बंग्लो असाध्यै मन पर्यो तर क्षेत्रफ़ल जम्मा एक रोपनी| वरी परि तन्नै जग्गा खालि छ, थप जग्गा किन्ने निधो गरियो| थप बार्ह रोपनी जग्गा किन्ने निधो गरियो| १२ रोपनीको ६ करोड, पैसा छैन त्यति| बैना गरेउ हामीले अनि 30 दिनको भाका दियौ| ३० दिनमा पैसा कहाँबाट आउछ भनेर भनि राख्नु पर्दैन मैले| भोलि सुरु हुनेछ क्षितिज र मेरो अर्को यात्रा, यात्रा मेरो गाउको|
बा-आमा बितेपछी गाउ एकपल्ट मात्र गएको थिए म| खास भन्नु पर्दा, म गाउ बा-आमाको लागि मात्र जान्थिए| बा-आमालाई भेट्नको लागि मात्र जान्थिए| गाउ भनेको मेरो लागि बा-आमा मात्र हो| जब बा-आमा नै हुनुहुन्न भने गाउ मेरो लागि सुनसान छ| अब गाउ जाने न इच्छा हुन्छ न काम नै| सायद अन्तिम पल्ट गाउ जादै छु म| जब गाउ नै नजाने भएपछी, त्यहा केहि बाकि राख्न जरुरि ठानिन| घर अनि जग्गा सबै बेच्ने निधो गरे| यो सबै काम २ 3 दिनमा सकिन्छ सोचेको तर सरकारी काम निकै झन्झटिलो हुने|
मृत्युको प्रमाणपात्र चाहिने रैछ| त्यो थिएन, बनाइयो| यसपछि मात्र भयो जग्गाको नामसारी मेरो नाममा| गाउमा मैले कोहि मान्छे चिनेको थिइन, नत्र सबै काम केहि चाडै हुन्थियो होला| घर जग्गा किन्ने मान्छे खोज्नको लागि दलाल र छिमेकीले मदत गरे| घर जग्गा सबै बेचियो र ११ करोड रकम थपियो मेरो ब्यांकमा| २ 3 दिनको काम सोचेर हिडेको, २ 3 हफ्ता को काम बनिदियो| आज बिहानै काम सकियो तर पोखराको लागि आजै नहिड्ने भइयो| अन्तिम पल्ट गाउ आएको, २ दिन अझै बस्ने मन बनायौ हामीले| क्षितिज कहिले पनि यसरि गाउ बसेको थिएन, उ रम्दै छ|
हटियाबाट फर्किदै थियौ हामि, एउटा नचिनेको अनुहार मेरो अगाडी आएर रोकियो “नानु चिनेउ मलाई?” भन्दै|
उहा को हो मलाई थाहाछैन| यस भन्दा पहिले कहिले देखेको छैन मैले
उहालाई या देखे पनि बिर्सिए होला| गाउको कोहि मान्छेको अनुहार अनि गाउको कोहि
मान्छेसंगको कुनै याद, अह केहि छैन मेरो मस्तिस्कमा| बच्चै देखि काठमाण्डौ बसेको
एउटा बेफाइदा हो यो| “खै अंकल, सम्झिनै सकिन|” दिमागमा धेरै जोड नदिएर जवाफ दिए|
“कसरि चिन्छौ नि| तिमि दुइ वर्षको थियौ| मैले त चिन्दिन थिए होला| तिम्रो फोटो
देखेर मात्र चिनेको|” अंकलले यति भन्दा कन्चट तातेर आयो| जब थाहाथियो मैले चिन्दिन
भनेर, किन मेरो समय खेर फ्याल्नु| बेकारमा मैले एकछिन सोचेको जस्तो गरि नाटक गर्नु
पर्यो| मैले जवाफ दिनु जरुरि ठानिन र मुस्कुराए मात्र|
आज अन्तिम दिन गाउमा| खै किन हो तर अर्कै बेचैनी हुदैछ| आखा बन्द गरेर पल्टिदा पनि
निन्द्रा लागेको छैन| कहिले यो कोल्टो कहिले त्यो तर पनि सुत्न सकेको छैन| मोबाइलमा
फ्लिम हेर्न खोजे तर त्यसमा पनि मन लागेन| न आफुलाई केहि कार्यमा ब्यस्त बनाउन
सकेको छु न निदाउन नै| बिहान 3 बजेको छ, क्षितिजको निन्द्रा खुल्यो र उसले
मलाई जागै पाउदा अचम्मित पर्यो| किन नसुतेको भनि सोध्यो पनि उसले| उसलाई जे हो
त्यहि भने र उसले मलाई काखमा अलिएर मेरो कपाल सुम्सुम्याउन थाल्यो| सायद यसकै कमि
थियो, आखा लाग्यो र निदाएछु| कुन बेला निदाए याद छैन तर निन्द्रा 4:04 मा खुल्यो|
निन्द्रा खुलेको हैन म झस्किएर बिउझिए| तर्सिएर बिउझिए| बल्ल तल्ल सुतेको थिए तर डरलाग्ने सपना देखेर बिउझिएको हो म| सपनामा म घरको आगनमा बस्दै थिए, एक्लै थिए| घाम लागेको थियो अनि म तुलसामोठको छेउमा घाम तापेर बसेको छु| घाममा बसेर टाउकोमा तेल लगाउदै थिए| केहि सोच्दै पनि थिइन| अचानक भित्रबाट आवाज आयो आमाको| “नानि, यहाँ हेर् त के भयो बाबालाइ|” आमाले यहि भनेर चिच्याउदै हुनुहुन्थियो भित्रबाट| म अत्तालिएर अनि उठेर आमा भएको तिर दौडिए| मलाई थाहाछ, मेरो खुट्टाले तेलको बटुकोमा लाग्यो र तेल पोख्यो पनि| भित्र पुगे. आमा हुनुहुन्न| सबै तिर हेरे तर आमालाई देखिन| भान्सा देखि बरण्डा सबै तिर पुगे तर आमा कहिँ हुन्हुन्थिएन| आफ्नो खुट्टामा आखा गयो, रगत छ खुट्टामा| सायद अघि तेलको बटुकोमा लागेर घाउ भयो सोचे|
घाउ भएपनि दुखेको थिएन मलाई| सपनामा दुखेको महसुस नहुने हो कि? मेरो
आखाँ आफ्नो हातमा गयो र हातमा पनि रगत नै रगत छ| मेरो हातमा रगत कसरि आयो? अनि आमा
कहाँ जानु भयो? ऐना अगाडी थियो र त्यसमा आखा गयो, मेरो कपालमा
पनि रगत छ| आखिर यो हुदै के छ? यो रगत कहाँबाट आयो? म तेल लगाउदै थिए, तर
रगत कसरि भयो? म फेरी तेल लगाएको ठाउ निर पुगे र त्यहा तेलको भाडोमा पनि रगत नै
रगत छ| अनि त्यहाँ भन्दा अलि अगाडी दुइटा लास| म तर्सिए र लासको नजिक जाने हिम्मत
आएन| लासलाइ सेतो कात्रोले ढाकेको थियो| घर भित्र आमा-बाबा कोहि हुनुहुन्न र आगनमा
तुलसामोठ्मा दुइटा लास छ| मनमा नराम्रो सोच आउन लाग्यो र लासको कात्रो हटाए| लास
बुवा आमाको| त्यहिबाट रगत बगेर मैले तेल लगाउदै गरेको कचौरा भरिएको रैछ| म तर्सिए
र कोठा भित्र भागे| कोठा भित्र पुग्ने बित्तिकै मलाई कसैले हमला गर्न खोज्यो र म
दराजमा गएर ठोकिए| दराजमाथि रहेको बाकस खस्यो र त्यो मान्छेको टाउकोमा लाग्यो| त्यो
मान्छे त्यहि ढल्यो र त्यो मान्छे को हो भनि अनुहार हेर्न नजिक पुगेको मात्र के
थिए, त्यो मान्छेले झम्तियो मलाई र मेरो निन्द्रा खुल्यो|
म तर्सिएर कराएछु, मसंगै
क्षितिज पनि बिउझियो| उसले के भयो भनि सोध्यो र मैले नराम्रो सपना देखे भन्दै
उसलाई बाकि केहि पनि भनिन| म अहिले त्यहि कोठामा छु र मेरो अगाडी दराज छ| त्यो
दराजमाथि एउटा बाकस छ| त्यो बाकस त्यहि बाकस हो जुन मैले सपनामा देखेको थिए|
सपनामा मलाई कसैले केहि भन्न खोजेको त हैन नि? बुवा-आमाको लास पनि देख्न पाएको
थिइन मैले| सपनामा लास देख्दा भक्कानिन मन लाग्यो| तर क्षितिज मसंगै छ र मैले
उसलाई केहि भनेको छैन, त्यसैले मैले आफुलाई सम्हाले|
“क्षितिज, त्यो बाकस झिकन|” दराज माथिको बाकस तिर औला ठड्याउदै क्षितिजलाइ मैले
बाकस झिक्न भने|
