Part 17

“लिनुस् दाइ,फायर हान्नु|” सलिनले यति भन्दै मलाई त्यो गाजा भरिएको चुरोट दियो र मैले त्यो चुरोट आफ्नु दुइ ओठ बीच च्याप्दै त्यसमा आगो लगाए,एक सर्को भित्र लिए, पहिलो सर्को चुरोट भन्दा थोरै मात्र भिन्न लाग्यो| दोस्रो सर्कोमा चाही मैले फरक महसुस गरे, झुम्म भएर आयो| मैले हेर्ने नजरिया नै फेरियो, संसार अलि भिन्न देख्न लागे| चुरोटले कहिले पनि यस्तो गर्थिएन तर गाजले भने केहि नसा लागेर आयो,रक्सि को भन्दा निकै भिन्न नसा,धेरै नै भिन्न|

निष्ठाले अघि भनेको एउटा शब्द आएर ठोकियो मेरो दिमागमा,” खै मेरो दिमागमा के आयो त्यो बेला|” बल्ल फरक बुझे उसमा र म मा,किन उसलाई म जति गार्हो नभएको रैछ| आखिर किन उसले यति सजिलै छाडेर जान सकी मलाइ, र मैले सकिन| आखिर किन मेरो आखा जहाँ पहिले सपन थियो र अहिले आशु, तर उसको आखामा सायद एउटा नया सपना आइसकेको थियो| आखिर किन उ मेरो जीवन थिइ र म चाही उसको जीवनको एउटा अंश मात्र|किन थाहाछ? मलाई थाहाछ, उसले दिमागले माया गरेकी रैछे र मैले चाही मनबाट| दिमाग तिम्रो गुलाम हुन्छ भने तिमि मनको गुलाम| दिमागले तिम्रो लागि अनेकौ लडाई जित्न सक्छ तर जब लडाई मनसँग हुन्छ नि,दिमागले प्रयास नै गर्दैन र सिधै हार स्वीकार्छ| हो म पनि मनको गुलाम भएछु,त्यो मनको जुन अरु कोहीको गुलाम छ| साला जिन्दगि, सुरुमा आफै तहस नहस भयो र अहिले मलाइ पार्दैछ|

“भाइ, आज त घर नगएपनि हुन्छ है?” सलिन भाइलाई तिमि नै भन्ने गरेकोछु, अहिले भने त भनेर सम्बोधन गरे उसलाई| निष्ठालाई त भन्ने बानि,सायद अहिले पनि म निष्ठाको नै भावनामा छु|

“दाइ मेरो घरमा कहिले पनि केहि भन्नु हुन्न| म धेरै जस्तो घर नै जादिन|” जहिले साझमा म संग नै हुन्छ अनि कहिले कस्कोमा कहिले कस्कोमा जान्छु भन्थियो| उसलाई मैले प्रश्न गर्नु नै बेकार थियो, यति मैले आफै बुझ्नु पर्ने हो नि|

“उठ जाउँ|बियर खानु पर्छ|”  बियर त्यहि बन क्याफेमा पनि पाइन्छ तर माहोल भने बियरको लागि छैन| म अनि सलिन,कोटेश्वर तिर लागेउ, फ्यामिली रेस्टुरेन्ट, पहिले पनि दुइ तिन पल्ट गएको ठाउ, आज फेरी पनि यहि रहयो गन्तब्य| गाजाको झ्याप, अनि जाने बित्तिकै बियर खोलियो, गएको आधा घण्टा भित्र दुइ जना मिलेर ४ वटा बियर| त्यसपछि रफ्तार केहि कम भयो हाम्रो, ११ पनि कति छिट्टै बजेको|

“सर बार बन्द हुने बेला भयो,म बिल फाइनल गर्दिन्छु है|” एउटा भाइले यति भनेपछि, त्यहाँबाट निक्लिने तरखर गर्न लागियो,बिलको ३२७० तिरेर केहि चुरोट अनि दुइटा बियर पनि लिइयो बाटोमा| यति गरेपछि कोटेश्वरको एउटा होटेलमा गएर कोठा पक्का गरियो, कोठा निकै सस्तो, जम्मा ५०० तर कोठा भने बस्न लायकको छैन,झ्याप नभएको भए यहा बसिन्थिएन होला| सलिन भाइसँग बसेर बियार पिउदै ४ घण्टा बिताइयो तर निष्ठाको बारेमा एउटा कुरा पनि निक्लिएन| उसलाई त थाहा पनि छैन, मेरो मन भित्र कति ठुलो भूकम्प जादै छ|

कोठामा पुगेको मात्र के थियौ,सलिन भाइ एकछिनमा भुस भयो,या भनौ ढल्यो रक्सि लागेर|  ल्याएको दुइ बोतल बियर पनि एक्लैले रित्याए तर मन रित्तिन मानेन,अनेकौ सोच र प्रश्न लिएर बसेको छ| एउटा प्रश्न मात्र छ मनमा, पहिले पनि निष्ठाले भन्ने बित्तिकै मैले सम्बन्धको अन्त्य स्वीकारेको थिए, केहि कोशिस गरेको भए सायद अहिले माहोल केहि अरु हुन्थियो| अब पनि मैले त्यहि गर्दैछु, फेरी पनि केहि कोशिस बिना नै उसलाई म भन्दा कसरि पर जान दिनु, कोशिस गर्छु  भनि अठोट लिए| यो निर्णयमा पनि मन र दिमाग लड्न लागे र अन्त्यमा मनले जित्यो अनि एउटा खयाल आयो, केहि भिन्न खयाल|

अचम्म लाग्छ,त्यो एकजना हो त्यो एकजना जसलाई मैले संसार मानेर उसको मात्र साथको कल्पना गरेको थिए, साच्चि भन्नु पर्दा त्यो मान्छे बिना तिम्रो कुनै कल्पना नै सुरु हुन्न| तर समय अचानक बदलिन्छ र म एउटा यस्तो पल महसुस गर्दैछु जब जिबनभरको लागि त्यो व्यक्ति मेरो मुटुमा बस्न सक्छ, यादमा बस्न सक्छ,अतितमा ढल्न सक्छ तर मेरो जीवनको भबिस्य र बर्तमानमा चाही अभ उ कहिँ पनि र कहिले अट्दैन| यो पललाइ पार गर्न निकै नै मुश्किल हुन्छ, जसलाई जिबन सोचेको थिए अब त्यो मान्छे नै मेरो जीवनमा छैन | अब सुरु भयो असली परिक्षा अनि, अहिले सम्म मैले लेखेको सबै पाना फेरी खालि भए र मेरो अघि खालि पाना छ | अभ म मा भर पर्छ, त्यो खालि पानामा म अतित बिर्सेर नया सुन्दर कथा कोर्छु कि ,पुन अतितमा जकडिन पुग्छु र लेखिएर मेटिएको अधुरो कथालाई नया ढंगले फेरी लेख्न खोज्दैछु | फेरी पुरानै अधुरो कथा लेख्न खोज्नु चाही मेरो मुर्खता हो थाहाछ मलाई,किन कि जति लेख्न खोजे पनि त्यो अधुरो कथा कहिले पुरा हुन्न र थाहा हुदा हुदै पनि म यो मुर्खता एक पल्ट हैन हजार पल्ट गर्दैछु,मुहारमा मुस्कान सहित|

यहि खयाल सहित निदाए तर सोचेको जस्तो सजिलो नहुने रैछ मायाको घाउ निको पार्न| दिउसो भरि अफिसमा कुनै यस्तो पल रहेन जहाँ निष्ठाको याद आएन,याद भन्दा नि उसले दिएको पिडाको झझल्को आखाँ अगाडी छ| सकिन अफिसमा ९ घण्टा बिताउन, हाल्फ़ बिदा लिएर निक्लिए अफिसबाट| अफिसबाट निक्लिए तर जाने ठाउ कहिँ छैन,घर जान मन छैन, बाहिर कहाँ जाने थाहा छैन|

आखिर किन यति सोच्छु म, निष्ठालाई फोन गरेर एक पल्ट भेट्न आग्रह गर्छु सोचे तर उसको फोन अफ| सायद फेरी नया सिम लिई होला उसले,नया कुरा हैन| उसको घर मैतीदेवी भनेर थाहाछ तर घर देखेको थिन| उ भेटिन्छे कि भनेर मैतीदेवी चौक पुगे,थाहा छ यो पागलपन हो तर पनि मायामा पागल उहिले भईसकेको थिए,पागलपन मात्र अहिले देखिएको हो| कस्तो पागल होला म, कुनै एउटा ठाउमा गएर त्यो एउटा मान्छेको प्रतिक्षा गर्दैछु, मलाई आफै थाहाछैन त्यो मान्छे अहिले कहाँ छ| यो पागलपन……

Previous article
Next article

Latest Posts