Part 16

क्षितिजको यो जवाफले मेरो मनमा प्रश्नहरुको भयङ्कर आंधी ल्यायो| हाम्रो कल्पनाको संसारको पर्खाल ढाल्न खोज्दै छ यो आंधीले| आंधी पछी असिनापात भयो र मैले रोपेको खुसिको फुलहरु सबै मारिदियो| असिनाले खुसीको फुलहरु मात्र मारेन, शान्त हाम्रो संसारमा हल्ला खल्ला नै मचायो| हाम्रो मायाको संसारमा चिसो बढ्न लाग्यो र यसले हाम्रो सम्बन्ध पनि चिसिने हो कि भनि डर लाग्न थाल्यो|  असिना पछी बर्षा सुरु भयो र कल्पनाको संसारमा बर्षाको सुरुवात संगै मेरो आखामा पनि आशुको बहाब सुरुभयो| मन भित्र निकै शोर र क्रन्धन छ तर त्यो आवाजलाइ बाहिर आउन नदिएर मैले मन भित्र नै दबाए| आशु पनि आखाको डिलबाट खस्न पाएन, आखा भित्र नै सुक्न पुग्यो आशु|

मनको आंधीलाइ अहिले रोकिन भने त्यसले मेरो कल्पनाको संसारलाइ तहसनहस बनाउनेछ| क्षितिजको अन्तिम वाक्यको विश्लेषण गर्न लागे| के उसले सत्य बोल्दै छ? यदि उसले सत्य बोल्दैछ भने आखिर किन उसले आफ्नो परिवारलाइ केहि भनेन मेरो बारेमा? उसले नचाहेर नभनेको कि उसले चाहेर पनि भन्न सकेन मेरो बारेमा? उसले त मलाई माया गर्छ, मेरो बारे भन्न उसलाई के को डर? कि उसले परिवारलाइ मेरो बारे भन्यो अनि मसंग चाही झुठ बोल्दैछ? उसले मसंग झुठ बोलोस् या सहि, यो सबैको पछाडी कारण एउटा मात्र छ| यदि मैले सोचेको सहि हो भने, म goa आएको कारणले क्षितिज रिसाएको छ| त्यहि रिसको उत्पत्तिको क्षितिजको अन्तिम जवाफ| तर के मैले सोचेको सबै गलत हुन सक्दैन र क्षितिजको घरमा बिहेको कुरा नै नभएको हुन सक्दैन?मन मनै आफैलाई प्रश्न गरेर हुदैन, क्षितिज संग सबै जवाफ|
“ घरमा साच्चिकै मेरो बारेमा नभनेको हो तिमीले?” ठुस्स परेर, थोरै रिसाएको जस्तो गर्दै, क्षितिजको छातीमा मायाले मुड्की हाने जस्तो गरि प्रश्न गरे उसलाई|
“ साच्ची भनेको छैन|” मेरो आशलाइ चक्नाचुर बनाइदियो क्षितिजको जवाफले|
“ तर किन नभनेको? तिमि मलाई माया गर्दैनौ?” क्षितिजलाइ फकाउन छाडेर म उल्टै रिसाउन सुरु गर्दैछु|
“तिमीलाई के लाग्छ?” मैले दुइटा प्रश्न राखेको थिए क्षितिजको सामु अनि त्यसको जवाफमा क्षितिजले एउटा मात्र प्रश्न गर्यो|
“ के के लाग्छ मलाई? तिमि मलाई माया गर्छौ कि नाई|”  आफ्नो रिसमा आफ्नै नियन्त्रण छैन मेरो|
“ तिमीलाई के लाग्छ? म तिमीलाई मेरा गर्छु कि नाई?” क्षितिजले मेरो परिक्षा लिएको हो? किन त्यहि एउटा प्रश्न गर्दैछ? मेरो रिसको बांध फुट्न मात्र बाकिछ|
“ क्षितिज, मलाई रिस नउठाउ| मलाई माया गर्छौ कि नाई?” मेरो यो प्रश्नको जवाफ मैले पाइन भने, अब चाही मेरो म आफुलाई नियन्त्रणमा राख्न सक्दिन| क्षितिज तिर औला ठड्याउदै जवाफ खोज्दैछु|
“ गर्छु माया| यहि सुन्न खोजेको हो? ल भयो अब?” म भित्र रिसको झिल्का छ भने क्षितिज भित्र रिसको धुनी बल्दैछ| उसको रिसको सामु म पनि कम हुन्न अब|
“अनि किन नभनेको घरमा मेरो बारेमा?” सुरु देखि यहि प्रश्नको जवाफ खोज्दै छु म|
“ कसरि भनौ तिम्रो बारेमा? घरमा बिहेको कुरा भयो| कुरा पनि हैन, सुरसार गर्नु पर्छ भन्नु भयो| म कति खुसि भए तिम्रो बारेमा भन्न पाउछु भनि| हाम्रो मायाको संसारले परिवारको प्रमाणपत्र पाउने भयो भनि हर्षित भए म| परिवारसंग तिमीलाई भेटाउन मन थियो| खुसि भएर तिमीलाई फोन गरे, तिम्रो फोन उठेन| फेरी पनि राति फोन गरे तर फेरी पनि उठेन| भोलि पल्ट तिम्रो फोन अफ थियो र जब तिम्रो फोन आयो, तिमि goa मा| मैले जे जे सोचे केहि पुरा भएन| तिमि र म मा कति फरक छ, तिमि हैन म रिसाउनु पर्ने हो तर हेर आफुलाई|” क्षितिजले जे जे भन्यो, उसको एक एक शब्दले मलाई छुरा प्रहार गर्दैछ| उसको शब्दले मलाई हैन, मेरो गलत सोच, मेरो स्वार्थ, मेरो गल्तिलाइ छुरा प्रहार गर्दैछ| goa आउनु मेरो जीवनको नै ठुलो गल्ति हो महुसुस हुन लाग्यो| goa आउनु अघि, मैले क्षितिजलाइ एक बचन त सोध्नु पर्थियो| रातभर सम्झाए क्षितिजलाइ| झगडा परेको हो हाम्रो अनि झगडा भनेको जिन्दगि भरलाई हुन्न, जिन्दगिभारको लागि हुने भनेको माया मात्र हो| हाम्रो माया, हाम्रो सम्बन्ध, फेरी पनि पहिले जस्तै भयो| goa बाट पोखरा, फेरी पनि ट्रेनमा नै पुगियो|
“ अब कहिले भेटाउछौ मामु बाबासंग?”
“ त्यस्तो भेट्न मन छ?”
“असाध्यै नि|”
“ किन हो त्यस्तो?”
“ तिमिले भने जसरी नै बिहे गर्नलाइ|”
“बिहे त अहिले नगर्ने| अलि पछी गर्ने नि| हुन्न परजुना?”
“ तर किन?”
“तिमिलाइ लाग्छ हामि अहिले बिहेको लागि तैयार छौ?”
“ तैयार छैनौ र? तिम्रो परिवारले पनि मलाई स्विकारी हाल्नु हुन्छ|”
“मैले त्यस्तो भनेको हैन| परिवारको कुरा हैन, कुरा हाम्रो हो| अहिले हामि एउटा मात्र सम्बन्धमा गासिएका छौ| बिहे पछी हामि एउटा हैन धेरै सम्बन्धमा गासिने छौ| त्यसको लागि तैयार छौ हामि? म त अहिले सम्म पनि बुवा आमाको औला समातेर हिड्दै छु जस्तो लाग्छ|”
“ तिमि, म अनि हाम्रो परिवार| पैसा पनि छ हामि संग| अब के चाहिन्छ र?”
“कुरा पैसाको हैन चेतनाको हो| एक बर्ष अझै यसरी नै बिताउ हामि| चेतना हुन्छ यो समाजको अनि मात्र बिहे गरौ| अहिले पनि हामि श्रीमान श्रीमती जस्तै त छौ नि| कमि छ त केवल ,तिमीले मेरो परिवारलाइ चिन्न| यो कमि पनि अर्को महिना पुरा गरौला| हामि अर्को महिना गएर बाबा मामुलाई भेट्ने|”

क्षितिजले प्रस्त्याउन खोज्दै छ तर मनमा थोरै भए पनि चसक्क भएको छ| आखिर उसले बिहेको लागि किन इन्कार गर्दैछ| चेतना बिस्तारै बिकसित हुदै जान्छ| हामि एक अर्कालाइ माया गर्छौ अनि के यो काफी छैन? बिहे पछी पनि हामि अहिले जसरि जीवन बिताउदै छौ त्यसरी नै बिताउने छौ|  त्यसो भए किन क्षितिजलाइ यति आपत्ति| हाम्रो सम्बन्धले एउटा नया नाम पाउदै छ तर क्षितिज भने पछी हट्न खोज्दै छ| उसले सम्झाई बुझाइ गर्यो र फेरी पनि हामि भबिस्य सजाउन ब्यस्त भयौ|

अहिले बिहे पो नगर्ने भन्ने निर्णय भएको हो तर बिहे पछि के गर्ने, जीवन कसरि जिउने, यो सबै योजना अहिले नै बनाउन नमिल्ने त हैन नि|

Previous article
Next article

Latest Posts