Part 15

“आइ लब यु | मैले तिम्रो कति धेरै चित्त दुखाए, मैले नो भन्न नहुने रैछ, बल्ल बुझे कि म नि तिमीलाई माया गर्दो रैछु|” थाहा रैछ त चित्त दुख्छ भनेर,अनि किन जानी जानी चित्त दुखाउनु त| कस्तो अचम्म,आफै चोट दिने ,अनि आफै मलम लगाउने | फेरी यति नाटक चाही किन,जब माया थियो भने किन सुरुमा नो भन्नु पर्ने | खुसि पनि लाग्दै थियो र रीस नि उठ्दै थियो ,जसरि पानि र दहि मिसाएर मिठो मोही बन्छ ,यहाँ म रस बिना को पानि थिए र उनको माया मिठो दहि,तर बिडम्बना समय बित्दै गयो,निकै ढिला भयो, दहि धेरै पुरानो भयो र हाम्रो सम्बन्धमा मिठास भरिएन,सम्बन्ध झन् अमिलिदै गयो |

“ तिमीले जे गरेउ ठिक गरेउ, तिमीले गरेको कुरा कहिले पो नराम्रो भनेको छु र मैले” किन हो किन उ संग खरो रुपमा प्रस्तुत हुन मन लाग्यो |

“थाहा छ तिमि रिसाको छौ,सरि ! तिमीले भनेको जस्तै एउटा कहानी बनाम,जहाँ तिमि राजा र म रानी हुन्छु नि |” कस्तो पगाल्ने गरि भनि उसले तर उसले एउटा मज्जाको कुरा सिक्की थिन्, जे लाई पनि नाइँ भन्ने, उसले मेरो प्रेम प्रस्ताबलाइ जति नमज्जाले हुन्न भनिन्, म भने त्यसको दोब्बर मज्जा लिदै उसको प्रेम प्रस्ताबलाइ हुन्न भन्दै थिए | रुखो पारामा हुन्न भन्दै मैले एकछिन अघिको मौनता लाई हामि बिच राज गर्न दिए र हामि त्यसरी नै स्कुल पुग्यौ| जसको लागि म पागल थिए,आज उसलाई आफै मैले लत्याए | रिसले हो कि इखले थाहाछैन तर जे गरे त्यसमा म खुसि थिए | बदला लिएको होइन मैले तर यो मेरो आत्माले रोजेको कदम थियो | मैले यस्तो भन्नुमा अरु केहि नभएर एउटा मात्र कारण थियो,जब माया थियो भने किन अहिले आएर ब्यक्त गर्नु ,पहिले हुन्छ भनेको भए हामि अहिले अर्कै हुन्थियेउ होल,म पिडाको सागरमा डुब्नु पर्थिएन होला | 

अरु दिन भएको भए म उसलाई लुकेर हेर्थिए होला तर आजको दिन,समय,परिस्थिति र हामि बिचको सोच्ने शैली नै फरक थियो | एकछिन पछि फेरी मलाई आफ्नु गल्तिको महसुस भयो |कस्तो मुर्ख होला त म,झन् खुसीले पागल हुनु पर्ने ठाउमा रिसले बौलाउदै थिए | लाग्दैथियो कि छाती भित्र आगो बल्दै थियो, म भित्र भित्र नै जल्दै थिए ,बुझ्न गार्हो हुदै थियो कि म आफैसंग रिसाएको हो कि उनी संग | मैले उसलाई हुन्न भनेको कुराले अहिले आएर मलाई आफै सताउदै थियो | मैले हत्तारमा,केहि नसोची लिएको कदमले मलाई पिरोर्दै थियो | उनी सामु मायाको पहिलो प्रसताभ पस्किदा पनि म हतारिएको थिए र आज त्यहि कुरा दोहोरियो | मान्छेले भुलबाट सिक्छ भन्छन, झन् कोहि कोहिले त अरुको भुलबाट नि सिक्छन रे ,यहाँ त भुलको रचनाकार पनि म आफै थिए र जब भुल सच्याउने समय आयो,त्यो मौका खेर फ्याल्ने पटमुर्ख पनि म आफै थिए | 

जुन रुखलाई मैले बर्षौ देखि हातेमालो गरेर ,जब फल खाने समय आयो,मैले हतार गरे र काचो फल खाएर मुखको स्वाद नै बिगारे | पृथ्वी गोलो छ,सबैको पालो आउछ,आज फेरी पालो आयो मेरो,तर मैले फेरी काम बिगारे र फल नखाई फल कुहिएर गयो | म आफैलाई कालिदासको संज्ञा दिदै थिए,जुन हाँगामा बस्यो त्यहि हाँगा काट्ने भनेको यहि होला | संसारमा सत्रु खोज्न कहिँ जानु नपर्ने रैछ,यदि मान्छे मुर्ख छ भने,उ आफ्नु सत्रु आफै हुने रैछ | यहाँ मेरो सत्रु स्वयम् म आफै थिए,मेरो सत्रु मेरो मुर्खता र मेरो इख हो | कहिँ पढेको थिए,भाग्यले साथ नदिने मान्छे त भगवान घरको धोका अगाडी आउने बेलामा चर्पी पस्छ रे | मैले पनि हगेपछी दैलो देखे | दिउसो भरि पश्चातापको आगोमा जली रहे | 

Previous article
Next article

Latest Posts