Part 18

उनको अगाडी सामान्य तरिकाले पेश आएपनि, भित्र भित्रै मन भित्र निकै नै टुटेको थिए म| टुटेको शब्द गलत हुन्छ, मेरो भावनाहरु ठगिएका थिए| म ठगिएको थिए| नेताए जनता ठगे जस्तै, म्यानपावरले कामदारलाइ ठगे जस्तै, बिष्णुले राक्षसलाइ ठगे जस्तै, मृत्युले मुनालाइ ठगे जस्तै, मायाले बिस्वासलाइ ठगे जस्तै, अविदितले परजुनालाइ ठगे जस्तै, भाग्यले प्रतिक्षालाइ ठगे जस्तै, मेरो भावना पनि ठगिएका थिए|

इस्मीले सक्दो प्रयास गरेकी थिइन्, मेरो मन अनि मस्तिस्कले पनि पूर्ण प्रयास गरेको थियो, तर यो घटनालाइ एउटा ठुलो बिस्वासघाट र ठगिभन्दा अर्को तकमा दिन सकेको थिन| हामि एक अर्कासंग अपरिचित थियौ, केहि कारणले भेट भएको थियो| उनले चाहेको भए यो सम्बन्ध कहिले पनि यहाँ सम्म आउथिएन| हाम्रो सम्बन्ध दुइ साथिको सम्बन्ध जस्तै थियो तर यसमा भावना थोरै बेग्लै थियो| उनलाई मेरो भावनाको बारेमा थाहा नभएपनि उनले आफै पनि बुझ्नु पर्ने हो| जसरि सम्बन्ध यहाँ सम्म ल्याउने निर्णय उनको थियो, उनको बिहेको रहस्य लुकाउने निर्णय पनि उनको थियो| चाहेको भए उनले दुवै रोक्न सक्थिन्| सत्य लुकाउनु झुठ बोल्नु भन्दा ठुलो गल्ति हो| झुठ जानी नजानी बोलिन्छ तर सत्य जानी जानी लुकाइन्छ| इस्मीले त्यहि नै गरेको थिइन् मसंग|

मन दोधारमा पनि थियो| यदि उनलाइ सत्य लुकाउनु थियो भने आज मलाई केहि थाहा हुन्थिएन| सधै जस्तो म खुसि भएर घर जान्थिए होला, सधै जस्तो| सधै जस्तो म सत्यबाट पर हुन्थिए होला| सत्यबाट पर अनि इस्मीसंग नजिक भएको हुन्थियो होला| तर त्यो दिन म सत्यसंग नजिक र इस्मीबाट पर महसुस गर्दै थिए| सत्यले सम्बन्ध मजबुत बनाउनु पर्ने हो तर दरार पारेको थियो| यो बिषयमा थप केहि नसोच्ने निर्णय गरे| कारण केहि छन्, मुख्य चाही एउटा कारण छ|

जब इस्मीले मलाई निश्चलको बारेमा भन्दै थिइन्, तब उनको आवाज सिथिल थियो अनि आखामा माया| माया मेरो लागि हैन निस्चलको लागि| उनको माया निश्चलको लागि निश्चल थियो, उनको आखामा झाल्किदै थियो| उनले निश्चललाइ धोका दिन सक्दिन अनि निश्चललाइ धोका नदिनु भनेको मलाई ठग्नु हैन| इस्मीलै पनि निर्दोष पाए| दोषी आफु अनि आफ्नो धेरै सोच्ने बानिलाइ पाए| जहिले जस्तो दोषी आफु अनि आफ्नो भावनालाइ ठम्याएर, म फेरी सामान्य हुदै थिए|

त्यो रात निकै लामो थियो मेरो लागि| सोच अनि भावना बीच धेरिएको थिए, निन्द्राको लागि स्थान थिएन| रात अनिन्दमा बित्यो| हरेक दोस्रो पलमा कोल्टो फेर्दै थिए र हरेक कोल्टोसंगै नया नया सोच आउने दिमागमा| सोच सकिएको थिएन, अझै पनि मेरो टाउकोको वरिपरी घुम्दै नै थियो| यसै बीच अन्धकारलाइ चिर्दै, सुर्यको आगमन भयो आकाशमा तर अझै पनि म निदाउन सकेको थिइन| त्यो दिन अफिस नजाने निर्णय गरे| बिहानको खाना पछी, मोबाइल चलाउदै थिए, निदाएछु|

त्यो दिन पछी इस्मी र मेरो सम्बन्धमा धेरै ढंगले परिवर्तन आएको थियो| जहिले हामि बीच एउटा ब्याग हुने गर्थियो, त्यहि पनि म हामिलाइ नजिक पाउथिए| तर त्यो दिन देखि हामि बिचमा कहिले ब्याग रहेन तर पनि म हामीलाई पहिले भन्दा पर महसुस गर्दै थिए| हाम्रो सम्बन्ध अघि लग्ने कि अन्त्य गर्ने, त्यहि सोचले गर्दा म केहि फेरिएको थिए| हाम्रो सम्बन्ध पनि केहि फेरिएको थियो| उनलाई पनि यो सोचले सताउनु पर्ने थियो तर मैले उनीमा केहि परिवर्तन पाइन| अकहिर कसरि हुन सक्छ त्यस्तो| उनले पनि यो समबन्धको बारेमा सोच्नु पर्ने हो| तर उनि पहिले जस्तै व्यवहार गर्दै थिइन्| झनै सोच्न बाध्य भए| आखिर हाम्रो सम्बन्ध कहा पुग्छ भनि|

इस्मीलाइ हाम्रो सम्बन्ध अघि लाग्दा कुनै आपत्ति थिएन तर म चाही सबै पाटोबाट हेर्दै थिए| मलाई केहि प्रभाव पर्दैन यो सम्बन्धले| भावनात्मकरुपमा केहि असर परे पनि, त्यस बाहेक कहिँ असर नगर्ने मलाई त्यो सम्बन्धले| तर सोच्नु पर्ने उनले थियो| हाम्रो सम्बन्ध साथीको मात्र थियो तर यो सम्बन्ध अरुलाइ पाच्य नहुने| यदि उनको बिहे नभएको भए फेरी कसैले आपत्ति जनाउन नमिल्ने सम्बन्ध| फेरी उनको श्रीमानले के सोच्दो हो जब थाहा पाउछ, उनि हरेको दिन कोहि केटाअंग भेत्छीन्| भेटेर केहि अनैतिक कार्य नभए पनि, भेट्नु गलत हैन तर पनि हामि एक अर्काको बानि भएको थियौ| धेरै सोच बीच, सम्बन्ध जस्तो चल्दै छ, त्यसरी नै अघि लग्ने निर्णय गरे मैले| निर्णय पनि मैले लिनु थियो किन कि सोच्ने म मात्र थिए| हफ्ता दिन लाग्यो यो सोचबाट बाहिर निकिएर निस्कर्षमा पुग्न| फेरी सबै सामान्य हुदै थियो| फेरी पनि पहिले जस्तै चल्न लाग्यो जीवन| दिनचर्या पहिले जस्तै नै भयो|

ज्ञानेश्वरको बोता मममा बसेर ममको मजा लिदै थियौ| मलाई यस्तो नाम चलेको होटेलहरु मन नपर्ने हैन तर यो भन्दा अरु सामान्य ठाउ रुचाउछु म| त्यस्तो ठाउको स्वाद मिठो र चटकिलो लाग्छ|

इस्मी: “म:म: कस्तो लाग्यो?”

“मिठो छ|” इस्मीले जसरि त्यो प्रश्न गरेकी थिइन्, मैले बुझेको थिए उनलाई एकदम मिठो लागेको थियो भनि, त्यसैले मिठो भनि जवाफ दिए|

“मलाई सबै भन्दा मिठो यहिको मम लाग्छ| अहिले सम्म तिमीले यस्तो मिठो म:म: खाएको छैनौ होला|” इस्मीले यो ठाउको प्रसंशा गर्नु ठिक हो तर यति धेरै प्रशंसा? पचेन मलाई|

इस्मीको कुरालाइ काट्दै “त्यस्तो

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts