दिन बित्यो बिस्तारै रात हुदै थियो,मेरो मन जस्तै चारै तिर अन्धकार फैलिदै थियो |फोन गरेर उसलाइ फेरी एकपल्ट प्रेम प्रस्ताभ राख्छु सोचे र फोन हातमा लिए |सायद यहि नै माया होला,जति कोसिस गरेपनि भावना रोक्न सकिएन |जसरि पानीलाई बाधले छेक्न सकिन्न र मायालाई दुरीले ,जसरि चोटलाई पिडाले भुल्न दिदैन र मायालाई मिठास ले, जसरि बादलले सूर्यलाई जति छेके पनि प्रकाश रोकिदैन र मायालाई इखले रोक्न सक्दैन,जसरि औसी मात्र हैन पुर्णिमा पनि आउछ त्यसरीनै मायामा बिछोड मात्र हैन मिलन पनि हुन्छ,जसरि रात पछि बिहानी आउछ त्यसरी नै मायामा पिडा पछि मिठास , जसरि घनघोर वर्षा पछि इन्द्रेणी देखिन्छ त्यसरी मायाले पनि जिबन रंगिन बनाउछ |
फोन भन्दा मेसेज पठाउनु ठिक लाग्यो |उसलाई पठाउन भनेर मेसेज लेखे र फेरी मेटेपनी | कति पल्ट यहि क्रियाकलाप दोहोरियो | आखिर के लेखेर पठाउने होला त भन्ने कुरामा म निश्चित हुन सकिन | माफी माग्ने कि सिधै मायाको प्रस्ताभ राख्ने भनेर मैले निधो गर्न सकिन | लेख्ने र मेट्दै गर्दा गर्दै मैले कति समय खेर फ्याले | अन्तिममा एउटा निस्कर्समा पुगे र लेखे “I LOVE YOU.बिहान मैले अरुको रिस तिमीमा पोखे,सरि |” यति लेखेर सेन्ड गरे र फ्रेस हुन बाथरुम छिरे| म फर्किदा एउटा मेसेज आको थियो मोबाइलमा,म ढुक्क थिए उसले रिप्लाई गरिन भनेर तर रिप्लाई पो के गरिन् | मेसेज खोल्न लाग्दा मेरो हात कम्ता कापेको हैन,आखा चिम्म गरे र मेसेज खोले | आखा खोले र मेसेज हेरे |मेसेज देखेर म झस्किए ,सोच्दै नसोचेको कुरा भयो , अभ के गरम जस्तो भयो मलाई |
“Sorry,You do not have sufficient balance.” यो मेसेज देखेर मन कम्ता खिन्न भएको हैन |के सोचेको थिए र के भयो | ब्यालेन्स फेरी हिजै सकिएर मैले एरिका लाई रिप्लाई नगरेको कुरा मैले आफै कस्तो भुलेको | स्कुलबाट फर्किदा व्यालेन्स हाल्छु भनेर नसोचेको पनि हैन तर मनमा अरु कुरा खेल्दै थियो जाबो यति सानो कुरा कहाँ सम्झिन सक्नु र मैले | घडीमा आखा पुर्याएको त रातिको ८ बज्न लागेको थियो | यति राति जम्मा एउटा पसल खुलेको हुन्थियो,त्यो पनि चौकमा मात्र | त्यहाँ गएर पनि रिचार्ज चाही किन्नै पर्यो सोचेर धोका खोल्न मात्र लागेको के थिए,मामुले खाना खान आइज भनेर बोलाउनु भयो | “खाना पस्कि सकेको छ” धोका खोल्दै गर्दा मामुले फेरी थप्नु भयो | मैले सुने पनि नसुने जस्तै गरेर हिडे | “यो केटा जहिले यस्तै हो |अहिले त यस्तो गर्छ झन् हाम्रो बुढेसकालमा के सुख देला |” यो चाही मामुले जहिले भन्ने कुरा फेरी आज दोहोर्याउनु भयो |
मैले मामुलाइ माया नगरेको हैन,फेरी कुरा नटेर्ने पनि भएको हैन,एकछिन ढिलो भयो भने खूलेको अन्तिम पसल पनि बन्द होला भन्ने डर मात्र मेरो | सायद त्यो पसल म बस्ने ठाउ बाट २ घन्टाको दुरीमा भएको भए पनि म निर्धक्क जान्थिए | घर फर्किदा ४५-४५ मिनेट बितिसकेको थियो र समयको साथमा आमाको रीस पनि चरम सिमामा थियो | घर पुग्ने बितिकै धोका खोल्न खोजेको त भित्र बात चुकुल लगाइसकेको रैछ | यसबाट एउटा कुरा के प्रष्ट भयो भने आज मामुको रिस सगरमाथाको उचाई भन्दा नि निकै माथि पुगिसक्यो | २ ३ पल्ट बोलाए धोका खोल्नुन भनेर तर मामु आउनु भएन |मामुको गालि चाही आयो बरु “तेरै बाजे-बजैकोमा बस्न गएको भए हुन्थियो नि |आखिर अन्तिममा घर नै चाहिने हैन|” म आफ्नु कामले हिडेको,बिना काममा मेरा साथीहरुले गालि खाए,सायद आमाको माया यहि होला |रात बिरात एक्लै हिड्दा सन्चो नहोला,वा केहि घटना होला भन्ने डरले मलाई जोगाउन खोज्नु भएको उहाले | त्यसैले मलाई यो कुरामा केहि रिस थिएन |
फेरी हुन पनि हो ,तराई आन्दोलनले गर्दा अपराधिक क्रियाकलापको बिगबिगी थियो | बर्षौ देखि हामि एक थिएउ तर आज आएर “पहडिया र मधेसी” भनेर छुत्याइन्थियो |झन् कोहि कोहि त हिजो सम्म संगै हिड्ने ,संगै खेल्ने ,संगै घुम्ने साथिहरुले आज मलाई साथि भन्दा नि पहडीयाके बेटा भनेर सम्बोधन गर्थिए | तराई आन्दोलनले नि ठुलो रुप लिसकेको थियो | सबैको मनमा नभएपनि धेरैको मनमा जातीय भेदभावको कुरा पसेको थियो|हिजो सम्म फुल रोपिने चौकमा अचेल त दिनहु टायर बालिन्थियो,भित्ता भित्ता मा प्याम्प्लेट र पोस्टर हुन्थियो |“पहडिया चोर तराई छोड,सामन्ती मुर्दाबाद “ यस्तै धेरै नाराले सजिएको हुन्थियो भित्ता | कतिको घरमा तोडफोड भएको मलाई स्वयम् देखेको छु,सरकारी कार्यालयमा नेपाल सरकार काटेर मधेश सरकार लेखिएको थियो | अपहरण र हत्या पनि बढेको थियो,जसले नि मौकाको फाइदा उठाउने त हो |
तर मिल्ने साथि भने कहिले बद्लिएनन् |सायद यहि सहि समय थियो साचो साथि र झुठो साथि बीच फरक देखिनलाई | झन् कहिले काही घर फर्किदा अबेला हुने गर्थियो,घर सम्म गफ गर्दै आउथिए पुर्याउनलाई | भयो यो कुरा नगरम,धेरै कोशिस पछी धोका खुल्यो र अनगिन्ती गालि पनि खाइयो |