोन काटेको| एस.एम.एस नै पठाउनु उचित लाग्यो र “पुग्नु भयो?” लेखि उहालाई एस.एम.एस पठाए| मेरो प्रश्न छोटो थियो र उत्तर त्यसभन्दा छोटो “भर्खर|” हुन त उहाले आफै भन्नु भएको थियो,उहालाई टाइप गर्न अल्छी लाग्छ,त्यसैले होला|

“भर्खर पुगेको रे|” शोभा संग बोल्न लागे फेरी|

“ल धन्न पुगेछ| म पर्सि आउछु अनि बगैचा जानु पर्छ है,त म अनि स्नेहा|” बुटवल हुदा काठमाण्डौको प्लान बनौउछे उ अनि काठमान्डौ हुदा बुटवल घुम्ने,यस्तै छे शोभा|

“त नभन् न विश्वासलाई, हामि भन्दा जेठो मान्छे हो उहा|” उसले बिस्वास्लाई त भनेको अलि सुहाएन,शोभालाई भने यो कुरा |

“ए हजुर पो भन्नु पर्छ है भेनालाइ|” उसले फेरी जिस्काउन लागि,उसको काम नै छैन|

“तेरो अरु केहि काम छैन है, कुछ भी|” उसले बिस्वासलाई भेना भन्दा किन हो अलि कति लाज लाग्यो र अलि मख्ख पनि भयो मन, तर शोभाले थाहा पाइन यो कुरा|

“म आएपछि भेताउछ्स नि हैन भेनासंग|” अरे,उ अहिले पनि जिस्काउदै छे, शोभालाई त म|

“जे पायो त्यो नभन् है| भेना सेना केहि हैन|” अघिको मख्ख अहिले रिस भयो तर शोभासंग रिसाउन पनि सक्दिन म| म निसाए पनि उसले बुझी उसले,मलाई रिस उठ्यो भनि|

“ल म केहि भन्दिन अरु,तर मैले जिस्काएको मात्र हो, मलाई थाहा छ तेरो कथा|” हो शोभाले सहि भनि, मेरो कथा उसलाई,मलाई ,र अझै दुइ जना बाहेक कसैलाई थाहा छैन| त्यो थप दुइजनामा मध्य एक जना प्रकाश हो,र अर्को एकजनाको नाम चाही लिन्न म,त्यो एक जना म जस्तै पिडित नै हो|
सुन्ने हो मेरो कथा?

Previous article
Next article

Latest Posts