“किन कि तिमीले मलाई ragging बाट जोगायौ|” मैले लगाएको जुक्ति मलाई मात्र थाहा छ, म मात्र बाठो सोचेको, तर अपेक्षाले पनि बुझेकी रैछिन्| साथीले पनि शंका त गरे होला तर त्यसले फरक पर्दैन| फरक पर्छ कि ले भन्दा. अपेक्षाले थाहा पाउदा| मैले उनलाई सहयोग गर्नु अनि अरुलाई नगर्नुको अर्थ उनले कसरि लगाउछिन्| थोरै या क्षनिकको भएपनि, मलाई उ प्रति केहि भावना छ भनि उनले थाहा पाइन् कि? अघि सम्म खुसि थिए तर अब सोचमा छु| गहिरो सोचमा|
“कसरि बचाए मैले फेरी?” उनलाई शंका नहोस् भनि, आफुले जानी जानी केहि गरेको हैन भन्ने भान पार्न खोज्दै थिए|
“केहि हैन| तिमि पनि मेकानिकल हो?” अपेक्षाले आधि अधुरो जवाफ दिएर, अर्को प्रश्न गरिन् मलाई| अपेक्षाले यसरि प्रश्न गरेकी थिइन् कि उनि पनि मेकानिकल हो, त्यसैले “तिमि पनि” भनेर सोधेको हुनु पर्छ|
“हो, किन तिमि पनि मेकानिकल हो र?” मैले अपेक्षा जसरि अधुरो जवाफ दिइन| मेरो जवाफ पुरा थियो अनि जवाफ पछी एउटा प्रश्न|
“हैन, म अपेक्षा हो|” अपेक्षाको जिस्किने बानि चाही अचम्मको| अक्कड़ो समयमा पनि जिस्किने| आज उनिसंग पहिलो पटक बोलेको, तेस्रो पटक जिस्किदै छिन्, त्यो पनि नचाहिने तरिकाले|
“मलाई किन लाग्दैछ कि तिमि मेरो जिन्दगि हो|” म पनि जिस्किने मुडमा पुगे र त्यहि मनसायले यो वाक्य बोले|
“किन? भेटेकै दिन flirt गर्न लागेउ त|” अपेक्षाको पहिलो वाक्य अपेक्षित थियो, दोस्रो वाक्य जुन उनले भनिन्, त्यो चाही अनेपेक्षित थियो|
“हैन नि| My life makes joke of me… त्यसैले भनेको| अनि flirt गर्छु भनेर डराएकी कि खुसि भएकी?” मबल्ल म खुलेर बोल्दै थिए अपेक्षासंग| शरम र हिच्किचाहटको बोक्रो खोलेर फ्याल्दीसके|
“खुसि किन हुनु, मसंग flirt गर्ने तिमि मात्र हैन| बानि परिसक्यो|” अपेक्षा राम्री थिइन् अनि उनलाई थाहा थियो कि उनि राम्री छिन्| उनलाई आफ्नो सुन्दरताको घमण्ड थियो भनौ कि कदर थियो तर उनलाई थाहा थियो उनि सुन्दर छिन् भनि| उनीसंग बोल्न मुस्किल पर्छ थाहा भइसकेको थियो मलाई|
“त्यसो भए डर लाग्छ हो?” अपेक्षासंग बोल्न मजा आउदै थियो, त्यसैले जानी जानी उनलाई यस्तो प्रश्न गर्दै थिए| चुरोटको हरेक कस जस्तै मजा आउदै छ उनिसंग हरेक वाक्य बोल्न|
“डर मलाई हैन तिमीलाई लाग्नु पर्छ|” अपेक्षाले मुस्कुराउदै जवाफ दिइन्, उनि पनि भरपुर मजा लिदै थिइन् हाम्रो बार्तालापको| मुस्कुराउदा उनको गालामा डिम्पल पर्ने रैछ र त्यसको आकार नै मुटु जस्तो थियो|
“डर चाही किन लाग्नु मलाइ?” मैले नबुझेको सोधे अपेक्षालाइ|
“सुरुमा flirt गर्छौ, म पनि flirt गरिदिन्छु| दुवै flirt गर्दै जान्छौ, अनि कुरा बढ्न लाग्छ| त्यसपछि गफ बढ्छ अनि गफ संगै भेट| तिमि भित्र भावनाको मुहान खुल्छ अनि बढ्दै जान्छ| यति बढ्छ कि त्यो मायाको समुन्द्र मा मिसिन पुग्छ| तिमीलाई मसंग माया बस्छ| you will start to love me.. तर flirt तिमीले सुरु गरेको थियौ, मैले साथ मात्र दिएको हो| flirt मा पो साथ् दिए, मायामा त साथ दिन सक्दिन नि| अनि तिम्रो दिल टुट्छ, डराउनु परेन तिमि अब?” अपेक्षाले दुइ मिनेटमा पुरै फ्लिमको कहानी भनेर भ्याइन्| कस्तो निर्धक्क भएर, मनमा केहि नराखी, सबै चिज भनिन् उनले| माने मैले उनलाई|
“Flirt गर्न हुने अनि love पार्न नहुने?” थप जिस्किने मनसायले अपेक्षालाइ प्रश्न गरे|
“चिठ्ठा हो अन्डा? लभ पार रे|” अपेक्षाले छुच्चो जवाफ दिन्छिन् भनि म पक्का थिए| कति सम्म छुच्चो हुन सक्छिन् भनि हेर्न थियो|
“ल भयो छाड यस्तो कुरा, तिमि कहाँ बस्छौ?” चिनी धेरै तितो हुन्छ, त्यसैले बार्तालापको बिषय परिवर्तन गर्दै थिए मैले|
“गिल पट्टि|” उनको यो जवाफ पछी मैले पनि आफु कहाँ बस्ने भनि भने| मेरो घर र उसको घरको दुरी २० मिनेटको गाडीको यात्रा रैछ| अनि गाडी पनि उही| थप गफ गाफ सुरु भयो| गफ भन्दा नि हसी मजाक सुरु भयो| अझै थप हसी मजाक अनि थोरै गफ कलेजको| यसरि चार घण्टा बितेको पत्तो भएन| अझै घन्टौ बित्थियो होला गफ गरेर तर सिड आयो र भन्यो “तिमिहरु अझै सम्म यहि छौ|”
अब उसले यहि छाडेर गएको, हामि कहाँ हुनु यहाँ बाहेक| कि उसले हामि गइसकेउ सोच्यो| आफु गर्लफ्रेन्डसंग मस्तले समय बिताएर आएको छ अनि अहिले मलाई जिस्काउदै छ| गजब छ बा| घर जाने कुरा भयो| अब पर्यो फसाद|
नेपालमा कस्तो हुन्छ थाहा छैन| यहाँ चाही दुइटा बस हुन्छ| एउटा सरकारी अनि अर्को निजि संघको| सरकारी बसमा चाही कार्ड बनाउन मिल्छ र लगभग 50 रुपैयाले म कलेज आउन जान मिल्थियो| सरकारी बस आउने एउटा समय हुन्थियो अनि बस आउने अन्तराल अलि बेसी समयको हुने| कम्सेकम एक घण्टाको अन्तराल हुने, कहिले २ घण्टा नि हुन्थियो| तर निजी संघको बसको भाडा धेरै हुने| सरकारी को ५ गुणा भने नि हुन्छ| दिनको १0 रुपैया लाग्थियो|
पैसा नहुने हैन तर पैसा जोगाउने बानि| सरकारी गाडीमा पैसा जोगिन्थियो र यहाँ बाट जोगिएको पैसा अरु ठाउमा प्रयोग गर्न मिल्ने| अपेक्षा सरकारी निजि संघको गाडीमा जाने रैछिंन् अनि म सरकारी| त्यो दिन बहाना बनाएर सरकारी गाडीमा गए| तर मनले मानेन अर्को दिन देखी प्राइभेट गाडीमा जाने सोचे| म अनि अपेक्षा एउटा गाडीमा हुन्थियौ र थप गफ हुन्थियो| यहि थियो मेरो लोभ| अब क गर्ने? कसरि पैसा मिलाउने प्राइभेट बसको लागि?
धेरै सोचे अनि हिसाब गर्न लाग्यो| हिसाब गर्दै जादा…
