“तेरो स्कुलको क्रस (Crush), तेरो उनीसँग,बोल्छस् नि अभ?” उस्ले त जिस्किदै छ कि जस्तो लाग्यो तर म चाँही एकछिन अक्कबक्क भए। के भनुम भनुम भो, र फेरी यस्तो कुरामा उस्ले जिस्किदैन जस्तो नि लाग्यो।
“कसम?” दङ्ग नहुने कुरै हुन्न तर उसले जिस्केको हो कि नाइँ पक्का गर्नु थियो।फेरी दङ्ग पनि किन नहुनु एक वर्ष पछि बोल्न पाउदै थिए। ४ क्लास देखी चिनेको उनलाई, हाम्रो नाता नै शब्दमा कोर्न सकिन्न, पहिलो माया भन्या पहिलो नै हुने। स्कुल पछि उनी हामि मन बाट नजिक भएपनि , कुराकानी चाही कहिले भएको थिएन। सधैं त भन्न नमिल्ला, तर एक्लो हुँदा जहिले उनको याद आउँछ। म शब्दमा पोख्न सक्दिन ,म उनलाई कती सम्झिन्छु भनेर।
“हो के हो, पख एउटा ग्रुप बनाउछु Migमा|” यती मेसेज पढेपछि मैले संसारको सबै खुशी पाएको अनुभव गर्दै थिए।एकछिन भनेको नि ५ मिनेट भईसक्यो त,तर गायब छ अभि |
मुलाले जिस्केको हो कि जस्तो लाग्यो फेरी पनि| अरुको भावनासंग किन यसरि खेल्छन के मान्छेहरु | आशा देखायो र अन्तिममा मन खालि र खल्लो बनाएर आफै हरायो | यस्तोलाई त अपराधिको तक्मा दिएर,अन्धकार कोठामा आजिबन कैदी बनाए नि पाप लाग्दैन | यस्ता धेरै कुरा हरु खेल्दै थिए मनमा,थप केहि समयको पर्खाई पछि नया मेसेज आयो mig मा | मरेको आशा फेरी पलायो,मनमा उठेका सबै नकारात्मक कुराहरु हरायो,झरेको पात फेरी हरियो भो,उनको लागि माया झन् गहिरो भो, black & white जिबन फेरी रंगिन भो,यो पल मेरो जिबनको सबभन्दा सुखद पल हो |बिनाकारण अभिलाई के के भनियो,पाप लाग्ने भो मलाई| जिग्री पो हो त मेरो,अरु कुरामा जिस्किए नि यस्तो कुरामा त उ कहिले जिस्किदैन भन्ने कुरा त बुझ्नु पर्ने नि मैले | अभ अहिले पश्चाताप मानेर के गर्नु,भन्ने बेलामा भन्नु भनि हाले |
“सरि है, मोबाइल अफ भएर टाइम लाग्यो” माफी मैले माग्नु पर्ने उल्टै अभी ले माग्यो|
“आज आएर सरि नि भनिस है”आफै माथि भएर बोले फेरी|
“ग्रुपमै बोलम” यति भन्दै उसले बोल्न छोड्यो र मैले अघि भर्खर उसले बनाएको ग्रुप खोले|ग्रुपमा अभि,उनी र म मात्र थिएउ,फेरी सबैजना चुप | अभ को पहिले बोल्ने भन्ने कुरामा अनविज्ञ थिए म|आफै बोल्न जाम उसले कस्तो चिप्कु भनेर सोच्छे कि भन्ने डर,नाबोलम अहिले सम्म नि लाजको पोको रैछ भनेर सोच्छे कि भन्ने डर |
