मनमा धेरै कुरा खेलाउ छु,मेरो यो नराम्रो बानि चाही बच्चै देखिको हो | बनको बाघले न खाए नि मलाई मन को बाघले काच्चै निल्छ |
“कोहि त बोल “अभिको यो कुराले बोल्ने आट आयो|फेरी कस्तो मिलेको हामि दुबैले संगै “हेल्लो” लेखेउ | उसले त केवल शब्द लेखेकी थिइन तर त्यो शब्दलाई मैले सुने| लाग्दैथियो कि उनी मेरै अगाडी थिइन् र बोल्दै थिइन्,उसले लेखेको हरेक शब्दलाई मेरो मस्तिस्कले आवाजमा परिबर्तन गर्दै थियो|अर्कै मिठास छायो एकैछिनमा|एकछिन झलास्य भए र याद आयो,जब हामि पहिलो पल्ट भेटेका थिएउ|
फेरी हाम्रो पहिलो बोलचाल नै गज्जबको थियो |४ क्लासमा थिएउ उनि र म| म nursery देखिनै त्यो स्कुलको बिधार्थी थिए र ४ क्लासमा पुग्दा उनी भर्खर अर्को स्कुलबाट हाम्रो स्कुलमा आकी थिइन् | उनी आको नि ४ ५ महिना भईसकेको थियो तर त्यो बिचमा एकपल्ट नि हाम्रो बोलचाल भएको थिएन | म बोल्न डराउथिए र सायद उनीलाई त थाहा नि थिएन होला कि “बिश्वास” नामको कोहि केटा उनकै क्लासमा छ भन्ने | नबोलेर के भो र,म उनलाई जानी नजानी मन परउन थालिसकेको थिए | के के पो गरिएन होला | क्लासमा लुकी लुकी हेरियो ,नथाहापाउने गरि पछि पछी लागेर उसको घर समेत पत्ता लगाइयो,एकपल्ट त आट गरेर झन्डै हातमा ब्लेडले उसको नाम लेखन नि पछि परिएन तर बिडम्बना के थियो भने यो बारे उसलाई केहि थाहाथिएन |
मैले उसलाई मन पाराउछु भन्ने कुरा सायद त्यो क्लासमा कसैलाई थाहाथिएन | संजोग भन्ने कि भाग्य,एकपल्ट एउटा चक्चके केटाले उनको पानिको बोतल फुटाएर क्लास भरि पानि नै पानि भाको थियो,र उनको आखाभरि भने चाही आसु नै आसु | यो घटना मैले आफैले नदेखे पनि साथिको मुखबाट सुने | रुदै त उनी थिन,तर पिडा मलाई हुदै थियो,आसु उनको आखामा थियो,तर त्यो आसुले मेरो मनमा बिज्दै थियो,अनुहार उसको अध्यारो थियो,तर चिन्ताको बादलले मेरो संसारमा अन्धकार छाएको थियो,फरक यति थियो कि उनले यो सबै ब्यक्त गर्दै थिन भने यो सबै कुराहरु मेरो मनमा पिल्सिएर ज्वालामुखीको स्वरूप लिदै थियो |मैले उनलाई त्यसरी हेर्नै सकिन र साथिको मुखबाट सुनेकै भरमा सरलाई पोल लाईदिए |
दोषीले सजाय पायो र उनको मुहारमा पहिलेझैँ चमक छायो | एकछिन त आफुलाई सारै खुसि लाग्यो,उसको मुहारमा हासो फर्काउन सफल भए सोचेर रमाए पनि,गर्ब र हर्षित दुवै एकैपल्ट महसुस गर्दै थिए | तर यो सबै एकछिनको लागि मात्र थियो | साथीहरुले मनमा एउटा अनौठो डरको सृजना गरिदिए | मेरो त्यो खुसि पनि साथि अगाडी राखिएको Mo:Mo: जस्तै भयो, पलभरमै कहाँ हरायो | मैले डर मान्नु पनि स्वाभाविक नै थियो किन कि एउटा साथीले मुख खोल्यो “ अभ ………..”
