घर फर्किदा ६:३० भएको छ| ७ बजे, हामि दुवै, एउटा एउटा
गिलास लिएर बस्यौ र खानेकुरा तताउन राख्यौ| ऐलाको स्वाद नै यस्तो हो कि मलाई मन
नपरेको, एक चुस्की भन्दा बढी छिर्न मानेन
घाटीबाट| क्षितिजलाइ सोध्दा स्वाद यस्तै नै हो भनि थाहापाए| अझै पनि एक चुस्की
निल्ने प्रयास गरे तर सकिन| छोइला संगै मासुको अरु परिकार पनि तातिसकेको छ| 4 वटा
प्लेट मध्य, एउटा प्लेटमा मोमो, दोस्रोमा छोइला, तेस्रोमा भुटन| यो सबै अघि बाहिर
बाट प्याक गरेर ल्याएको हो| चौथो प्लेटमा चाही prawn र पापड छ, जुन अहिले
भर्खर मैले तारेको हो| काक्रो, गाजर र कागती काटेर सलाद पनि बनाउदैछु|
दालमोठ पनि रैछ बाकि, अर्को प्लेटमा दालमोठ पनि हाले|
“क्षितिज, खाने कुरा लिन आउन|” दुइटा हातले ६ वटा प्लेट बोक्न सक्दिन, क्षितिजलाइ
बोलाए| कोठामा जहिले बसी रहेको हो, छतमा पुगेउ हामि, ऐला र परिकार रहेको
प्लेट बोकेर|
“खै त तिम्रो ग्लास? तलै छुट्यो हो?” मेरो हातमा ऐला को ग्लास नदेखेपछी क्षितिजले
सोध्यो मलाई| मलाई ऐलाको स्वाद मन नपरेको भनि बताए क्षितिजलाइ|
“त्यसो भए बियर छ नि त| पर्ख म बियर ल्याउछु|” क्षितिजले बियर छ भन्यो तर मलाई
बियर पिउन मन छ कि नाई नसोधी बियर लिन मुनि गयो| मायाको महसुसमा रमाउन धेरै केहि
चाहिन्न, मात्र क्षितिजले जहिले यसरि माया र स्यहार गरे पुग्छ| क्षितिजले दुइटा
हातमा दुइटा बियर लिएर आयो|
“ यस्तो तातो बियर कसरि खानु मैले? चिया भन्दा तातो छ| बरु म एकछिन फ्रिजमा राखेर
आउछु|” अघि सलाद बनाउनको लागि फ्रिज खोलेको थिए, त्यहाँ बियर थिएन| फ्रिज भन्दा
बाहिरको बियर तातो हुनु स्वाभाविक हो| क्षितिजले ल्याएको दुबै बियरको बोतल लिएर म
भान्सा गए| दुवै बोतल फ्रिजमा हाले र dew लिदै माथि पुगे|
Dew र छोइलाको जोडी पनि राम्रै हुने रैछ| क्षितिज ऐलामा रमाउदै छ र म dew मा| फेसबुकमा देखिने एउटा meme याद आयो र मुस्कुराउन लागे| त्यो meme मा पनि, सबै साथि रक्सि पिउदै हुनछन र एउटा यस्तो साथि हुन्छ जसको हातमा फ्रुटी हुन्छ| त्यो फ्रुटी समात्नेको स्थानमा आफुलाई पाउदा, नहासौ पनि त कसरि नहासौ| दुइ जनालाइ भनेर त्यति धेरै ल्याएको ऐला, क्षितिज्ले आधि सक्याईसक्यो| २ लिटरको बोतलको घाटीसम्म थियो ऐला, अहिले आधि बोतल छ| उसले पिउदै छ भनेर चिन्ता लागेको हैन , तर फेरी धेरै मात्तियो भने गाह्रो होला भनेर हो| फेरी भर्खर ३० मिनेट मात्र भएको छ हामि छतमा आएको| यो रक्सि भन्ने चिज, जति चाडै पियो त्यति छिटै मात दिन्छ|
“ खोइ त तिम्रो बियर| चिसो भयो होला|” मैले उसलाई बिस्तारै बिस्तारै
पिउ भन्न लाग्दै थिए, उसले उल्टै मेरो बियर खै भनि सोध्यो|
“अहिले भर्खर त हो राखेको| एकछिन अझै पर्खिनु पर्छ| पुरै चिल बियर पिउने हो आज :p |”
बियर चिसो त भयो होला तर चिसो नभएको भए फेरी अर्को पल्ट तल जानु पर्छ| या त्यहि तातो
बियर पिउनु पर्छ| यो दुवै गर्न चाहन्न म, त्यसैले बरु अझै केहि बेर पर्खिने सोचमा
छु|
“खुब| तिम्रो सबै मास्टर प्लान बुझ्दैछु| चिसो त केवल बहाना हो, मास्टर प्लान सफल
पार्ने चाहना हो|” क्षितिजको यो वाक्यले के प्रस्ट हुन्छ भन्दा, उ पूर्ण रुपमा
मात्ति सकेको छ| तर मेरो के मास्टर प्लान भन्दै छ उस्ले?
“मास्टर प्लान? कस्तो मास्टर प्लान?” क्षितिजले भन्न खोजेको मास्टर प्लान हुन चाही
के हो? आखिर मैले मास्टर प्लान बनाएको भन्दै छ उसले, मैले बनाएको मास्टर प्लान
मैले थाहापाउनु परेन?
“हिजो तिमि ढलेकी थियौ अनि मैले तिमीलाई जिस्काएको थिए| आज मलाई ढाल्ने गरि पिउन
लगाउने, अनि भोलि तिमीले गिज्याउने| बुझे मैले|” क्षितिजले यस्तै केहि हावा गफ
गर्छ थाहाथियो मलाई तर यति सम्म हावा गफ गर्ला भनेर चाही सोचेको थिइन|
“खुब| मलाई दोष लगाउने है? बरु म तिम्रो मास्टर प्लान बुझ्दैछु|”
क्षितिजको अस्त्र उसमा नै प्रयोग गर्दैछु म|
“मास्टर प्लान? कस्तो मास्टर प्लान?” अघि मैले जे प्रश्न गरेको थिए, क्षितिजले
त्यहि प्रश्न गर्दै छ|
“तिमीले जानी जानी यति चाडै रक्सि पिउदै छौ| अनि अब एकछिनमा झ्याप भएको नाटक
गर्छौ| अनि मलाई भोलि मुख देखाउनको लायक छोड्दैनौ|” क्षितिजले बिहान मसंग जुन
खेल्दै थियो, त्यहि खेल खेल्दै छु म अहिले क्षितिजसंग| यो खेल खेल्न रमाइलो हुनेरैछ|
केहिबेर यसरि नै, अर्थ न् बर्थ गोबिन्द गाइ गफ गर्दै बसेउ हामि| क्षितिजको रफ्तार
घटेको छ, ऐला अघिको तुलनामा केहि मात्र कम भएको छ| सायद उ अत्तिनै झ्याप भइसक्यो
या मैले बियर ल्याएपछि साथ दिनलाइ पर्खिदै छ| जे होस् तर मुनि जान नै अल्छी
लाग्दैछ| बियर पिउन मन छ तर तल जान मन छैन| घडी हेरे ७:३० भएको छ| ८ भएपछी चाही तल
जान्छु, आफु मात्र हैन क्षितिजलाइ पनि तल लग्छु| सित पर्न सुरु भइसकेको छ| दुवै
मिलि, संगै बसी, रम्दै, गफ गर्दै; थोरै मदिरा गिलासबाट र अनि थोरै मदिरा एक अर्काको आखाँ, यसरि
मदिरा पिउने योजना बनाउदै छु मन मनै| गफ गफैमा गफ हुदै गयो| बर्तमान चाहेको जस्तै
नै बित्दै छ, बात भबिष्यको हुन लाग्यो|
“ छोरा भएपछी हामि यसरि नै रम्न पाउछौ होला?” परिवार अनि भबिस्यको गफ बीच
क्षितिज्ले बर्तमानसंग दाज्दै भबिस्यको प्रश्न गर्यो|
“ किन? मिल्दैन र? खाने मुखलाई जुँगाले छेक्छ र?” क्षितिजको जिज्ञासाको जवाफ यसरि
नै दिए|
“ छोराको नाम के राख्ने हामि?” क्षितिज बिहेको कुरा गर्न खासै नरुचाउने मान्छे,
अहिले सन्तानको कल्पना गर्दै छ| उसको गफले मलाई खुसि तुल्याउदैछ| यस्तै खुसि हुन पाउने
हो भने त यो ऐला सधै ल्याइदिन्थिए क्षितिजको लागि| तर मेरो केहि आपत्ति छ
क्षितिजको यो प्रश्न प्रति|
“अनि छोरी भयो भने नि? छोरा नै हुन्छ भन्ने छ र?” मेरो आपत्तिलाइ प्रश्नको रुपमा
क्षितिजको अगाडी राखे|
“छोरी भयो भने पनि हाम्रै छोरी हो अनि छोरा भयो भने पनि हाम्रै छोरा हो| एउटा छोरा
अनि एउटा छोरी| हामि चारको सुन्दर परिवार|” क्षितिजले जे भन्दैछ, त्यो सुन्नमा
राम्रो सुनिदैछ तर के यथार्थ यति सहज हुन्छ? फेरी पनि मेरो आपत्ति छ क्षितिज्को
सम्बादमा|
“अनि दुवै सन्तान छोरी भयो भने?” फेरी पनि मेरो आपत्तिलाइ प्रश्नको रुपमा
क्षितिजको अगाडी राखे| आखिर मेरो परिवारको म पनि एक्लो छोरी नै हु| उहाले छोरा नै
चाहिन्छ भनेर सोच्नु भएन| परिवार पुरा गर्न छोरा नै चाहिन्छ भन्ने हुन्न| मेरो
धारणा यति हो र यसमा अथावत नै छु म|
“ अर्को सन्तान पाउने|” क्षितिजको यो वाक्यले मलाई निकै नै चकित बनायो| अहिले उसले
जे बोल्यो, त्यो उसले बोलेको हो कि नशाले|
“ अनि फेरी पनि छोरी नै जन्मी भने?” क्षितिजको सोच र मानसिकता बुझ्दै जादै छु|
“ फेरी अर्को सन्तान जन्माउने|” क्षितिजको यो जवाफले थप चकित भए म अनि क्रोधित
पनि| उसले सोचेर त बोल्दै छ नि? उसलाई थाहा त छ नि कि उसले के बोल्दै छ भनि? अरु
दिन भन्दा क्षितिजलाइ आज निकै भिन्न पाउदैछु| क्षितिज उही नै छ मात्र उसको
मानसिकता बदलिएको पाएको छु|
“ ए| म मान्छे हैन नि| म त मेसिन हो, मेरो जिउ मेसिन हो| जब सम्म अरुले चाहेको फल
पाउदैनन्, मलाई प्रयोग गरि रहन्छन्| त्यहि भन्न खोजेको हो तिमीले?” सहन सकिन, मैले
रिस पोखे क्षितिजलाइ|
“मैले त्यस्तो भन्न खोजेको हैन तर….
