हो मैले कुरा मोड्न खोजेकी हु तर शोभाले भने चाल पाई| मैले केहि बोल्न नपाउदै फेरी पनि प्रकाश को फोन आयो| हैन यो केटाले आज के गर्न खोजेको, कति फोन गरेको हो|
“खोइ केहि भनेन त,भन्छ भनेको हैन?” फोन शोभाको हातमा थियो र उसले लाउडस्पिकरमा हाली फोन| फोन उठाउने बित्तिकै पहिलो वाक्य बिस्वासको|
“कसले के भनेन?” प्रकाशले के भनेको न शोभाले बुझेको थि न मैले, अभ सोध्नै पर्यो,बोल्न चाही फेरी शोभा बोल्दै थि प्रकाशसंग म हैन|
“तिमीले समयले भन्छ भनेको हैन अघि? मैले युटुबमा 3 4 वटा महाभारतको भिडियो हेरे भर्खर,तर केहि भनेन उसले हाम्रो बारेमा|” शोभाले अघि जिस्केर भनेकी थि,प्रकाशले साच्चिकै सोचेर भिडियो हेर्न भ्याएछ,के बिधि झ्याप होला त प्रकास|
“आज कहा भन्छ त, भोलि पर्सि भन्छ|आज भन्ने हैन नि|” मलाइ भने प्रकाश बिचरा लाग्न थालेको थियो,शोभा भने पुरै ब्यस्त थि प्रकाशको बिल्ला गर्न|
“त्यसो भए म चाही आज एउटा कुरा भन्छु नि,हुन्छ प्रतिक्षा?” उसले अभ फेरी के भन्न लाग्यो, रक्सीले मान्छेलाई कस्तो बेहोसी बनाउने रैछ त|
“अघि देखि तिमीले नै भन्दैछौ नि,भन फेरी|” म यता चिन्तामा छु उसले के भन्न लाग्यो भनि,शोभा चाही आफ्नु हरेक जवाफ पछी नै हास्दै छे|
“थाहा छ,म तिमीलाई माया गर्छु नि|” मेरो होस् उड्यो एकछिन प्रकाशले यति भनेपछि तर शोभा अझै बेस्सरी हास्न लागि| यहाँ आफुलाई तनाब भैराछ,उ भने हासेकी हासेई छे| अभ शोभालाई थप बोल्न दिन हुन्न सोची,उसको हातबाट फोन लिए र आफैले जवाफ फर्काउछु सोचे| तर जवाफ फर्काउन चाही के फर्काउनु? अभ फेरी सोचमा परे|
“हामि भोलि बोलम्ला,तिमीले आज रक्सि खाएको छौ,सुत|” सायद यो भन्दा राम्रो जवाफ नै हुन्न|
“मैले आज रक्सि त खाको छैन,हिजो खाएको हो|” उसले यति भनेपछि घडी हेरेको रातिको १ बजिसकेछ, झ्यापको तालमा पनि यति कुरा चाही ठिक गर्यो उसले| यो कुरा ठिक गरेर के गर्नु, अर्को कुरा बिगारी हाल्यो,अभ शोभाले मलाई भोलि देखि जिस्काएर धुरुक्क बनाउछे|
“बिहान अफिस आउनु पर्छ सुत|” भगवान खोज्न सजिलो होला बरु तर उसको लागि जवाफ भेट्न निकै गाह्रो हुदै गयो मलाई|
“बिहान त शनिबार हो,किन जानु अफिस?” मैले बिर्सिरा,शनिबार पो हो भोलि बिहान,सरि आज बिहान| मैले बिर्सेको हैन,उसले मेरो दिमाग खाएर यस्तो भएको हो|
“म मन्दिर जानु छ नि त बिहान उठेर,म सुत्छु नि त|” जवाफ नभेटेपछि,बहाना खोज्न लागे र त्यो चाही सजिलै भेटियो|
“भगवानसंग मलाइ माग्न जान लागेको हो तिमि?” हैन मेरो त्यति नराम्रो दिन आयो जस्तो नि लाग्दैन मलाई|
“किन भिख हो र तिमि माग्नलाई|” अभ चाही रिस उठ्यो मलाई,त्यसैले मेरो जवाफ पन रुखो हुदै गयो|
“तिमि जोगी बने भने म भिख पनि हुन तैयार छु|” कस्सम उसले यो जवाफ दिन्छ थाहा भएको भए, म अघिको वाक्य नै भन्थिन| केहि बोल्न सकिन म अभ,फोन काटे,काटे मात्र हैन, अफ नै गरे|
प्रकाश संग पिछा छुट्यो,तर अभ शोभाले जिस्काएर मलाई उल्लि बिल्ली बनाउछे पक्का थिए म| भने जसरि नै उसले जिस्काएर एकछिन सम्म मलाई रातो पिरो बनाइ|
“तलाई मन पर्छ हैन प्रकाश?” एकछिन पछि शोभाको पहिलो वाक्य|
“खै थाहा छैन|” मेरो मनभित्रबाट हुबहु शोभा अघि मेरो जवाफ राखे मैले|
“तलाई थाहा नभए कसलाई थाहा हुन्छ?” शोभाले किन जहीले यस्ता प्रश्न गर्छे के,जवाफ फर्काउन हम्मे हम्मे हुन्छु म|
“मन पर्छ भने,बिस्तारै कुरा अगाडी लग,मन पर्दैन भने सिधै भन्दे उसलाई| झुलाएर नराख|” मैले केहि बोल्न नसकेपछि शोभाले आफै मलाई यति भनि| हैन मैले प्रकाशलाई झुलाउन चाही कसरि झुलाए,अचम्म| अभ शोभाले मलाइ जे प्रश्न सोधी,त्यहि प्रश्न मैले आफुलाई सोध्नु पर्ने भएको छ, र मैले सोधे पनि र एकैछिनमा मेरो मनले मलाइ उत्तर पनि दियो|
