Part 2

एकछिनमा ढोका खुल्छ र मेरो अगाडी क्षितिज छ| उसले नै मलाई यहाँ ल्याएर भर्ना गरेको रैछ| उसको एउटा हातमा चियाको कप र अर्को हातमा केहि कागज छ| मलाई देखेर क्षितिज निकै नै खुसि छ| मलाई देखेर हैन, मलाई होशमा देखेर हो क्षितिज खुसि भएको| उसलाई देख्ने बित्तिकै म उठेर बस्न खोजे तर ज्यान त्यति बलियो भएको रैनछ मेरो|

“कहाँ उठ्न खोजेको तिमीले? जहाँ छौ त्यहि नै पल्टी राख|”
“ अब पल्टिनै पर्यो नि| उठ्न खोजेर पनि सकिन|”
“यति छिटै कहाँ सक्छौ त| १ हफ्ता भयो, अझै कम्सेकम २ हफ्ता यहि हुन्छौ तिम”
“म एक हफ्ता देखि यहाँ छु? त्यसो भए मलाई किन केहि याद छैन|”
“आज भर्खर होश आएको हो तिमीलाई| अनि कसरि याद हुन्छ?”
“मतलब म ७ दिन देखि बेहोस थिए?”
“बेहोस नै हो तर बेहोस बनाएको हो तिमीलाई|”
“किन नि?”
“ अनि तिमिलाइ होश आउने बित्तिकै तिमि चल्न लागेउ| हात खुट्टा फ्याल्ने, ओछ्यानबाट उठ्न खोज्ने, अरुलाई झम्टिन खोज्ने, तिमि यस्तै गर्दै थियौ? यसले गर्दा तिम्रो टाका चुडिने डर भयो अनि भाचिएको हाडमा पनि असर पर्ने देखियो| त्यसैले तिमीलाई बेहोस बनाएको हो| हिजो बाट औषधिको डोज घटाएको|”
“मेरो हाड भाचिएको छ? मलाई टाका पनि लगाएको छ?  मलाई के के भएको छ सबै भन त|”
“ तिम्रो टाउकोमा ८ टाका लगाएको छ| टाउको फुट्यो र रगत बगेछ, त्यसैले अपेरेसन गर्नु परेन| हातमा 3 ठाउमा भाचिएको छ, छातीमा 4 हड्डी भाचिएको छ र खुट्टामा पनि 3 ठाउमा हाड भाचिएको छ| कति ठाउमा सानो चोट लागेको छ| यति मात्र हो|”
“ धेरै त केहि भएको रैनछ है मलाई|”
“ पागल| अहिले सोध्न त नहुने हो तर पनि नसोधी बस्न सकिन? किन तिमीले यस्तो गरेको?”
“पापको पश्च्याताप| अब के किन केहि नसोध| सोधेउ पनि भन्दिन म|”

३५ दिन लाग्यो हस्पिटलबाट डिस्चार्ज हुन| यो ३५ दिनमा धेरै, धेरै नै कुरा सिके मैले र महसुस पनि गरे| क्षितिजसंग शरीर सौदा गरेको हु सोच्नु गलत रैछ| क्षितिजलाइ शरीर चाहिएको हो अनि मलाई बदला, यहि सोचेर क्षितिजलाइ अपनाएको थिए मैले| तर क्षितिज मेरो शरीरको लागि हैन, मेरो लागि सम्बन्धमा आएको रैछ| नत्र यति दिन देखि हस्पिटलमा मसंग मेरै हेरचाह गरेर किन बस्थियो| म एकछिन शान्त हुदा मलाई बोल्न लगाउछ, म झोक्राए भने हसाउन खोज्छ, म खिन्न भए भने मेरो मन बहलाउन खोज्छ र सबै भन्दा मुख्य मलाई अझै बुझ्न खोज्दै छ उसले|  क्षितिजले मलाई माया गर्छ भन्ने मेरो अनुमान मात्र हो तर म भित्र उसको लागि भावना उत्पन्न हुन थालिसक्यो| म उसलाई मन पराउछु र माया पनि गर्छु| एकतर्फी मायाले गर्दा नै आज म हस्पिटलको सैयामा छु| अब एकतर्फी मायाबाट टाढा नै बस्नुछ मलाई|

जीवनमा माया चाहिएको छ मलाई अनि मान्छेलाइ पनि नजिक बनाउनुछ| बा-आमा बितेपछी म झनै एक्लै भएको हो| एक्लो भएको हु कि एक्लो महसुस गर्दैछु, अनबिज्ञ छु| साथि नभएको हैनन् तर कोहि पनि खास लागेनन्| एक्ली छोरी र अथाहा सम्पति छाडेर जानु भएको छ बा-आमाले तर पनि म खुसि छैन| न केहिमा अखुसी भेट्छु र न कसैमा खुसि भेट्छु| खास लागेको रबि थियो तर एउटा मुर्ति अघि चढेको फुल अर्को मुर्तिमा चढाउन नमिल्ने| अब रबि जस्तै क्षितिज खास लाग्न थालेको छ तर रबिसंगको जस्तै निराश्ता भोग्नु छैन मलाई| क्षितिजले मलाई माया गर्छ कि गर्दैन अहिले थाहापाउनु छ मलाई| क्षितिजले मलाई माया गर्छ कि गर्दैन थाहापाउने चाही कसरि? कागको फुल चोर्नु जस्तै गाह्रो हुनेछ यो थाहापाउन|

“तिमि यति दिन मसंग नै बसेको छौ? तिम्रो घरमा केहि भन्नु हुन्न क्षितिज?”
“ किन केहि भन्नु? म पोखरामा छु त भनेको छैन मैले|”
“अनि के भनेको छौ घरमा?”
“ Goa मा छु भनेको छु|”
“ अनि यति दिन goa मा?”
“बुवाले जहिले केहि गर भन्नु हुन्थियो| Business गर्न आएको भनेको छु|”
“ अनि business गर्न पैसा कहाँबाट आयो सोध्नु भएन?”
“ त्यो पैसा त मैले बुवासंगै लिए नि|”
“के गरेउ त्यो पैसा अनि?”
“आफ्नो प्राण बचाउदै छु त्यो पैसाले|”
“मतलब?”
“ हस्पिटलमा पैसा कसरि तिरे होला? के लाग्छ तिमीलाई?” क्षितिजले यति भन्ने बित्तिकै मैले उसलाई अंगाले| उसले मेरो लागि यति गर्यो, धेरै नै गर्यो| म अहिले क्षितिजमा आफुलाई भेट्दै छु| उसले मलाई पाउन संसारको हरेक नियम लत्याउन सक्छ र सबै सिमा पार गर्न सक्छ| यदि आफ्नो प्रतिबिम्ब कसैमा भेटिन्छ भने, त्यो मान्छे जीवनको सबैभन्दा बहुमुल्य खजाना हो| त्यो व्यक्तिलाई आफु भन्दा पर जान नदिएर सिधै अपनाउनु पर्छ या जित्नु पर्छ| क्षितिज मेरो त्यहि खजाना हो र उसले आफ्नो माया जिकिर गर्दा मैले पनि आफ्नो माया जिकिर गरे| सम्बन्धमा पहिले देखि नै थियौ हामि तर अहिले मायामा छौ हामि| सम्बन्ध नै माया हैन तर मायाको सम्बन्ध अजम्बरी हुन्छ|

“तिमि कहिले सम्म goa मा हुन्छु भनेको छौ?”
“business हो, जे नि हुनसक्छ भनेको छु|”
“केहि भन्छु| यदि तिम्रो मनले मान्छ भने मात्र हुन्छ भन है|”
“ अनि मेरो मनले मानेन तर पनि मैले सहमति जनायो भने नि?”
“ तिमीले मलाई माया गर्छौ हैन? यदि सच्चा प्रेम गरेको छौ भने तिमीले त्यस्तो गर्नेछैनौ|”
“ तिम्रो हड्डी संगै हाम्रो सम्बन्ध पनि जोडियो र बलियो हुदैछ| ल भन के भन्न लागेकी,तिमीले चाहे जसरि नै, म जवाफ दिन्न मेरो मनले दिन्छ जवाफ|”
“हामी काठमाण्डौ न फर्केर पोखरा नै बसौ न?”
“त्यति सजिलो छ जस्तो लाग्छ? म संग अब धेरै पैसा छैन| कहाँ बस्ने? कसरि बाच्ने?”
“ एउटा घर किन्ने| त्यहि बस्ने|”
“सपना देख्न नराम्रो हैन तर सपना पुरा भएन भने चित्त दुख्छ| घर कसरि किन्छौ? मसंग जम्मा ७ लाख होला, त्यसले घर त के घर बनाउने इँटा पनि आउदैन|”
“ क्षितिज, पहिले सबै कुरा सुन| मेरो भक्तपुरको घर अनि गाउको घर, घडेर र जग्गा सबै बेच्ने| यति भएपछी पोखरामा घर मात्र हैन, ५० बर्ष सम्म बसेर खान पुग्छ|”

क्षितिजलाइ पनि संगै बस्न मन छ तर यसरि हैन| मेरो पुर्खौली सम्पतिमा रजाइ गर्न मन छैन उसलाई| उसको स्थानमा आफुलाई राखेर हेरे, र क्षितिजलाइ सहि पाए| मेरो ढिप्पी अगाडी क्षितिजको केहि लागेन| “क्षितिज बाहेक मेरो जीवनमा कोहि नभएको| क्षितिज नै मेरो सबै हो…..” यसरि नै फकाए क्षितिजलाइ| पोखराबाट हामि भक्तपुरको सुर्यविनायक पुगेउ| त्यहाँको घर बेचेर 3 करोड १५ लाख आयो| सुर्यविनायक बाट फेरी पोखरा नै फ़र्किएउ| एउटा नया संसार बसाउने कोशिस गर्दै छौ हामि| सहि गर्दै छौ कि गल्ति थाहा भएन, हामि बस् माया गर्दैछौ, मात्र माया| पोखराको पामेमा एउटा घर मन पर्यो दुबैलाई|घर हैन बंग्लो| अनि मुल्य २.५ करोड| चाहेको भए हामीले पोखराको बिचमा नै घर लिन सक्छौ, मेरो गाउको सम्पति पुरै बाकि छ| ३ गुना धेरै पैसा आउछ अहिलेको भन्दा| तर हामीलाई सहरबाट पर, हैन दुनिया बाटनै पर बस्नु छ| हामीलाई हाम्रो मायाको दुनियामा बस्नु छ| बंग्लो मन पर्यो तर क्षेत्रफ़ल जम्मा एक रोपनी| वरी परि तन्नै जग्गा खालि छ, थप जग्गा किन्ने निधो गरियो| थप बार्ह रोपनी जग्गा किन्ने निधो गरियो| १२ रोपनीको ६ करोड, पैसा छैन त्यति| बैना गरेउ हामीले अनि …..

Previous article
Next article

Latest Posts