Part 19

“कहाँ जाने हामि?” पंकजले फेरी पनि प्रश्न गर्यो सनिरालाई|
“ पुरी नपुगेको हो? पुरी खाउ मेरो दिमाग नखाउ के| जहाँ भएपनि जाम्ला नि|” पंकजले सनिराबाट जवाफ पायो तर खोजेको जवाफ थिएन त्यो|
“कुन बेला जाने त भन?” सनिराको त्यस्तो मज्जाको जवाफ पाएपछि पनि पंकज अझै प्रश्न गर्दै छ| पंकजले आफ्नु प्रश्न गर्ने बानिलाइ केहि बेर रोकथाम गरे कति राम्रो हुन्थियो होला|
“एकछिन पछी जाम्ला नि| एक घण्टा पछी| अब अझै केहि सोधेउ भने, तिम्रो मुखमा पुरी कोच्दिन्छु|” पंकजले आफै प्रश्न नरोकेपछि सनिराले नै केहि जुक्ति लगाईन्|
एक घण्टामा ६० मिनेट हुन्छ, यो सत्य हो| तर यहि घण्टा किन कहिले अत्यन्तै ढिलो बिते जस्तो लाग्छ र कहिले छिटो|  साथ अनि गफमा भर पर्छ पनि| गफ जति मिठो र रोमान्चंक हुन्छ, समय गएको पत्तो हुन्न| जब बात कम हुन्छ या बातको अर्थ हुन्न, समयको गति निकै कम हुन्छ| सनिरा र पंकजको समय कसरि बित्यो होला? प्रश्न सोध्नु नै गलत भयो जस्तो छ| यो एक घण्टाको एक एक पल भरपुर मजामा गयो भनि दुइ मत छैन| तर यो एक घण्टामा हुन चाही के भयो? गफ सुरु भयो पंकजको एउटा प्रश्नबाट, “इन्डियामा के के गरेउ सुनम न त|”

पंकजको यो प्रश्न पछी सनिराले सकेसम्म सबै घटना समेट्न खोजिन् आफ्नो शब्दमा| सनिरा हतारमा इन्डिया पुगेकि भनेर उसले पहिले नै बताई सकेकी थिइन्| हजुरबुवा बिरामी हुनुहुन्थियो तर उहालाई जति उपचार गरेपनि कहिले निको भएन र अन्त्यमा उहाले प्राण त्याग्नु भएछ| एस.एल.सी परिक्षाको रिजल्ट आउने २ दिन अघि बित्नु भएको रैछ सनिराको हजुरबुवा| यहि कारणले एस.एल.सी. पछी पनि सनिरा नेपाल आउन पाइन| हजुरबुवाले सनिरालाइ निकै माया गर्नु हुन्थियो| सनिराको नाम पनि हजुरबुवाले नै राखिदिनु भएको हो| सनिरा फेरी एक्लो छोरी रैछिन् त्यो परिवारको| त्यसैले पनि हो उसले धेरै माया पाएकी|

हजुरबुवा बितेपछी सनिरालाइ पिडा महसुस हुनु सामान्य हो तर उनि एक्लो पनि भइछिन्| इन्डिया उनको लागि नया ठाउ हैन तर पनि नेपाल जस्तो मिल्ने कोहि साथि भएनन्| नेपालको कोहि साथिसंग बोलचाल नै थिएन सनिराको त्यस बखत| त्यो समय पंकजको निकै याद आएको पनि बताइन् सनिराले| यति भनिसक्दा सनिराको आखा फेरी पनि रसाएको छ| अतितले उनको आखा रसाएको हो कि आशुले उनको हजुरबुवाको याद हरु पखालेर झनै ताझा बनाउदै छ|

सनिराले फेरी पनि आफ्नो दुइ बर्षे यात्रा सुनाउन सुरु गरिन्| हजुरबुवा बितेपछी उनलाई इन्डिया बस्ने इच्छा नै मरेछ| उसलाई इन्डिया छाडी नेपाल आउन मन थियो तर सको यो भावना घरमा कसैले बुझीदिएन  र उनि इन्डियामा नै बसिन्| उनलाई सुरुका केहि दिन निकै गाह्रो भयो, हजुरबुवाको सम्झनाले झनै सताउने| झन् त्यहि घरमा बस्नु पर्दा उसले हरेक पल आखा अगाडी पाउने हजुरबुवालाई| कलेज सुरु भएपछी बिस्तारै सबै चिज परिवर्तन हुन लाग्यो
बिहान कलेज गएको उनि, कलेजमा नै रमाउन लागिन्| नया साथि र नया माहोल, घुलमिल हुन समय लाग्यो तर घुलमिल नभएकी हैन| सुरुमा आफै छेउ बस्ने मात्र साथि थिए कलेजमा| बिस्तारै एक पछी अर्को गरि पुरै कक्षालाइ नै चिन्ने भइ उनि| अनि घर छेउ पनि केहि साथि बनाइ उसले| कलेजमा साथि संग रमाए पनि घरमा भने उनि अझै पनि एक्लै नै थिइन्| मामा दिउसो भरि अफिसमा हुने र सनिरा पनि १२ बजे पछी फुर्सतमा बस्ने| जति धेरै फुर्सत त्यति धेरै गाह्रो हुने उनलाई| साथि कहिले काही उनकै घर आउथिए र कहिले उनि साथिकोमा जान्थी| तर जहिले भने यस्तो नहुने| त्यसैले उनले मामालिया भनि एउटा पुस्तकालयमा काम गर्न लागिन्|

१ बजे देखि ५ बजे सम्म उनको समय त्यहि बित्ने| मान्छेको घुइचो धेरै नहुनाले उसले पनि नया पुस्तकहरु पढ्ने मौका पाउने| उसको स्रुची उपन्यास तिर बढ्दै गयो र पुस्तकमा अने रमाउन लागिन् उनि| घर फर्किदा खाना तैयार हुन्थियो| बिहान बेलुका दुवै बखतको खाना दिदीले बनाउने गरेको रैछ| आफ्नै दिदि हैन फेरी| इन्डियामा घरमा आएर खाना बनाइदिने र घर सफा गरिदिने मान्छे भेटिने रैछन, अनि उनीहरुलाई दिदि भनेर सम्बोधन गर्ने रैछन| घर पुगेर सनिराले कलेजको नोट सक्ने र त्यस लगायत अरु क्रियाकलापमा आफुलाई ब्यस्त बनाउने रैछिन्| जति ब्यस्त हुन खोजे पनि रातको समय भने उनि फेरी पनि खालि नै हुने र उनि जस्तै उनको दिमाग पनि| त्यसपछि अनेकौ सोच आउने रैछ उनको दिमागमा र नेपालको पनि याद आउने रैछ| नेपाल संग नेपालमा रहेको साथिको पनि याद आउने|

यसरि नै बितेछ सनिराको दुइ बर्ष र कलेज सकिने बित्तिकै सनिरा नेपाल आएकी रैछिन्| पंकज एकसुरले ध्यान दिएर सबै सुन्दै थियो र सनिराले सबै चिज भनेर सकिन्| पंकज अझै पनि सनिराको बोलिमा नै हराएको छ र सनिरा नेपाल आएपनि पंकज चाही कल्पनाको मार्फत अझै पनि इन्डियामा नै छ| सनिरा एकछिन सम्म चुप रहेपछि पंकजले “अनि?” भनि प्रशं गर्यो| पंकजको प्रश्नको जवाफमा सनिराले “अनि? के अनि? कलेज छाने र अहिले तिमि संग बोल्दै छु|” भन्दै जवाफ दीइन्|
“अनि तिमीले त्यो ज्ञानु नामबाट facebook किन बनाएको नै भनिनौ नि|”
“ केहि भन्छु, कसम खाउ|कसम खाउ कि मैले भनेको मान्छु अनि मात्र म तिमीलाई यो secret खोल्छु|”
“हुन्छ कसम, तिमीले जे भन्छौ मान्छु म|”
“पंकज, यो प्रश्न नगर है मलाई आजबाट| म समय आएपछि तिमीलाई सबै भन्छु|”
सनिराको यो जवाफ पछी मौनता छायो| पंकजले किन भनि प्रश्न गरेन तर पंकजको प्रश्न उनको अनुहारले गर्दै थियो| त्यो प्रश्न पंकजको अनुहारमा देख्न सकिन्छ| तर अब बचन बद्ध भएको छ पंकज, त्यसैले उ केहि बोलन| पंकज पनि शान्त र सनिरा पनि| अब फेरी बार्तालाप कसले सुरु गर्छ?

Previous article
Next article

Latest Posts