Part 2

उनलाई एकहोरो तरिकाले हेर्दै थिए, त्यत्तिकैमा पछाडीबाट आवाज आउछ, “अपेक्षा, अपेक्षा हो उनको नाम|”

तर्सिएर भनौ कि लजाएर, पछाडी हेरे| आवाज नचिने पनि, जब पछाडी फर्किए, चिनेको मान्छे देखे| सिद्धार्थ रैछ पछाडी| भेट्दा हेल्लो हाइ हुने, नदेख्दा पराइ हुने साथिमा पर्छ सिद्धार्थ| जसरि मलाई “K” भन्छन, उसलाई “सिड” भन्छन| मेरो यो कथामा “सिड” केहि बेरको लागि मात्र छ तर उसको भूमिका निकै महत्वपूर्ण छ|

“सिड” बाटो बनीदियो, त्यो बाटो जुन अपेक्षा सम्म पुग्छ| क्यान्टिनमा मलाई मोहनी लगाउने केटीको नाम अपेक्षा हो भनि पनि “सिड”ले नै बतायो मलाई| सिडको गर्लफ्रेन्ड चाही फर्स्ट इयरमा पढ्ने रैछिन्| त्यहि कारणले सिडले अपेक्षालाइ चिन्दो रैछ| यदि मलाई कसैले लफंगा, बोका या अरु एज भन्छ नि, त्यसो भए सिड त्यो संगठनको अध्यक्ष हो| मलाई जति थाहा छ र मैले जति चिनेको छु, यो केटि उसको एक बर्ष भित्रको चौथो गर्लफ्रेन्ड हो| उसको सम्बन्ध भन्दा धेरै त चोर बजारबाट किनेको १०० जाने एयरफोन टिक्छ|

“बोल्छस? बोल्ने भए म परिचय गराईदिन्छु|” सिडले कुरै कुरामा मलाई गुण लगाउन अग्रसर हुदै थियो तर हिम्मत आएन मलाई| पहिलो नजरमा अपेक्षा मन परेकी हुन तर भोलि गएर मन बदलिन सक्छ र अपेक्षा खास नलाग्न पनि सक्छिन या अपेक्षा भन्दा अरु कोहि खास लाग्न सक्छिन्| एकदिन पर्खिनुमा समझदारी लाग्यो र त्यो दिन अपेक्षासंग परिचय गरिएन|

तर भाग्यले चाहेको छ भने, साढेले पनि दुध दिन्छ भन्छन, हो रैछ| साथिहरु मिलेर ragging गर्दै थिए फर्स्ट इयरको लाइ| म पनि साथिलाइ साथ दिन पुगे| एक पछी अर्कोलाइ बोलाउदै सताउदै र मजाक बनाउदै थिए साथिहरुले| कसैलाई के गर्न लगाउने अनि कसैलाई केहि| अपेक्षाको हुल आयो हाम्रो अगाडी| उनीहरुलाइ ragging कसरि गर्नु? साथिहरुलाइ रोकौ भने उनीहरुले कारण सोध्छन र मैले कारण भने भने, भोलि देखि अर्को काण्ड सुरु हुन्थियो| अनि साथिलाइ नरोक्ने भए, अपेक्षाको आखामा मेरो चरित्र हत्या हुने| दोधारमा परे| सिडले बचायो मलाई|

“यो ग्रुपमा तेरो भाउजु छे| केहि गर्ने हैन|” सिडले यति भनेपछी धेरै राहत महसुस भएको थियो तर कोइला यस्तो चिज हो, आगो लागेको बेला समायो भने हात पोल्छ अनि अरु बेला कालो लाग्छ| ठिक त्यहि नै भयो| मेरो बोका साथिहरु सिधा कहाँ मान्ने वाला थिए|

“भाउजु बाहेक अरुलाई जिस्काउन पाइन्छ नि? कि सबैलाइ लाइन हान्दै छस्|” एउटा बोकोले यस्तो प्रस्ताभ राख्यो, सिडले नाइँ भनेन किन कि उसले नाइँ भन्न मिल्दैन थियो|

त्यो केटीको ग्रुपमा छ जना थिए, सिडको केटि बाहेक ५ जना| एक पछी अर्को गरि बाकि केटीलाई जिस्काउन लागे बोकाहरुले| अपेक्षालाइ चाही केहि नभनोस् भनि मन मनै भगवानलाइ प्राथना गर्न लागे| भगवानले त्यसको मदत गर्छ जसले दिमागले सोच्छ अनि दिलले भगवानलाइ याद गर्छ तर यहाँ म तेस्रो खुट्टाले सोच्दै थिए अनि भगवानलाई याद गरेको भन्दा पनि घुस दिदै थिए| अपेक्षालाइ कसैले केहि भन्नु अघिनै, मैले दिमाग चलाए|

“ल आजलाइ यति भयो, आज चिया मेरो तर्फबाट|” मैले यति भन्ने बित्तिकै साथिहरु क्यान्टिन तिर पुगे| सित्तैमा पाए भने, तिन दिनको बासि भात पनि खाने साथि छन् मेरा| मेरो उदेश्य पुरा भयो र अपेक्षालाइ ragging बाट जोगाए| म १ बजे सम्म नै क्यान्टिनमा थिए, अपेक्षा कहाँ गइन् मलाई थाहा थिएन|

कलेज गेटबाट बाहिर निक्लिएको थिए, सिडलाइ देखे| सिड एक्लै थिएन, सिड उसको गर्लफ्रेन्डसंग थियो अनि अपेक्षा पनि त्यहि थिइन्| सकेसम्म उसलाई नदेखेको जसरि हिडौ भनि अघि बढे तर सिडले बोलायो| अब उ निर जानै पर्यो| उ निर जान मलाई केहि आपत्ति हैन तर अपेक्षा पनि थिइन् त्यहाँ| केटीको अघि खुल्ला किताब भएर पेश हुने बानि थियो मेरो तर अपेक्षा सामु आफ्नो पहिलो पाना पल्टाउन पनि मुस्किल भएको थियो मलाई| खै के हुदै थियो मलाई|

“उ चाही मेरो साथि करण|” सिडले अपेक्षासंग मेरो परिचय गराएर नै छाड्यो|

“उ एक्लै आएको? अर्जुन खै?” अपेक्षाको कस्तो प्रश्न हो यो भनि बुझ्न सकिन| उनले के भन्न खोज्दै छिन् भनि ठम्याउन गाह्रो भयो| म एकछिन अवाक् भए|

“हुह? मसंग बोल्दै छौ?” नबुझेपछी सोधे उनलाई|

“करण अर्जुन साथ मे हि आते है ना?” उनले पहिलो भेटमा, पहिलो बोलचालमा नै यसरि ठट्टा गर्छिन् भनेर मैले सोचेको थिन| पहिलो नजरमा मन परेकी उनि, झन् मन पर्न लागिन्| उनको यो मजाकमा सबै हासेउ, सबै भन्नाले हामि चार जना थियौ|

“तर मलाई थाहा थियो, तिमि आउछौ भनि|” मलाई आफै पत्तो थिएन कि आज म यहाँ हुन्छु भनि, अपेक्षालाइ कसरि थाहा भयो? उनले कि केहि गफ हान्दै छिन् या उनको भनाइ आसहय अरु केहि थियो|

“कसरि?” यस्तो अवस्थामा प्रश्न गर्नु नै उचित लाग्यो मलाई र त्यहि गरे|

“क्युकी मेरे करण अर्जुन आएन्गे|” अपेक्षा फेरी पनि जिस्कदै रैछिन्| एउटा हद हुन्छ नि, आखिर उनि किन मेरो पछी यसरी लागि परेकी छिन्| फेरी सबै हास्न लागेउ|

“By the way, we call him K, तिमीहरु एकछिन गफ गर्दै गर, हामि एकछिनमा आउछौ|” सिडले मलाई अपेक्षासंग एक्लै छाडी, उ आफ्नो गर्लफ्रेन्डसंग निजि समय बिताउन कतै लाग्यो| एकछिन सम्म न अपेक्षाले केहि बोलिन् न मैले|

“Thank you” अपेक्षाले अचानक धन्यबाद दिदा फेरी पनि म सोच्न लागे| कहिँ उनि यहाँ पनि मजाक गर्दैछिन् कि भनि| फेरी धन्यबाद दिनलाई मैले त्यस्तो केहि गरेको पनि थिइन| त्यसैले “किन?” भनि सोधे उनलाई|

“किन कि

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts