अभ शोभाले मलाइ जे प्रश्न सोधी,त्यहि प्रश्न मैले आफुलाई सोध्नु पर्ने भएको छ, र मैले सोधे पनि र एकैछिनमा मेरो मनले मलाइ उत्तर पनि दियो| मनले भन्यो “त प्रकाश संग जहिले बोलि रहेको हुन्छस,अभ अझै धेरै बोल र आफ्नु बोल्ने शैली पनि परिवर्तन गर, जहिले आफुलाई ब्यक्त गर्थिस्,अभ उसलाई बुझ्न खोज|”
बिहान उठ्ने बित्तिकै पेट दुखेर थला परेको झैँ भएको थिए म| फेरी त्यो 4 दिनको आगमन भयो, जसले मेरो पिछा अगिलो 4 दिन सम्म एकपल छोड्ने छैन| पेट मर्ने पारामा दुख्दै थियो,चरक्क चरक्क हुदै गयो र त्यस्तो साथै कम्मर पनि दुख्न सुरु भयो| मन्दिर जाने कुरा थियो, अभ म जान मिलेन| शोभाले उठ्ने बित्तिकै तातो पानि ल्याइदि र घर जानु अघि चकलेट पनि| दैनिक अफिस जाने मान्छेलाइ सोध, शनिबारको महत्व कति हुन्छ| तर आज त्यहि शनिबार म आफ्नो ओछ्यान्को कैदमा बस्नु पर्ने भएको थियो, त्यो पनि पिडामा जकडिएर| आखा चिम्लिन खोज्दा निन्द्रा लाग्दैन,अरु केहि गर्न खोज्यो भने ध्यान जादैन, के गर्नु गर्नु हुन्छ|
त्यो घडीले टिक-टिक गर्दै निकालेको आवाज देखि बाहिर चराले सुसेलेको होस् या गाडी हिडेको, सबै आवाजले मलाई दिक्क लगाउदै थियो, त्यो सधै सुन्दा मतलब नलाग्ने आवाजहरुलाई पनि आज म ठुलो स्वरमा सुन्दै थिए र यो सबै आवाजले झनै बिरक्त हुदै थिए म| आमालाइ यो कुरा थाहा थियो,अरु दिन “नानि खाना खान आइज” भन्नु हुन्थियो,आज कोठामा नै ल्याइदिदै सोध्नु भयो “नानी, म खुवाइदिम|” “आमा म आफै खान्छु,तातो पानि ल्याइदिनु है|” मेरो पिडा म जस्तै गरि बुझ्ने आमा हो,उहालाई थाहा छ मलाई कस्तो हुदैछ,त्यसैले चिन्ता लिनु भएको हो|
खाना धेरै मन लागेन. ४ ५ चम्चा खाना खाए,त्यो पनि चराले चारो टिपेको जसरि नै,दुइ घुटकि पानि निले र फेरी पनि सिरक मुनि पसे| शोभाले ल्याइदेको चकलेट खोलेर अलि अलि टोक्न लागे र फेसबुक चलाउन लागे| आज यो फेसबुक पनि खास छैन, यो चलाउन पनि वाक्क लाग्यो|यतिकैमा प्रकाशको फोन आयो, अभ उसंग बोल्न पनि मन थिएन| हिजोको कुराले रिस उठेको हैन, तर आज म बोल्ने हालतमा थिन|यो पीडाले बेला बेला हर्कत गर्दै थियो झन्, कहिले पेट चरक्क बनाउने भने कहिले कम्मरमा| फेरी प्रकाशको फोन उठाइन भने उसले के सोच्छ भन्ने प्रश्न आयो दिमागमा र उठाए उसको फोन|
“हिजो मैले तिमीलाई फोन गरेको थिए?” उसले मलाई फोन गरेको उसलाई याद नभएको कि उसले नाटक गरेको हो, सोच्नै पर्ने भयो केहि बेर|
“त्यहाँ कल लग हेरन, मैले केहि भन्नै पर्दैन|” एक त सबै कुरा संग बिरक्त लागेको थियो मलाई,उसंग पनि धेरै गफ गर्ने इक्षा थिएन, मेरो जवाफ रुखो हैन,के भएको सबैलाई थाहाछ|
“त्यहि हेरेर सोधेको,तिन पल्ट फोन गरेको रैछु मैले|” मतलब उसले थाहा भएर पनि उसले मलाई सोधेको रैछ|
“अनि थाहा भएर पनि किन सोधेको मलाई?” एक्कासी झनक्क रिस उठ्यो मलाइ| मेरो एउटा बानि के छ भनि, कसैले मबाट केहि कुराको आश राखेर मलाइ केहि कुरा भन्यो भने,म उसलाई एक पल्ट सम्झाउन सक्छु,दुइ पल्ट सक्छु तर तेस्रो पल्ट देखि मलाइ रिस उठ्छ| जस्तै कसैले मलाइ भन्यो “आज मलाई कस्तो नराम्रो महसुस हुदै छ|”,म उसलाई सम्झाउन सक्छु कि सबैलाई यस्तै हुन्छ,त्यो पनि एक पल्ट हैन दोस्रो कोशिश पनि गर्छु तर उसले फेरी त्यहि कुरा गर्यो भने चाही,म उल्टै रिसाउछु|सायद तेस्रो प्रयासमा के भन्ने थाहा नभएर होला|
“हामीले के बोलेउ मलाइ याद छैन,त्यसैले|” शोभाले भनेको कुरा ठ्याक्क मिल्यो,हिजो प्रकाशले के बोल्यो भनेर प्रकाशलाई नै याद छैन|
“अनि किन त्यति धेरै रक्सि खाएको त,याद नै नहुने गरि?” मेरो रिसको मात्र अझै बढ्दै थियो|
“के थाहा यस्तो हुन्छ भनेर मलाई,भनन मैले के भने?” उसको स्वर सुन्दा यति चाही पक्का भए म, उसले बिहान देखि सोच्न खोज्यो तर उसलाई केहि याद आएन,त्यसैले मलाई फोन गरेको रैछ|
“तिमीले हिजो राति झ्याप भएर जे भनेउ, मलाई त्यो कुरा भन्न अहिले लाज लाग्छ,भन्दिन म|” मुड-स्विंग भन्ने थाहा छ? हो अहिले अचानक त्यहि भयो मलाई, अघि सम्म रिस उठिरहेको थियो मलाई,अहिले जिस्किने मुडमा पुगे|
“सरि,म झ्याप भएर हो|” उसलाई नराम्रो लाग्दै रैछ र मलाई चाही मजा लागिराछ|
“भन्ने बेला भनि हालेउ,अहिले सरि भनेर के गर्छौ?भोलि मलाइ मुख कसरि देखाउछौ?” म चाही अझै जिस्किने मुडमा थिए|
“म भोलिबाट अफिस नै आउन्न,अफिस छाड्दिन्छु|” उ कस्तो भावुक भएको, म जिस्किदै थिए र उ गंभिर भयो|
“म जिस्किदै छु,तिमीले कामको कुरा गरेउ,अरु केहि हैन|” मैले झुठ बोले,कारण दुइटा छ| पहिलो उसले अफिस छोड्छ भन्ने डर लाग्यो र अर्को उसले हिजो बेहोसीमा जे जे भन्यो,त्यो कुरा होसमा उसले जताउन सक्छ कि नाई| अबको दिनबाट उसले जे जे हिजो भन्यो, त्यो सबै मलाइ अब उसको व्यवहारमा हेर्नु छ| बिस्तारै कुराहरु अर्कै तिर मोडियो र जो संग केहि बेर अघि सम्म बोल्न वाक्क लागेको थियो,उसंग बोलेर दिन पनि कट्यो र साझमा मलाइ भेट्न शोभा फेरी आइ| उसलाई भएभारको कुरा सुनाए, र उसले पनि सहमति जनाई मेरो सोचसँग| आजको दिन पनि यसरि नि बित्यो र पिडा केहि मात्र महसुस गरे मैले|
म भन्दा पहिले प्रकाश अफिस पुगिसकेको थियो, त्यो दिन अफिसमा केहि यस्तो भयो जसले गर्दा मेरो र प्रकाशको सम्बन्धले निकै भिन्न मोड लियो|
