Part 3

“ दिन सक्ने भए दिन्छु| फेरी बाचा कस्सम गरेर माग्छौ भने त त्यो अनुरोध नभई जबर्जस्ति पो हुन्छ| के हो भन|” पन्कज पनि चलाक छ, त्यसै हुन्छ भनि हालेन|
“ है छ नि…….”
****
“है छ नि, तिमो नम्बर देउन|” फेसबुकमा मात्र बोल्दै थिए दुबै, प्रियंकाले सम्बन्ध अघि बढाउन खोज्दै पंकजसंग नम्बर मागिन्| पंकज हर बखत फेसबुकमा अनलाइन हुदैन, नम्बर भयो भने चाहेको बेला बोल्न पाइन्छ सोचेर नम्बर मागेकी हो प्रियंकाले|
प्रियंका सम्बन्धको गहिराइमा डुबुल्की लगाउन खोज्दै छिन् र पंकज भने अहिले सम्म सतहमा नै छ| यो सम्बन्धको गहिराइ प्रियंकाको लागि निकै छ भने पंकज अन्जान छ प्रियंकाको भावानाबाट| पंकज साच्चिकै अन्जान हो कि उसले अन्जान भएको नाटक गरेको, यो उसलाई नै थाहाछ| पंकजले सजिलै प्रियंकाको आग्रह स्वीकार्यो र आफ्नो नम्बर दियो प्रियंकालाइ| प्रियंकाको खुसि र उनको आशा अझै बढ्यो| उनको लागि सम्बन्धमा यो अर्को पाइला हो| मेसेजमा केहि बेरको थप गफ पछी प्रियंकाले पंकजलाइ फोन गरिन् र गुड नाइट भनेर सुत्न गइन्|
प्रियंका मात्र त्यस्तो व्यक्ति हो, जो संग पंकज यति निकै बेर सम्म गफ गर्छ| तर अहिले सम्म जति गफ भए सबै फेसबुकमा मात्र| फोनमा पनि आज पहिलो पल्ट बोलेका हुन् दुवै| प्रियंकाले आफै नम्बर मागेर फोन नगरेकी भए, उनीहरु दुबैको बोलचाल फेसबुकमा मात्र नै सिमित हुन्थियो| दुवै एकै कलेजमा पढ्छन अनि उनीहरुको कक्षा कोठा पनि एकै हो तर अहिले सम्म पनि एक पल्ट बोलचाल भएको छैन दुबैको| पंकज आफ्नै साथिसंग ब्यस्त हुनेगर्छ| बास्केटबल भनेपछी पंकज हुरुक्कै हुने, कलेजको थोरै खालि समयमा बास्केटबल खेल्न ब्यस्त हुन्छ| एक अर्काको आमुने सामुने पनि परेका छन् दुवै तर बोलचाल अहिले सम्म भएको छैन|
फेसबुक र फोन दुबै माध्यममा दुबैको बोलचाल बढ्दै गयो| पन्कज्को बारे निकै कम थाहाछ प्रियंकालाइ, आफ्नो बारे सबै भनि सकेकी छिन प्रियंकाले पन्कज्लाई| प्रियंकालाइ अब पंकजसंग कलेजमा पनि नजिक हुन मन छ| पन्कज्को नाम धेरै सुनिने गर्छ प्रियंकाको साथि बीच| पंकजलाइ चाहने भनौ कि मन पराउने यहाँ पन्कज्को बारे जान्न चाहना राख्ने प्रियंका मात्र एक हैनन्| आफ्नै साथीको मुखबाट पन्कज्को नाम सुन्दा केहि जलन महसुस हुन्छ प्रियंकालाइ| त्यो जलनको मलम पनि छ प्रियंका संग| उनका संगिनीहरु पंकजको कुरा गर्छन् र उनि पंकजसंग कुरा गर्छिन्| यहि सम्झिदै उनको मुहारमा मुस्कान आउछ र उनि आनन्द मानेर आफ्नो जलन माथि त्यो मुस्कानको मलम लगाउछिन्|
साथीले पन्कज्को गफ गर्दा उनि जसरि जल्छिन्, कलेजमा पंकजसंग बोलेर उनलाई पनि आफ्नो साथिहरुलाइ जलाउन मन छ तर हिम्मत जुटाउन सकेकी छैनन् उनले| सधै फेसबुकमा बोलि रहने मान्छेसंग आमुने सामुने परेर बोल्नलाइ हिम्मत जुटाई रहनु पनि पर्दैन तर पंकजले नै सुरुमा बोलिदिए हुने चाहना पनि छ उनलाई| चाहना राख्नु केहि गलत हैन तर सबै चाहना पुरा पनि कहाँ हुन्छ र अनि त्यो चाहना पुरा भएन भनेर मन दुखाउन पनि त भएन| सधै जस्तो फेसबुकमा बोल्दै गर्दा, प्रियंकाले फोन गर्छिन् पंकजलाइ| उनिहरु बीच बोलिने हरेक सम्बाद सधै जस्तो सतहमा मात्र छ|
“तिमीलाई थाहाछ, मान्छेहरुले तिमीमा सबैभन्दा पहिले के बिचार गर्छन्?” बोलचाल सतहमा मात्रै हुदैगर्दा प्रियंकाले नै पाइला अघि चाल्छिन बार्तालाप केहि रोमान्चक बनाउन| प्रियंकाको यो प्रश्नमा पंकजले थाहाछैन भनि जवाफ फर्काउछ र प्रियंकाले पन्कज्को हासो निकै मोहक भएको बताउछिन्| पंकज हास्छ र पंकजसंगै प्रियंका पनि|
“मैले यति भने, उसको हासो राम्रो छ भनि| तिमीले केहि त भन्नु पर्छ नि| हासेर पन्छिन मिल्छ?” प्रियंकाले फेरी पनि बार्तालापलाइ रोमान्चक बनाउन खोज्दै छिन्| जसरि होस् उनलाई पंकज पनि खुलेर बोलोस् भन्ने चाहना छ|
“ अनि मैले के भन्नु त? अहिले सम्म कसैले मलाई यस्तो भनेको छैन|” पंकजले पनि आफ्नो सफाइमा केहि शब्दहरु राख्छ, तर पन्कज्को जवाफ प्रियंकाले सोचे जति चित्तबुझ्दो छैन|
“ हैन केहि त हुन्छ नि| किन राम्रो सोध्नु या अरु केहि भन्नु|हासेर पुग्छ त?” प्रियंका अझै जोड दिदि जान्छिन, कहिँ पंकजले पनि केहि फरक र रोमान्चक गफ गर्छ कि भनि|
“ मेरो हासो राम्रो छ भनेको हैन? त्यसैले हासेको, तिमीलाई मनपर्छ भनि|” बल्ल पंकजबाट प्रियंकाले सोचे जस्तो जवाफ आउन लाग्यो| प्रियंकालाइ खुसि हुन खासै ठुलो कारण चाहिन्न| पंकजले यति भनिदिदा पनि उनि निकै हर्षित भइन्|
“तिमीलाई किन यसरि खुल्ला छोडेको हो के| कारागारमा थुन्नु पर्ने मान्छे हौ तिमि|” प्रियंकाको मन प्रफुल्लित भएको उनको अवाजबाट थाहापाउन सकिन्छ| प्रफुल्लित हुदै उनले पंकज थुनामा हुनुपर्ने भन्दै गफ अघि लागिन् तर थुनामा किन? पन्कज्को मनमा पनि यहि प्रश्न छ र पंकजले प्रियंकालाइ “किन” भनि प्रश्न गर्यो|
“अनि यस्तो राम्रो हासो छ तिम्रो, कत्तिको ज्यान लिईसक्यो होला| ज्यानमारालाइ यसै खुल्ला छाड्न मिल्छ त?” प्रियंकाले हास्दै पंकजको प्रश्नको जवाफ फर्काइन् | प्रियंकाले यति भनिसक्दा दुवै हास्न लागे र गफ अघि बढ्न लाग्यो| हरेक सम्बन्ध भन्यो भने न्याय हुन्न तर धेरै सम्बन्धमा केटाले केटीको तारिक गरेको देखिन्छ र पहिलो बोलचाल पनि केटाले नै प्रारम्भ गर्छ| यो सम्बन्ध केहि भिन्न छ, यहा प्रियंकाले पन्कज्को तारिफ गरिरहेकी हुन्छिन् र अहिले उनिहरु बीच बोलचाल हुनुमा मुख्य योगदान प्रियंकाको मात्र छ| सम्बन्ध भन्दैमा प्रेम नै हो भने हुन्न, उनीहरु दुवै साथि हुन्, सायद साथि मात्र, अहिलेको लागि मात्र भएपनि|
“तिमि कलेज चाही किन कहिले आउदैनौ?” सधै कलेज जाने मान्छेलाइ प्रियंका यो कस्तो प्रश्न गरेकी हुन्? पंकज अनि कलेज नजाने भन्ने त हुने सक्दैन| यो प्रश्न सोध्नु पछिको प्रियंकाको तात्पर्य के हो? पंकज केहि बेर अक्बकियो र ……

Previous article
Next article

Latest Posts