जीवनमा सबै घटनाहरु यस्तो द्रुतगतिमा हुदै छ,मैले सम्हाल्न नै सकिन जस्तो अनुभूति हुदै गयो| एकदिन निष्ठाको मेसेज आयो,आश थिएन यो मेसेजको तर जिन्दगिमा कुनै यस्तो पल छैन जहा निराश हुनु परेको छैन मैले| आशहरु लास हुन कति नि बेर नलाग्दो रैछ| म जिन्दगिमा यति हारिसके, अब जिन्दगिको पर्यायबाची शब्द नै हार जस्तो लाग्छ| आफ्नै शब्दकोश बनाउन लागे,जहाँ सबै शब्दहरुको व्याख्या स्वयं म आफै गर्दैछु | मेरो शब्दकोशमा जीवनको पर्यायबाची शब्द दुख हो,मायाको पर्यायबाची शब्द धोका हो, सम्बन्धको पर्यायबाची शब्द बिछोड हो, बर्तमानको पर्यायबाची शब्द भोलिको दर्दनाक अतित हो अनि भबिस्यको पर्यायबाची शब्द थप पिडा हो|
“मलाइ थाहाछैन किन,तर मैले जति कोशिश गरे पनि म पहिले जस्तो हुन सक्दिन हजुरसँग| हजुर पहिले जस्तै हुनुहुन्छ अनि म पनि,तर भाववना उही छैन|” साझको समय,६ बजेको थियो,सलिन भाइसँग चुरोट तान्दै थिए,निष्ठाको यो मेसेज, अनि चुरोट संग म पनि जल्न लागे| फरक यति छ,चुरोट जल्दा धुवा आउदै छ तर म जल्दा आशु,र त्यो आशु पनि म आखा भित्र नै दबाउदै छु| फरक थाहा पाए,तर के मैले चुरोट सल्काउदा मैले जति मजा लिदै छु,निष्ठाले पनि त्यति नै मजा लिदै छे मेरो मुटु सल्काएर?
“मैले तलाई कहिले नाई भनेको छैन,तेरो मर्जी जे गर| तर एउटा प्रश्नको जवाफ चाही दिनु पर्छ तैले|” उसको मायाको पाउने बहाना खोज्दा खोज्दा चाहना नै मेटीसकेछ सायद| त्यसैले उ संग न केहि तर्क गर्न मन लाग्यो न उसंग केहि सफाई माग्न जरुरि लाग्यो,तर एउटा प्रश्न छ, यो प्रश्नको उत्तर चाहि चाहिन्छ मलाइ|
“हजुरलाई कुन प्रश्नको जवाफ चाहियो?”
“तैले मलाइ किन छोडेको? पहिलो पल्ट सम्बन्ध तोड्नु पछाडी के थियो त्यस्तो कारण?”
“मलाइ आफै थाहाछैन,हजुरलाई के जावफ दिनु मैले|”
“नाटक नगर| तैले जहिले मलाइ अन्धकारमा राख्न पाउन्न्स|”
“बिस्वास गर्नु मेरो,मलाइ थाहाछैन,मेरो दिमागमा के आयो त्यो बेला| म पागल हो के|”
“नाटक नगर| सोधेको प्रश्नको जवाफ खुरुक्क दे| त्यो सम्बन्ध तेरो मात्र थिएन,मेरो पनि हक थियो| मलाई पनि अधिकार छ जान्नलाई,आखिर किन अन्त्य भयो सम्बन्धको|”
“कसम मलाइ आफै थाहाछैन|”
“कति नाटक गर्छस्| ल त्यो बेला तेरो दिमागमा केहि आयो होला जुन तलाई याद छैन| त्यो बेला हाम्रो सम्बन्धको अन्त्य नभएको भए,अहिले हामि संगै हुन्थियौ त्यसो भए?”
“अह,हुन्थेनौ होला सायद|” निष्ठाको यो मेसेज असहय भयो मलाइ,थाहाछैन किन| मनमा रिसको ज्वालामुखीहरुको बिस्फोट हुन लाग्यो, अगाडी भएको भए उसलाई 4 ५ झापड लगाउथिए होला| “बधाई छ|” उसलाई यति लेखेर पठाए र उसको नम्बर ब्लक गरिदिए,दुवै भाइबरमा अनि मोबाइलमा|
जुन मनमा निष्ठाको लागि माया थियो, अहिले त्यहि मनमा घृणा छ उसको लागि,आखिर उसले के गरेको| उसले सम्बन्ध माघ १० मा अन्त्य गरि,सायद सम्बन्ध संगै उसले आफ्नु मुटुबाट मेरो लागि माया पनि अन्त्य गरि होलि तर मेरो मुटुबाट चाही उसको लागि माया आजको दिन मात्र अन्त्य भयो, चैत्र ३० गते| सायद नया बर्षको दिनबाट नयाँ सुरुवात गर भन्दै छ यो जिन्दगीले पनि|
“सलिन भाइ पापा छैन?”
“दाइ हजुर पनि तान्ने हो र?”
“अह भाइ,छ नि है?”
“छ दाइ,कहिलेबाट सुरु हो?”
“अब सल्काएपछि|”
मैले यति भनेपछि भाइले आफ्नो ब्यागबाट कागजको एउटा पोको निकाल्यो र “दाइ किताब,डायरी केहि छ?” भनि सोध्यो| मैले आफ्नो डायरी दिए उसलाई,उसले त्यस्मा गाजा हाल्यो,हेर्दा ठ्याक्कै गुन्द्रुक जस्तो| डायरीमा हालेपछि,उसले त्यो गाजा केलाउन लाग्यो| एकछिन सम्म केलाएपचछि,उसले एउटा चुरोट खालि गर्यो र त्यहि खालि गरेको चुरोटमा गाजा भर्न थाल्यो| खालि चुरोटमा गाजा भरेपछि उसले चुरोटको सेतो भागलाई जिब्रोले छुन लाग्यो,उसले के गर्दै छ भनि प्रश्न थियो मनमा तर मुखसम्म आउन जरुरि ठानेन यो प्रश्नले|
“लिनुस् दाइ,फायर हान्नु|” सलिनले यति भन्दै मलाई त्यो गाजा भरिएको चुरोट दियो र मैले त्यो चुरोट आफ्नु दुइ ओठ बीच च्याप्दै त्यसमा आगो लगाए,एक सर्को भित्र……
