Part 20

“मैले त्यस्तो भन्न खोजेको हैन तर तिमीलाई मैले आफ्नो परिवारमा कस्तो मानसिकता छ भनेको छु| छोरा बिना परिवार पुरा मान्नु हुन्न बाबा मामुले|” हो म मान्छु क्षितिजले आफ्नो परिवार अनि उसको जन्म, एक एक बताएको थियो उसले मलाई| उसले आफ्नो परिवारको पृष्ठभूमि भन्दा यहि बिषयमा प्रकाश पार्न खोजेको रैछ तर मैले नबुझेको रैछु|
“मानसिकता त हो| त्यो बदलिन मिल्छ नि|” म भित्र धेरै शब्द र बचन छन्, जुन क्षितिजलाइ भन्न चाहन्छु| चाहनालाइ मेरो बिचारले छेक्यो र जरुरि शब्दको मात्र प्रयोग गरे|
“ मेरो मानसिकता बदलिन सक्छु| तिम्रो मानसिकता बदलिन सक्छु| तर बुवा मामुको सोच कसरि बदलिनु? बुढो हड्डी सजिलै जोडिन्न र सोच पनि त्यति सजिलै बदलिन्न|” क्षितिजले परिवारको सोचको पक्ष लिदै आफ्नो सोच राख्दैछ| म चाहेर पनि उसको सोचमा सहमति जनाउन सक्दिन|
“सजिलो छैन तर असम्भव पनि त छैन होला नि?” क्षितिजलाइ अर्को प्रश्न गरे|
“ मेरो लागि चाही असम्भव नै छ|” क्षितिजबाट यास्तो जवाफको अपेक्षा गरेको थिइन मैले| उसले कति सजिलै यो जवाफ दियो र हार मान्यो|
“ मतलब तिमि कोशिश नै गर्दैनौ?” क्षितिज र मेरो मानसिकतालाइ दुइ बिभिन्न  सोचले दमन गरेको छ| दमन गल्ति शब्द हुन सक्छ, हामि दुइ फरक बिचारको काबुमा छौ|
“ कोशिश गरेपनि केहि हात लाग्दैन|” म क्षितिजलाइ माया गर्छु तर उसको सोचमा मेरो सहमति छैन| उसले भन्दै थियो कि परिवारको सोच बदलिन उ असमर्थ छ तर मैले के देख्दै छु भने उसको सोचमा केहि बदलाव आएको छैन| उसको परिवारको सोच र उसको सोचमा केहि फरक छैन|
“त्यसो भए कोशिश नै गर्दिनौ तिमीले?” निरास्ताले क्रोधको  स्वरूप लिन लाग्यो| विवादमा तर्क गर्दा, मेरो तर्क धेरै पटक गलत भएको छ तर अहिलेको बिबादमा म गलत छैन|
“ म बिबश छु| न तिमि बुझ्न खोज्छौ न म परिवारलाइ बुझाउन सक्दछु| के गरौ म?” थप तर्क गर्ने आशयमा छैन क्षितिज| म बुझ्छु उ मजबुरी बीच घेरिएको छ तर म यो बिषयमा न सहमति जनाउन सक्छु न सम्झौता नै गर्न सक्छु|  
“ तिमीले मलाई बुझाउनु पर्दैन| मात्र यो प्रश्नको जवाफ देउ| छोरी र छोरा उही हो जस्तो लाग्दैन तिमीलाई? छोरीलाइ किन हेला त्यसो भए? छोरि भन्दा छोरालाइ किन धेरै प्राथमिकता?”
“ कसरि भनौ, कसरि बुझाउ| छोरा-छोरीमा अन्तर गरेको हैन| मेरो परिवार हेर त, म अनि दिदिमा केहि फरक गरेको छ? खाना खादा तिमि के चाहन्छौ? भात होस्, दाल होस्, अचार होस् अनि सब्जी होस्| त्यस्तै एउटा परिवारमा सबै चाहिन्छ| बुझेउ?” क्षितिजको तर्क गलत हैन तर केहि चाहना आधारभूत हुन्छन् जुन हाम्रो प्राथमिकता हुनुपर्छ| अनि केहि चाहना बैकल्पिक हुन्छन जसको बर्खतमा हर्ष मिल्छ  तर त्यो प्राथमिकता हुनुहुन्न|
“ यहि हाम्रो बिचार भिन्न छन्| खाना हाम्रो परिवार हो भने, हामी दाल भात हौ| अनि त्यस बाहेक जे जे अतिरिक्त छ, त्यो सन्तान| सब्जी र अचारको पनि प्रकार हुन्छ तर यहि चाहिन्छ भनेर हुन्न नि| सब्जी मात्र भए पनि पर्याप्त हुन्छ तर मन पर्ने सब्जी भयो भने खुसि भइन्छ| अनि अर्को कुरा, मन पर्ने सब्जी जहिले जाति हुन्छ भन्ने पनि हुन्न| अनि सब्जी प्राथमिकता हैन, सक्दो मिलाउने हो, नमिल्यो भने पनि चित्त बुझाउनु पर्छ| यस्तै हो परिवार, छोरा नै चाहिन्छ भन्ने पनि हुन्न|” क्षितिजको उदाहारणलाइ नै आफ्नो बिचारमा ढाले र जवाफ फर्काए|
“ छोराको केहि महत्व हुन्छ| केहि कर्तब्य हुन्छ| तिमीले बुझ्दैनौ यस्तो कुरा|” क्षितिज अघि सम्म परिवारको लागि बोल्दै थियो तर आहिले उसले बोलेको शब्द उसकै हो|
“ मैले बुझ्दिन भने बुझाउन| यस्तो के छ जुन तिमीले गर्न सक्छौ तर मैले सक्दिन| कर्तब्य र जिम्मेवारी मैले पनि बुझेको छु त|” आज यो बिषयको टुंगो लगाउनु छ| आज टुंगो लागेन भने भबिस्यमा पनि बल्झिने छ यो बिबाद र सम्बन्धमा गाठो पर्दै जान्छ|
“ मैले कहिले भने के तिमीले आफ्नो जिम्मेवारी बुझेकी छैनौ| केहि यस्ता जिम्मेवारी हुन्छ जुन केटाले मात्र पुरा गर्न सक्छ| बंश बृक्ष अघि लाग्ने कुरा भयो, पितृलाइ भोग चढाउने कुरा भयो, यस्तै धेरै जिम्मेवारि हुनछन|” क्षितिजको तर्कहरुले अझै पनि मेरो चित्त बुझाउन सकेको छैन|
“ तिम्रो तर्क गलत हैन तर समर्थन जनाउन सकी रहेको छैन मैले| एउटा प्रश्नको जवाफ देउ है मलाई| छोरा कि छोरी पछी छलफल गरौला| मात्र यति भन, यदि मबाट तिमीलाई सन्तान भएन भने? बंश बृक्ष र पितृको भोग, कसरि सम्पन्न हुन्छ?” यो प्रश्नको जवाफले हाम्रो बादबिबादको अन्त्य गर्छ भन्ने आशमा छु|  अन्त्य नगरे पनि सहि मार्गमा चाही पक्कै पनि दोर्याउछ|
“भाग्यमा नै छैन भने के नै गर्न सकिन्छ!” मैले चाहेको जवाफको वरीपरि हुदै जवाफ दियो क्षितिजले|
“ तिमिले त यो कुरा बुझ्छौ तर बुवा मामुले? उहाले नबुझे भने के गर्छौ? मलाई अनि परिवारलाइ रोज्नु पर्यो भने के गर्छौ?” मेरो प्रश्न सहि छ कि गलत थाहाछैन| यसको जवाफमा आएको जवाफ सहि छ कि गलत कसरि निर्णय गर्नु मैले?
“ यो कस्तो प्रश्न हो? तिमीले जानी जानी झगडा गर्न खोज्दै छौ हो?” क्षितिजसंग जवाफको अपेक्षा गर्दै छु तर मैले प्रश्न पाए|
“ झगडा हैन| चाहना र बास्तबिकताको यथार्थ बोध गराउन खोज्दैछु| यस्तो अवस्था आयो, जहाँ तिमीले मलाई रोज्नु पर्छ या परिवारलाइ| तिमि त छोरा मान्छे हो, तिमी परिवारको जिम्मेवारीबाट पर हुन मिल्दैन| अनि फेरी मेरो माया र जिम्मेवारी पनि तिम्रै दायित्व हो| के रोज्छौ नि?” मेरो यो प्रश्नको जवाफ क्षितिजले कसरि दिन्छ होला| यदि यो प्रश्नको जवाफ मैले दिनु परेको भए, मसंग पनि जवाफ हुन्थिएन होला| तर्क बिहिन हुदै गयो हाम्रो बादबिबाद| दुवै आफ्नो सोचमा अडिक भयौ| यहाँ सहि गलत छुट्ट्याउनु छैन कसैलाई, मात्र जित्नु छ|

गफ बादबिबादमा परिवर्तन भयो, बाद बिबादमा चर्काचर्की थपियो र झगडाको नराम्रो रुप लियो| तिमिबाट “त” मा पुग्यो हाम्रो सम्बोधन| क्षितिजको सोचलाई गलत साबित गर्ने जमर्कोमा, म आफै गलत हुदैछु| मैले गर्दा नै चर्काचर्की बढेको हो| म नै दोषी हु तर जित र अहम हाबी छ म माथि| अहिले सम्म मन मोटाव भएको थियो, चित्त नबुझ्ने भएको थियो तर झगडा नै भएको थिएन| स्थिति नियन्त्रण बाहिर जादै छ, यो मलाई र क्षितिज दुबैलाई थाहाछ| क्षितिजले अवस्था सामान्य पार्न खोजे पनि, यहाँ मलाई जित चाहिएको हो| मैले भन्न हुने र नहुने धेरै बचन लगाउदै गए| मेरो चेतनालाइ मेरो रिस र अहमले छेकेको छ| क्षितिजले कति काबु गरोस् आफुलाई, उसको धैर्यताको बांध टुट्यो| बोल्न नचाहेको, एक अर्कालाई भन्न नचाहेको धेरै शब्द बोलेउ दुबैले| एक अर्काको कमि केलाउदै, झगडा घिनलाग्दो हुन थाल्यो| हाम्रो परिवार पनि मुछ्छिन लाग्यो यो झगडामा| परिवारको बिषय जोडिए संगै झगडाको स्वरूप नै बदलियो| हामि यो स्थानमा छौ, जहाँबाट पछाडी फर्की हेर्ने हो भने दृश्य भयानक छ र अगाडी हेर्ने हो भने गन्तब्य अदृश्य| यो झगडामा हामि कहिँ नै जादै छैनौ, तर्क मुर्खतामा परिणत भइसकेको छ|

“यदि छोरा तिमि जस्तो हुन्छन भने, म कहिले आमा हुने चाहना नै राख्दिन|” शब्द हैन बिष ओकल्दै छु म| मायाको संसारलाइ बिखले ध्वस्त पार्दैछ|
“छोरा किन चाहिन्छ बल्ल बुझ्दैछु| छोरी मान्छेको दिमाग घुडामा हुन्छ सुनेको थिए हो रैछ|” क्षितिजले बिख नै ओकल्दैछ| शब्दको बिख रिसबाट उब्जिएको हो र यो बिख मनसम्म नपुगोस्|
“ तिम्रो यस्तो मानसिकता तिम्रै परिवारको देन त होला नि है? तिमि र तिम्रो परिवार, दुबैको रुढिबादी सोचको रोगि छौ|” बोल्न नहुने वाक्यहरु एक पछी अर्को गरि बोल्दै छु म| रिस लाइ उल्टो गर्ने हो भने सरि हुन्छ| एउटा सरिले सबै झगडाको अन्त्य हुन्थियो या झगडाको सुरुवात नै हुन्थिएन|
“जस्तो होस् मेरो र मेरो परिवारको सोच| तर म संग परिवार त हुनु हुन्छ नि, तर तिमिसंग त परिवार नै हुनु हुन्न|” क्षितिजको यो वाक्यले मलाई मृत तुल्यायो| मैले धेरै गल्ति गरे र मेरै गल्तीले यो सबै सुरु भएको हो तर क्षितिजले वाक्य बोल्नु हुन्थिएन| मेरो सबै गल्ति एक तर्फ र क्षितिजको यो वाक्य एक तर्फ| उसले मलाई टुहुरो भनेर कसरी होच्याउन सक्छ! अब केहि बोल्नुको औचित्य छैन, मलाई केहि भन्नु छैन| क्षितिजसंग बोल्नु नै छैन| निकै कम्जुर र एक्लो महसुस भयो| चित्त दुखाउने मान्छेको अगाडी आशु बगाएर आफुलाई झनै कम्जोर देखाउनु र साबित गर्नु छैन| बसेको ठाउबाट उठे, छतबाट आफ्नो कोठामा गए र ……..

Previous article
Next article

Latest Posts