प्रेम जिकिर गर्न नसकेको पंकजको ध्यान फेरि पनि पढाइ तिर नै केन्द्रित भयो र उच्च शिक्षाको तैयारीको निम्ति उ काठमाण्डौ गयो। एस एल सिको नतिजा आयो तर सनिरा भने नेपाल आइन। सनिरालाइ भेटिन्छ भनेर झिनो आशा थियो पंकजको मनमा तर त्यो पनि पूरा भएन। पंकज…
***
पंकजले उच्च शिक्षाको लागि काठमान्डू बस्न रुचाएन| एस.एल.सी. पछी तिन महिना काठमाण्डौ बसे पनि एस.एल.सी पछी बुटवल फर्केको पंकज, फेरी काठमाण्डौ फर्किएन| बिधालय बुटवलमा नै पढेको, जीवनको पहिलो १६ बर्ष बुटवलमा नै बिताएको पंकजले काठमाण्डौमा केहि रोचक भेटें|
बुटवलको अन्नपूर्ण मोडेल कलेज पर्यो उसको रोजाइमा| बुटवल नै रोज्नुको कारण पन्कजलाइ मात्र थाहाछ| सनिरासंग नभेटे पनि सनिराको याद जहिले पन्कजको वरिपरी नै छ| कलेजबाट घर फर्किएपछी पन्कजको समय नोट बनाउन र उपन्यास पढ्नमा नै बित्ने| हरेक उपन्यासमा उसले आफुलाई भेट्छ र आफुसंग सनिरालाइ| उसले पढ्ने हरेक उपन्यासमा माया भरिएको हुन्छ र त्यहि माया पंकजले आफ्नो जीवनमा खोज्छ|
आफ्नै काल्पनिक संसारमा रमाउने भएर कलेजमा पन्कज्को साथि केहि मात्र छन्| त्यो पनि उसले बनाएको हैन, समयले बनाएको| साथि थोरै छन् तर मिल्ने छन्| पन्कज गफ कम गर्छ तर पन्कज्को बारे गफ भने निकै नै हुन्छ|
त्यहि कलेजमा प्रियंका नाम गरेकी केटि पनि छिन, उनलाई पंकज मनपर्ने| उनलाइ पंकज मनपर्नुको कारण उनको पंकज प्रतिको भावना हो कि किशोर अवस्था, समयले नै बताउछ यो|पंकज आफै प्रियंकासंग बोल्न जान्छ भन्ने कुनै सम्भावना नै छैन र यो प्रियंकालाइ पनि राम्ररि नै थाहाछ|
प्रियंकाले पनि कलेजमा सबैको सामु पन्कज्संग बोल्ने आट जुटाउन सकिन| फेस्बुक्ले धेरैलाई मदत गरेको छ र प्रियंकालाइ पनि मदत पुर्यायो फेस्बुकले| प्रियान्काले पन्कज्को प्रोफाइल सजिलै भेटिन् फेसबुकमा| फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन अलिकति पनि हिच्किचाइनन् प्रियंका| उनको फ्रेन्ड रिक्वेस्ट पनि एसेप्त भयो| तर प्रियंकाको समस्या यतिमै भने सकिएको छैन|
फेसबुकमा साथि भएको ४ दिन भइसक्दा पनि मेसेज भने आदान प्रदान भएको छैन दुवै बीच| पंकजले मेसेज पठाउछ भन्नु मुर्खता नै हो र उनले आफै मेसेज पठाउन सकेकी छैनन्| प्रियंकाले चाहेको प्रेम कथा अघि बढाउँनको निम्ति उनले नै पहिलो मेसेज गर्नुपर्ने हुन्छ नत्र उनको कहानी र यो कहानी दुवै रोकिन सक्छ|
“हेल्लो, नोट मात्र हैन मेसेज पनि लेखे हुन्छ कहिले काही| कि बोल्ने चलन नै छैन?” प्रियंकाले खुलेर नै मेसेज गरि पन्कज्लाई| मेसेज गरिन् र पन्कज्को जवाफ के आउछ भनि सोच्न लागिन्|
“ जसलाई जे काम आउछ त्यहि गर्नु पर्छ सुनेको छु| नोट लेख्न जानेको छु, मेसेज लेख्न आउन्न, त्यसैले हो|” पंकजले थोरै बोल्छ र सटिक बोल्छ, अहिले पनि त्यहि नै गर्यो पंकजले|
“ आउदै आउदैन भन्दैमा नगर्ने गर्नु पनि हुदैन नि| बिस्तारै सिकिन्छ नि यस्तो कुरा|” प्रियंकाले पनि पन्कज्को जवाफ जस्तै सटिक जवाफ फर्काइन्|
“ सिकाउने मान्छे भए जागर चल्थियो होला|” प्रियंकाको हरेक वाक्यको जवाफ छ पंकजसंग, पंकज पनि खुलेर बोल्न लाग्यो र यसरि नै गफ गाफ सुरु भयो दुबैको|पंकजसंग बोल्ने पाउदा प्रियंका खुसि छिन् तर पन्कज्लाई केहि असर परेको छैन यसले| पंकज अहिले पनि आफ्नै दुनियामा मस्त छ|
प्रियंका पन्कज्को बारे सोचेर बस्छे र पंकज भने आफ्नै दुनियामा हराएको हुन्छ हरेक पल| प्रियंका आफै बोल्न आए बोल्छ पंकज नत्र उसले प्रियंकाको मतलब नै गर्दैन| प्रियंकाको मनमा पंकज भएपनि पन्कज्को मनमा कोहि अरु छ र यो कुरा प्रियंकालाइ थाहाछैन|
अचम्म के छ भने, सनिरासंग न गफ हुन्छ र न पंकजले कुनै कोशिश नै गर्यो सनिरासंग गफ गर्ने| प्रियंकाले पन्कज्लाई फेसबुकमा खोजे जसरि नै पंकजले पनि सनिरालाइ फेसबुक खोज्न सक्थियो तर उसले त्यो पनि गरेन| जब चाहना छ भने, त्यसलाई हासिल गर्ने हिम्मत र जागर पनि हुनुपर्छ तर पंकज केहि भिन्न छ| उसको समय नमिलेको पनि भन्न मिल्दैन, उपन्यासमा दिने समय मध्य उसले केहि समय मात्र पनि सनिरालाइ फेसबुकमा दिने हो भने उसले सनिरलाई फेसबुकमा अबस्य नै भेटथियो तर उसको मनको कुरा उसले नै जान्दछ|
यता प्रियंका फेरी पंकज भने पछी हुरुक्क हुने, खालि समय मिल्ने बित्तिकै पन्कज्लाई मेसेज गर्छिन बोल्नको खातिर| दुवै फेसबुकमा बोल्न लागेको पनि एक महिना हुन लाग्यो तर कुनै यस्तो दिन छैन जहाँ पहिलो मेसेज पंकजले पहिलो मेसेज गरेको छ|
एकदिनको कुरा हो, प्रियंकाले दिनभरमा एकपल्ट पनि मेसेज गरिन पंकजलाइ| बोलेको यति दिन भयो, सम्झेर पंकजले आफै मेसेज गर्छ भन्ने आश लिएर बसेकि छे उनि तर पनि पन्कज्को मेसेज आएन र अन्त्यमा उनले आफै मेसेज गरिन् पन्कज्लाई|
“तिमि मान्छे हौ जस्तो लागेन मलाई|” प्रियंकाले लेखेको यो मेसेजको तात्पर्य केहि अरु छ तर उसले सिधै भन्न चाहिन| उनको मनमा रिस पनि छ र गुनासो पनि| गुनासो पंकज प्रति र रिस दुवै प्रति| पंकजले मेसेज गरेन भनेर गुनासो र रिस दुवै छ र पन्कज्को मेसेज पर्खेर बसेकोमा उनलाई आफै संग पनि रिस उठेको छ|
“किन र? मैले त्यस्तो के गरे जसले म मान्छे नै हैन भन्छौ तिमि? म मान्छे नभए के हु त?” पन्कज्लाई थाहा छैन अहिले प्रियंकाको दिमागमा के चल्दैछ, उसले सामान्य मेसेज लेखेर पठायो|
“तिमि मान्छे नभएर tom cat हौ|” प्रियंकाले यति मेसेज लेखेर पठाएपछी, जिब्रो निकालेर जिस्काएको देखिने एमोजी पनि पठाईन्|
“किन नि त्यो चाही?” प्रियाँकसंग बोल्दा पंकज पहीलो पटक यति उत्सुक भएको छ, प्रियंकाको बोल्ने शैली नै त्यस्तो छ अहिले को यो पलमा|
“अनि मैले बोलाउदा मात्र बोल्छौ, आफै कहिले बोल्दैनौ|” प्रियंकाले आफ्नो रिस र गुनासो दुबैलाई निकै मज्जाले राखीन् पन्कज्को सामु| प्रियंकालाइ थाहाछ, रिसाएर पनि हुने केहि हैन| बडो मज्जाको जुक्ति लगाइन् उनले| यसरि नै गफ गाफ फेरी अघि बढ्यो दुवैको|
“ तिमि संग केहि माग्न मन छ तर मेसेजको रिप्लाई दिन लोभी गर्छौ, माग्न पनि दोमन हुने|” धेरै मेसेज बीच प्रियंकाले यस्तो मेसेज लेखेर पठाइन्|
“ के थाहा मेसेजको रिप्लाई दिन मात्र ढिलो गर्ने हो कि मैले?” पंकज पनि पछी हटेन प्रियंकाको मेसेज पढीसकेपछी|
“ साच्चै दिन्छौ नि? कस्सम?” प्रियंका एक अन्तिम पल्ट निर्धक्क हुन खोज्दै छिन्|
“ दिन सक्ने भए दिन्छु| फेरी बाचा कस्सम गरेर माग्छौ भने त त्यो अनुरोध नभई जबर्जस्ति पो हुन्छ| के हो भन|” पन्कज पनि चलाक छ, त्यसै हुन्छ भनि हालेन|“ है छ नि…….”
