“थुक्क मुला, बेइजत भयो हैन?” भन्दै छ मन मनै| म लाजले भुतुक्क| डर पनि लागेको थियो| इस्मीले के सोच्दी हो, के भन्ने हो भनि| म उनको अनुहारमा हेर्न खोज्छु तर सक्दिन, हिम्मत छैन| यहि चल्यो केहि बेर|
“कस्तो चुप लागेर बसेको, बोल्ने नहुने शब्द बोलेको जस्तो| भुइचालो आएको छैन हौ|” इस्मीले यति भनिदिए म कति ढुक्क हुनेथिए तर म पुरा नहुने आश बोकेर बसेको थिए| केहि इच्छा हुन्छन, जुन कहिले पुरा हुदैनन् र त्यो इच्छा पुरा हुने कुनै आश हुन्न| कुनै इच्छा यस्तो हुन्छन, जुन पुरा हुने आश नभए पनि पुरा भइदिन्छन| कुनै इच्छा यस्ता हुन्छन, आश भए पनि पुरा हुदैनन्| अहिलेको मेरो इच्छा पनि अन्तिम श्रेणीमा पर्छ|
“ किन चुप? बस्न भन्नु पर्दैन साथीलाई?” न सिलिन्डरले केहि बोल्न सकेको थियो न मैले, इस्मीले यति भनिदिदा, जलनमा मलम लगाएको महसुस भएको थियो| अवस्था नै अप्ठेरो अवस्था थियो, मौन भएर नहुने तर बोल्नलाइ केहि थिएन| बोल्न लै धेरै थियो तर मैले नजानेको थिए| त्यतिमा इस्मीले सजिलो बनाइदिएकी हुन्|
“बस भनेर भन्नु पर्यो भने, के को साथि|” सिलिन्डर हामि संगै आएर बसोस् भन्ने इच्छा थिएन| इस्मीसंग समय बिताउदै थिए, त्यो समयमा अरु कसैलाई सामेल गर्नु थिएन| बाध्यता, सिधै त्यो भावना व्यक्त गर्न नमिल्ने| सिलिन्डरले बुझ्ला भन्ने आशमा केहि शब्दहरुको सहयोगमा भिन्न तरिकाले मनको भावना पोखे|
“म हिड्न लागेको थिए, देखेर भेट्न मात्र आएको|” सिलिन्डरले मेरो मनको भावना बुझेर जवाफ दियो| एक अर्काको आखाँमा हेरेर समझदारी र कृतज्ञता संगै व्यक्त भयो|
सिलिन्डर गयो, र सिलिन्डर जाने बित्तिकै मेरो मोबाइलमा मेसेजको रिंगटोन बज्यो| मोबाइलको लक स्क्रिनमा सिलिन्डरको नाम छ, मतलब मेसेज सिलिन्डरले गरेको| मोबाइल उनलक गरि हेरेको, “दारु लिदै आइज| मैले डिस्टर्ब गरिन, थान्क्यु भनि रहनु पर्दैन|” लेखिएको मेसेजमा| बेलुका घर जादा रक्सि लिएर जानु पर्ने भयो मैले| आखिर मलाई इस्मीसंग एकान्तमा छाडेको छ, सिलिन्डरले रक्सि माग्न पुरै हक राख्छ|
“मलाई धन्यबाद पनि नभन्ने? कस्तो सोमत नभएको के तिमि|” इस्मीले अब के कुरामा चाही मबाट धन्यबादको अपेक्षा गरेकी हो| फेरी उसले मलाई सोमत नभएको पनि भन्दै थिइन्|
“धन्यबाद? के को धन्यबाद? कस्तो धन्यबाद| त्यसै सोमत नभएको भन्न पाइन्छ अरुलाई|” प्रतिकार गर्न खोजे मैले|
“साथीको अघि मैले केहि नभनेको, अहिले मात्तिएको पो हो तिमि| मेरो अगाडी त्यसको शब्द प्रयोग गर्ने हैन| साथि छ भनेर मात्र म चुप लागेको|” मेरो साहस, प्रतिकार र अहंकार सबै झुठ भैदिन्थियो जब म इस्मीको अघि हुन्थिए| ठिक त्यहि प्रक्रिया दोहोरिदै थियो| इस्मीले मेरो मुखबाट निक्लिएको अपशब्दको कुरा निकाल्ने बित्तिकै, म नुन खाएको कुखुरा हुन पुगे| त्यो बालक जस्तो हुन पुगे, जसको चोरी आमाले समात्नु भएको थियो| आत्मग्लानी छ मनमा अनि प्रतिकार गर्नलाइ न कुनै चाहना थियो भने न कुनै तर्क| चुप लाग्नु बाहेको अरु केहि बिकल्प थिएन| चुप लाग्नु पनि उचित विकल्प हैन|
“धन्यबाद|” इस्मी र मैले मात्र सुन्ने गरि, सानो स्वरमा उनलाई धन्यबाद भने| मैले भने नि, यो बाहेक बिकल्प अरु केहि थिएन|
“अनि माफी कसले माग्छ?” इस्मीलाइ मेरो धन्यबाद पर्याप्त भएन, उनलाई मबाट सरि पनि सुन्नुथियो| उनले भन्नु अघि नै मैले माफी माग्न सक्थिए, तर मेरो दिमाग पो हो, कहाँ सोच्न सक्थिए त्यति कुरा|
“आइ एम सरि|” समय खेर फ्याल्नु कहिले पो उचित हुन्छ र, माफी मागे इस्मीसंग| एउटा शब्दको ठुलो मूल्य चुकाउनु पर्छ कि भनि डर लाग्न थाल्यो|
“सरि भनेर मात्र हुन्छ?” नभन्दै मेरो डर यथार्थमा परिणत हुदै थियो, इस्मीको यो प्रश्नसंगै|
“अनि अरु के?” मेरो आवाजबाट थाहा हुन्छ, म कति नम्र भएर बोल्दै छु उनीसंग|
“ गिफ्ट पनि चाहियो अब| यो चाही तिम्रो पनिस्मेन्ट|” इस्मीले यति भन्दा खुसि हुनुपर्ने थियो म तर आघि कुरा चाल पाएर खुसि हुनु उचित हैन| उनले गिफ्ट पनि भन्दै थिइन्, किन्ने गिफ्ट भए किनेर दिन गाह्रो पर्दैन तर गिफ्ट केहि अरु भए, अरु कुनै बाचा कसम या कार्य भए, त्यस्ता चिज जुन म पुरा गर्न सक्दिन, यदि उनले मागेको गिफ्ट त्यस्तो भएको भने चाही के गन्रु भनि सोच्दा खुसि कसरि हुनु म|
“के गिफ्ट दिउ भन?” उसले के सोच्दै छिन्, उनले भन्न खोजेको गिफ्ट के हो, बुझ्नु त पर्यो मैले|
“तिमीले गिफ्ट दिन्छौ र? पहिलेकै नै बाकि छ|” इस्मीले जिस्किएर भनिन् तर मैले साच्चिकै भुलेको थिए कि मैले उनलाई गिफ्ट किन्नु पर्ने छ भनि| बसन्तपुर गएको बेला गिफ्ट दिन्छु भनेको थिए उनलाई, अहिले सम्म दिएको थिइन| भुल्ने पानि थिएन मेरो तर भुलेछु|
“ल पक्का दिन्छु अब चाही तर एउटा तिमिले भनेको दिन्छु अनि एउटा आफ्नो मर्जीले| के चाहियो भन|” आफ्नो भुल सुधार्न थोरै पनि समय व्यतित गरिन मैले|
“चाहिएको बेला माग्छु|” इस्मीले यति भन्दै मेरो अघिको भुलको हिसाब किताब सक्याइन्|
रात भइसकेको थियो, हुन त हामि भेट्दा जहिले राति नै हुन्छ, जहिले ढिला भेट्ने| लगभग ९ बज्न लागेको थियो, बिल मगाइयो| इस्मीले नै पैसा तीरिन्| घर जानु अघि म वासरुम गए| म वासरुमबाट फर्किदा इस्मी मुस्कुराउदै थिइन्, अचानक के भएछ त्यस्तो|
“म तिमीलाई कस्तो लाग्छु?” मस्किदै, मुस्कुराउदै, आखा चम्काउदै उनले मलाई प्रश्न गरिन्| यो प्रश्न सोध्नुको तात्पर्य के थियो पनि थाहा थिएन मलाई| तात्पर्य नबुझी जवाफ दिन झनै गार्हो|
“भन्नाले?” प्रश्न गर्न बहेको केहि उपाय उचित लागेन|
“भन्नाले, cute, sexy, beautiful, म कस्तो लाग्छु?” इस्मीले अचानक यो प्रश्न किन गर्दैछिन भनि मैले बुझ्न सकेको थिन| केहि त अबस्य भएको छ जसले यो प्रश्नको सिर्जना गर्यो| मसंग जवाफ नै थिएन| सोचमा हराए, जवाफको खोजिमा हैन तर…
