११ बजेको interview थियो, म पनि त्यहि हिसाबले हिडेकि थिए र १०:५० मा पुगेकि पनि| एकछिन पर्खिन भनियो मलाइ र मेरो interview ११:३० मा सारिएको भनि जानकारी गराइयो| ३० मिनेट ढिलो हुनाले मलाइ केहि आपत्ति छैन, तर मेरो शरीरले चाही आपत्ति जनाउन थाल्यो,पेट दुख्न लाग्यो| कुनै नया ठाउमा जादा नत्र कोहि नया मान्छे संग भेट्दा मेरो पेट दुख्ने गर्छ र खुट्टा पनि अलि अलि काम्छ,सायद डरले नै होला| तर पहिलो पल्ट मात्र,दोस्रो पल्ट पछी यस्तो केहि हुन्न् मलाइ| तर अहिले पहिलो पल्ट भएर हैन यो पेट दुखेको, कारण बेग्लै छ जुन हरेक महिना बल्झिने गर्छ|मलाइ अरु केहि थाहा नभएपनि, मेरो यो 4 दिने पिडा कुन दिन सुरु हुन्छ चाही ठोकुवा रुपमा भन्न सक्छु| पहिले थाहा थियो मलाइ आज म यो पिडाबाट गुज्रिन्छु भनेर, त्यसैले पहिले बाट तैयारी गरेर आएकि थिए| कस्सम भनेको, यस्तो असहि पिडा हुन्छ, ओछ्यानबाट एकछिन पनि उठ्न गार्हो हुन्छ मलाई| फेरी मेरा कोहि साथिहरु कस्तो मज्जाले सहन्छन तर म भने सक्दिन| र आज यस्तो दिन interview, यो जागिरको आशा मार्दै गए मैले| ११:३० भयो र म लागे interview लिने कोठा तिर|
3 जना थिए मेरो अगाडी, मेरो अर्को बानि,कोहि नया मान्छे भेट्ने बित्तिकै उनीहरुको अनुहार र अनुहारको हाउभाउ हेरेर उनिहरु कस्तो स्वभावको होलान् भन्ने अनुमान गर्ने गर्छु म| थाहाछ कहिले मिल्छ,कहिले मिल्दैन, थाहाछ अनुहारले कसैको स्वभाव बर्णन गर्न सक्दैन तर यो मेरो लागि खेल जस्तै थियो, अनुमान मिल्दा खुसि लाग्ने र नमिल्दा केहि खिन्न हुने| अर्को एउटा नराम्रो बानि भन्छु है मेरो, म एउटा कुरा भन्नु पर्यो भने कहिले सिधै भन्दिन, अनेकौ भूमिका समेट्नै पर्ने मलाइ| भने नि मैले, मेरो interview लिन बसेको 3 जना मान्छेको कुरा गर्दै थिए,कुरा कहा पुर्याइछु| 3 जना मध्य एकजना अधबैसे मान्छे थिए र देख्ने बित्तिकै लाग्यो आज कडा रुपमा प्रश्न गर्ने मान्छे यिनै हुनु पर्छ, जसको काम नै मलाई केहि आउन्न भनि महसुस गराउनु हो| दोस्रो व्यक्ति एउटा युबक थियो, सायद म भन्दा केहि जेठो, अनुहारमा बाक्लो दारी, तर मुस्कान भने शुन्य, मान्छे राम्रै थियो तर अनुहारमा कुनै भाव नै देखिन उसको, पक्कै पनि उसको काम चाही मेरो उत्तर ठिक छ कि नाई भनेर सुन्ने हुनु पर्छ| र अन्तिममा भएको महिला पक्कै पनि H.R. म्यानेजर हुनु पर्छ| थोरै मुस्कानको साथ, मलाई बस्न भनियो|
“हेल्लो, तपाइको नाम?” पहिलो प्रश्न जहाँ पनि यहि किन हुन्छ|
“प्रतिक्षा,प्रतिक्षा शर्मा|” सि.भि. मा थियो त मेरो नाम,जब नाम सोध्नु नै छ भने सी.भी. किन माग्नु| त्यहि पनि मुस्कुराएर नै जवाफ दिए|
“धेरै प्रतिक्षा गर्नु पर्यो है|” अधबैसे मान्छे रुखो होला भनेको,तर त्यो मान्छेको मुस्कान सहितको पहिलो वाक्यले म गलत साबित भए|
“प्रतिक्षाको फल मिठो हुन्छ नि|” मैले पनि केहि मुस्कुराउदै नै भने|
Interview पनि सकियो, र म पुरै गलत साबित भए interview को अन्त्य सम्म| जागिर हातबाट गयो सोचेको थिए, भोलिबाट नै बोलाए जागिरमा तर मैले अर्को आइतबारबाट आउछु भनि मन्जुरी जनाए| अनि फेरी अर्को के कुरा पनि गलत भए भने म, अधबैसे मान्छे रुखो होला भनेको, अर्को केटा पो रुखो थियो र उसले नै मलाई प्रश्नहरुको बर्षा गरेर हम्मे हम्मे गर्यो| धन्न जागिर पक्का भयो, नत्र त्यो केटा आज हिक् हिक् बादुल्की आएर मर्थियो, त्यो चाही मैले सरापेर| आमाले भनेको कुरा झट्ट याद आयो, “नानी जागिर पक्का भएभने चाही लड्डु लिएर आइज है भगवानको लागि|” लड्डु लिन मिठाइ पसल जादै थिए,पेट धेरै नै दुख्यो र त्यसको साथ ढाड पनि, हिड्नै सकिन र एउटा पसलको पेटीमा थचक्क बसे| धन्न बस्ने ठाउ थियो नत्र ढलथिए होला म| बसेको ठाउबाट उठ्न पनि नसक्ने भएको थिए म,शोभा भन्ने साथीलाई फोन गरेर बोलाए र उ स्कुटर लिएर आइ|
शोभा भनेको मेरो एकदम मिल्ने साथि, उसको बारेमा धेरै कुरा भन्न मन छ तर अहिले भन्न सक्दिन,पेट दुखेर सार्है भएको छु| यति मात्र भन्छु,उ मेरो बाल्यकाल देखिको साथि हो, एकै स्कुल एकै कलेज यसरि नै सधै संगै मेरो साथ छे शोभा, बुटवलमा हामि संगै नघुमेको कुनै ठाउ नै छैन, “हिल पार्क “ हाम्रो दोस्रो कलेज नै भएको थियो| यी कुरा सम्झिदा दुखाइ अलि भए पनि कम भयो तर दुख्न चाही अझै पनि दुख्दै छ पेट| घर पुगे र शोभाले मेरो लागि चकलेट ल्याइदेको रैछे, उसलाई थाहा छ मलाई यो बेला चकलेट खान मन लाग्छ,त्यो पनि अतिनै|
“आमा मैले लड्डु ल्याउन सकिन,एकदमै गाह्रो भएर आयो|” आफ्नु कोठा पस्नु अघि आमालाइ यति भने|
“ठिक गरिस्, यस्तो बेला तैले छोएको भगवानलाइ हुदा पनि हुन्न्|” खुसि लाग्छ आमाले पिडा बुझ्दा फेरी दुख पनि लाग्छ जब लक्ष्मी कहलिने नारि,4 दिनको लागि चाही बिटुलो घोसित हुन्छे|
त्यो दिन भरि म ओछ्यान बाट निक्लिन पनि सकिन, खाना आमाले कोठामा नै ल्याइदिनु भयो र अरु बेला घरको काम गरे पनि यो चार दिन चाही म केहि गर्न सक्दिन| अभ मेरो परिवारको बारेमा चाही भोलि भन्छु ल|
