Part 17

अहिले बिहे पो नगर्ने भन्ने निर्णय भएको हो तर बिहे पछि के गर्ने, जीवन कसरि जिउने, यो सबै योजना अहिले नै बनाउन नमिल्ने त हैन नि| अहिले र बिहे पछी केहि नबदलिने भयो| बिहे पछी पनि हामि पोखरा नै बस्ने भयौ| बिहे पछी पनि हामि मात्र बस्ने भयौ| बिहे पछी पनि परिवारको लागि हामि goa नै हुने भयौ| योजना एउटा एउटा गरि भन्नु भन्दा, म छोटो गरि भन्छु| बिहेपछी धेरै केहि नबदलिने भयो हामि बीच, बदलिने भयो केवल हाम्रो सम्बन्धको नाम| हामि अब प्रेमी मात्र नभएर श्रीमान-श्रीमती हुने भयौ| तर अहिले हैन, अझै एक वर्ष पछी| दुवै खुसि छौ, यो पल हाम्रो लागि उत्सव भन्दा केहि कम छैन| उत्सव जस्तै हामि यो पलमा रमाउन चाहन्छौ|

के गर्ने त अब? घरमा हामि दुइ जना छौ सधै जस्तो| लेक- साइड जाने निधो गरियो| लेक- साइड अनि मदिराको सम्बन्ध नङ् मासु जस्तो हुन्छ, निकै घनिष्ट| लेकसाइड जादैछौ, त्यो पनि खुसि मनाउन, रक्सिको हाम्रो रोजाईमा नपर्ने सवाल नै हुन्न| त्यसैले हामीले कार घरमा छाडी ट्याक्सीमा लेक छेउ पुगेउ| समय धेरै भएको छैन, भर्खर ६ बज्दै छ| निकै नै अचकल्टो समय हो यो| समय अचकल्टो हैन तर हाम्रो योजनासंग मिल्ने समय हैन यो| संगीत, मदिरा, मान्छेको भिड र माहौलमा रम्नको निम्ति हामि लेकछेउ पुगेको| अहिले ६ बजे नै हामीले खोजेको माहौल कहिँ हुन्न| क्षितिजले एउटा स्थानमा अत्तिनै मिठो जुस पाउछ भनि त्यहा जाने आग्रह गर्यो र मैले त्यो आग्रहलाइ नकार्न सकिन|  जुस अनि थोरै सपिङ्, ८ बज्न कत्तिनै मुस्किल भयो र| कहाँ जाने भनि हामीले केहि सोचेको छैनौ| हामीलाई राम्रो ठाउको राम्रो माहौलमा रम्नु छ| कहाँ जाने त?
“ त्रिसरा जाने हो त?”
“ त्रिसरा चाही किन क्षितिज?”
“ठाउ पनि राम्रो छ, माहौल पनि राम्रो छ| अनि हो-हल्ला पनि धेरै हुन्न| सुमधुर संगीत अनि हाम्रो गफ| सोच कति रमाइलो हुन्छ| अनि सबिन राइ पनि आज त्यहि रे|”

क्षितिजले यति भनेपछी  त्रिसरा नै पुगेउ हामि| माहौल निकै चहकिलो छ| क्षितिजलाइ बियर पिउन मन रैछ तर मैले आफुले whiskey पिउछु भनेर अघि सोचीसकेको थिए| मैले whiskey लिने भएपछी क्षितिजले पनि whiskey नै लिने भयो| ब्याक ग्राउण्डमा सबिन राइको गुरासको फेदमुनि संगै हामीले रक्सिको चुस्की लिन सुरु गरेउ र जब गित “तिमि नै हौ” मा पुग्यो, हामि दुवै बसी रहेको कुर्सिबाट उठेउ| कुर्सिबाट उठेर हामि एक अर्काको अन्गालोमा रम्दै नाचन लागेउ| हाम्रा आखाहरु एक अर्कालाइ हेर्न ब्यस्त थिए, खुट्टा हरु ताल मिलाई नाच्दै थिए र, हाम्रो हातले एक अर्कालाई थामेको थिए र हामी एक अर्कामा रमाएको थियौ| केहीबेर पछी फेरी पनि हामि आफ्नै स्थानमा बस्न पुगेउ|

क्षितिज र म बीच, कहिले पनि खुलेर उसको परिवारको बारेमा खुलेर कुरा भएको छैन| मलाई उसको परिवारमा को को हुनुहुन्छ र बुवाले के गर्नु हुन्छ बाहेक खासै धेरै केहि थाहाछैन| उसले नभनेको हैन तर हामीले यो बिषयमा कुरै नगरेको हो| मलाई आज जान्न मन लाग्यो उसको परिवारको बारेमा| तर कहिँ मेरो यो चाहनाले अहिलेको पल बिथोल्ने त हैन नि? अहिले सोधु कि घर गएपछी| मलाई आफै बोध भएन तर म टोलाउदै रैछु र क्षितिजले “किन टोलाएको?” भनेर सोधेपछी मात्र म आफ्नै प्रश्नको जन्जालबाट बाहिर निक्लिए|
“मलाई तिम्रो बारेमा थाहा छ तर परिवारको बारेमा केहि थाहाछैन|”
“जाबो यस कारणले टोलाएर बसेकी तिमि? मेरो परीवारको बारेमा थाहा पाउन मन छ?”
“तिम्रो परिवार हैन हाम्रो परिवार| बुझेउ?”
“बुझे हजुर बुझे| किन रिसाएकी त? रिसाउनु पर्छ र? ल भन के जान्न मन छ?”
“सबै जान्न मन छ| बाबा, ममी, दिदिको बारेमा सबै भन|”
“ बाबा राजनीतिमा लाग्नु भएको छ| मैले यो पहिले नै भनेको हैन तिमीलाई| मामु घरमा नै बस्नु हुन्छ र मामुको अचारको उधोग पनि छ| दुइटा दिदिको सनातक सकियो र एउटा दिदिको अन्तिम सेम्सेटर बाकि छ| भयो अब?”
“यो त मलाई पनि थाहा छ| यसरि हैन के| मलाई कस्ले के गर्नु हुन्छ हैन, परिवारको बारे जान्नु छ| कसरी बुझाउ तिमीलाई…|”
“ल ल बुझे| हाम्रो घर पहिले चरिकोट हो| चरिकोट मतलब दोलखा| हजुरबुवाको ७ सन्तान, ६ छोरी अनि हाम्रो बाबा| बाबाको कारणले नै हजुरबुवाहरु काठमाण्डौ आउनु भएको| ६ छोरी मात्र जन्मिएपछी, पशुपति नाथको दर्शन गरेपछी छोरा हुन्छ भनेर कसले भनेछ| त्यहि दर्शन गर्न आउनु भयो र नभन्दै मेरो बुवाको जन्म भएको रे| काठमाण्डौलाइ शुभ मानेर  हजुरबुवाहरुले यतै बसाइ सराइ गर्नु भयो| ६ वटा मध्य 4 वटा फुपू दिदि अमेरिकामा हुनुहुन्छ, अनि दुइ फुपू दिदि क्यानाडामा| सबै फुपू दिदिहरु बिहे भएर नै जानु भएको हो| बाबा पनि पढ्न विदेश जानु भएको थियो र नेपाल आएपछि हजुरबुवाको बिडो सम्हाल्दै राजनीतिमा लाग्नु भयो| छोरा नभई परिवार पुरा हुदैन भन्ने सोच छ हाम्रो परिवारमा| त्यसैले नै हो मेरो तिन दिदि हुनुहुन्छ| सुरुमा २ दिदि जुम्ल्याह जन्मिनु भयो अनि सबैले छोराको आश गरेका थिए| तर फेरी पनि अर्को छोरी जन्मिदा सबै निराश भए| त्यसपछि कति तिर्थ गरेर म जन्मिएको रे| सबै दिदीको बिहेको कुरा हुदैछ, त्यसैले घर नै सुनसान हुने भएर मेरो पनि बिहेको कुरा सुरु भएको हो| तर दिदिको बिहे नभई म बिहे गर्दिन भनेको छु| त्यसैले मैले तिमीलाई अलि पछी बिहे गर्ने भनेको|”
“ अनि बिहे पछी हामि पोखरामा नै बस्ने भनेको हैन?”
“ हो तर सधै यहि बस्ने पनि त हैन नि| धेरै बसे १० बर्ष, त्यसपछी कि हामि काठमाण्डौ जानु पर्छ कि बुवा मामुलाई यहाँ बोलाउनुपर्छ| बुवा ममीको पनि उमेर पनि त बढ्दै छ|”
आज साझ रमाइलो नै हुदैथियो तर …

Previous article
Next article

Latest Posts