“म एक घन्टामा पुग्छु|” उसलाई त्यस्तो के आपत पर्यो, एक घन्टामा नै पुग्ने| फेरी मलाई किन भर्ना गरेको भनेर पनि सोधिन उसले,सायद भेटेर नै सोध्ने बिचारमा होलि कि उसलाई मलाई के भएको भन्ने कुरामा केहि चासो नहुन पनि सक्छ| उ संग नभेटे सम्म मैले गर्न सक्ने भनेको अड्कल मात्र हो, र त्यहि गरेर बस्न लागे| उसले एक घण्टामा पुग्छु भनेपनि उसको त्यो एक घन्टामा २८ मिनेट मात्र थियो|
“म पुगे ,कोठा न. कति हो?”
“२०३, बाहिर अभि बसेको हुन्छ है|”
यो गएको २८ मिनेट भने म र अभि निष्ठा आउने कुरामा भिन्न मत राख्दै थियौ| अभिलाई निष्ठा भन्ने बित्तिकै रिस उठ्छ,आखिर साथि हो मेरो,सोच्छ मलाइ यो हालतमा पुर्याउन निष्ठाको भूमिका निकै ठुलो छ| म उसको कुरा काट्न सक्दिन र उसले पनि मेरो कुरा, मैले बुझ्दिन थाहा हुदा हुदै पनि उसले मलाई सम्झाउन खोज्यो,र उसले सोचे जस्तै मैले उसको कुरा बुझिन र बुझ्न मानिन| तर निष्ठा आउने भनेपछि मेरो अनुहारमा चमक नै बेग्लै थियो, केहि उज्यालो भएको हुनु पर्छ ,केहि हर्षित पनि,त्यसैले उसले पनि धेरै कर गरेन र लिन गयो निष्ठालाई|
एकछिन पछी निष्ठाको मात्र आगमन हैन, उससंग म जिउदो लासको प्राणको आगमन भयो, मेरो यो अन्धकार अतितमा आशाको किरणको आगमन भयो,मेरो बन्जर मुटुमा मायाको बालीको आगमन भयो, मनमा हर्षको आगमन भयो,त्यहि हर्षले गर्दा हर्षको आशुको आगमन भयो, धेरै पछी भेटेकोले जिउ नै सिरिंग भएर हातमा काडाको आगमन भयो,उनको हासो संगै बाच्ने इच्छाको आगमन भयो, अनि अन्त्यमा उसलाई देखेपछी उसले दिएको चोट जुन निको हुने तरखरमा थियो त्यसमा फेरी पिडाको आगमन भयो|
“के भएको हजुरलाई?” उसको पहिलो वाक्य,त्यो पनि मेरो चिन्ता गरेर, एक त उसको स्वर मिठो, अनि त्यसमाथि मेरो खयाल गर्दै थि, कसैले सहि भनेको रैछ,प्राण लिन कसैको मिठो बोलि काफी छ| धेरै पछी सुनेको हो उसको आवाज, एकछिन उसको स्वरको मायाजालमा मंत्रमुक्था भए भन्दा केहि गलत नहोला|
“खै मलाई आफै थाहाछैन, डाक्टरले पनि पत्ता लगाउन सकेको छैन” कुनै बेला उसलाई आफ्नु जीवन मान्थिए मैले, अहिले उसलाई नै मेरो मृत्युको दोष लगाउन खोजेन यो मनले|
“केहि भएको छैन यसलाई, डाक्टरले भनेको यसको रोग भनेकै यसको सोच हो| यसले न खाना खान्छ न केहि,जसले गर्दा कमजोरी भएको छ अनि शरीरमा रगतको मात्र कम पनि| अनि त्यसमाथि धेरै सोचेर अनि टोलाएर बस्छ,त्यसैले यस्तो भएको| यसले मन बलियो बनाएर डाक्टरले भनेको सबै माने भने भोलि बाट हिड्न सक्छ रे|” अभि कस्तो जान्ने भएको, किन सबै कुरा भन्नु परेको निष्ठालाई| अब निष्ठाले के सोच्ने होला,उसले के भन्छे होलि अब,केहि त सोच्नु पर्थियो नि अभिले|
“कहिले डिस्चार्ज गर्ने रे?” निष्ठाको यो प्रश्न मेरो लागि हैन, अभिको लागि थियो| सायद उसले बुझी,म बाट सत्य जवाफ आउन्न,उसले चाहेको जवाफ अभिले आत्र दिन सक्छ|
“हस्पिटलमा भर्ना भएको एक महिना भइसक्यो| तर पनि रगतको मात्रामा केहि सुधार छैन| हेमोग्लोबिन पनि घटेर के भन्नु| यस्तै रहयो भने हस्पिटलमा अझै 3 महिना हो,अनि त्यसपछी सिधै पशुपति| फेरी यसले चाहेर डाक्टरले भनेको सबै मान्यो भने,3 4 दिन लाग्दैन डिस्चार्ज हुन|” अभिले जे भन्यो सबै सत्य भन्यो तर खरो पारामा भन्यो,उसको मनमा रिस थियो, मेरो अनि निष्ठा दुबैको लागि| त्यसैले उसले भएको सबै कुरा केहि नराखी निष्ठा सामु पस्कियो| यति भनेर अभि कोठाबाट निक्लियो,उसले समयको नाजाकत बुझ्यो,उसले मनमा रहेको कुरा भन्यो र निष्ठालाई र मलाई केहि समय एकान्तमा दिन खोज्यो|
“सबै मैले गरेर हो है, म जस्तो नराम्रो मान्छे कोहि छैन|” निष्ठा यति भनेर रुना लागे पछी न मैले केहि बोल्न सके न केहि सोच्न| एकछिन सम्म उसलाई नरुन आग्रह गरि रहे तर उसले मानिन|
“तैले केहि गरिस् भनेर कसले भन्यो, यो न तैले गरेर हो न मैले,समय र भावीको खेल हो सबै|”के बोल्ने केहि थाहा भएन, त्यो बेला यति मात्र आयो दिमागमा,एकपल पनि ढिलो नगरेर निष्ठालाई यति भने|
“मैले हजुरको जिन्दगि पनि बिगारे र आफ्नु पनि,म साच्चिकै घिन्लागो मान्छे हुनुपर्छ|” निष्ठा चुप भएर यति भनि र फेरी सुक्सुकाउन लागि| उसलाई पनि आत्मग्लानी महसुस भएछ मलाई यो हालतमा देखेर|
“अनि यस्तो भएपछी खबर गर्नु पर्दैन हजुरले?” जवाफ दिने पालो मेरो थियो,मैले जवाफ दिन पाइन,उसले आफै अर्को प्रश्न गरि मलाइ, यो प्रश्नको उत्तर छ मसंग पहिले देखि|
“तैले सिम चेन्ज गरेको हैन?अनि कसरि खबर गर्नु?” कारण यो मात्र हैन, अर्को पनि छ तर उसलाई यति मात्र भन्नु उपयुक्त लाग्यो|
“हजुरले अहिले सम्म राम्रै झुठो बोल्न सिक्नु भएको छैन है| हजुरलाई मेरो मामु साथीको सबैको नम्बर थाहा थियो त|” मैले कारण पूर्ण रुपमा भनेको थिइन,उसले बुझी,अब थप उपाए छैन मसंग,उसलाई सत्य कुरा भन्न बाहेक|
“बाच्न त भुली सके,झुठो बोल्न कसरि सिक्नु| तैले आफै फोन गरेर भनेको थिस,अन्तीम पल्ट बोल्ने भनेर,तैले भनेको नमान्न सक्छु होला मैले? मैले तेरो नम्बर बाहेक तेरो मामु अनि साथि सबैको नम्बर हटाइदिए मोबाइलबाट|मलाई थाहा थियो,मेरो मोबाइलमा त्यो नम्बर रहयो भने म आफुलाई रोक्न सक्दिन त्यो नम्बरमा फोन गर्नु बाट| अनि मान मैले फोन पनि गरे रे,अनि तेरो मामुलाई के भन्नु,तेरो साथीलाई के भन्नु?म म मर्दै छु भन्नु?निष्ठा हो कारण भन्नु? अनि तैले थाहापाएर पनि के गर्थिस र, तलाई किन नराम्रो बनाउनु अनि तलाई किन नराम्रो महसुस गराउनु?त्यसैले मैले कसैलाई केहि भनिन|” मनमा कुराहरु त थिए तर एकैपल्ट ज्वालामुखी जसरि बिस्फोट हुन्छ भनेर सोचेको थिन मैले| सायद गुम्सिएर होला, एकैपल्ट बिस्फोट भएको|
सम्हाल्न सकिन आफ्नु मनमा रहेको भावना र आक्रोशलाई, एक सास मै निक्लियो सबै मिश्रीत भावनाहरु| निष्ठा मेरो ज्वालामुखीको लाभाको चपेटामा यसरि परि,उसले केहि बोल्न नै सकिन,मेरो कुराको न प्रतिबाद गर्न सकी न समर्थन| उसको जवाफ खोज्दै थियो यो मनले तर उ चुप, उसको जवाफ बिना म पनि चुप नै थिए| दुवै चुप भएपछी, त्यहाको बातावरणमा केहि अप्ठ्यारोपन मिस्रित भयो|
“तैले जरुरि कुरा गर्नु छ भन्थिस,के हो भन|” अप्ठ्यारोपनलाइ चिर्दै मेरो यो वाक्य आयो,मानौ घर्तीलाई चिर्दै कुनै फुल फुल्छ|
