Part 21

“ है छ नि, तिम्रो girlfriend छैन?” सनिराले लजाउदै र बच्चा बोलीमा लेप्रो तान्दै पंकजलाइ प्रश्न गरिन्| यो प्रश्नसंगै दुइ प्लेट मध्यको तेस्रो डल्लो momo पनि सकियो|
“तिमीलाई के लाग्छ, छ कि नाई?” पंकजको जवाफ आयो र चौथो डल्लो momo पंकजको मुखमा गयो|
“ मलाई के थाहा| थाहा भएको भए सोध्थिए त लाटो?”  सनिरा एउटा हातले आफ्नो कन्सेरी तिरको कपाललाइ आफ्नो औला वरीपरि घुमाउदै, अर्को हातले momo मा काटा गाड्दै जवाफ दीइन्|
“मैले छ भने  भने के गर्छौ? अनि छैन भने भने के गर्छौ?” मुस्कुराउदै पंकजले जवाफ दियो र आफ्नो ओठमा मुस्कान मात्र हैन मोमो पनि लग्यो|
“ल भयो नभन न त|” पंकजलाइ नरिसाउ है भन्दै थिइन् सनिरा अघिसम्म, अहिले आफै रिसाईन् र आफ्नो रिस momo माथि पोखिन्|
“नरिसाउन के| तिमीले अघि जिस्किएउ त्यसैले म पनि जिस्किएको| girlfriend भएको भए, म अहिले यहाँ तिमिसंग हैन girlfriend संग हुन्थिए नि|” पंकजले गर्दा रिसाएकी सनिरालाइ फकाउन पंकज आफै लागिपर्यो| जवाफ संगै आधि momo आफुले खादै, अर्को आधा सनिरालाइ खुवाउन खोज्यो| जवाफको अपेक्षा छ सनिरालाइ तर पंकजले यसरि momo खुवाइदिन्छ भनेर सोचेको पनि थिइन|
“मतलब girlfriend बनाएपछी साथिहरुसंग घुम्न बोल्न हुन्न?” सनिरालाइ फकाउनलाइ दिएको जवाफले अब पंकजलाइ नै गाह्रो पर्यो| सनिराले पंकजको सामु गाह्रो प्रश्न मात्र हैन,मिठो मोमो पनि पुर्याइन्| आफ्नो ओठले आधा momo टोकेर अर्को आधि पंकजको ओठमा लगिन्| भन्छन नि जुठो खाएपछि माया बढ्छ, यहाँ माया बढ्दै छ र momo घट्दैछ| ११ डल्लो बाकि रैछ momo|
“ तिमि जहिले यस्तै ग्वाच हौ? मैले girlfriend छैन भन्न खोज्दै छु, तिमि नानाथरी बुज्छौ| ” पंकजले जवाफ दियो अनि केहि ठुस्स परे जस्तो भयो| उसले अघि जसरि सनिरालाइ आधि momo दिनु जरुरि पनि ठानेन  र पुरै आफैले चपाउन लाग्यो|
“breakup भएको कि कोहि संग माया नै नबसेको?” हैन सनिरा किन यति उत्सुक पन्कज्को नभएको प्रेमिकाको बारे जान्न| सनिरालाइ कसरि भनोस् पंकजले, उसको प्रेमिका नभएपनि उसले प्रेम गर्छ कसैलाई| सनिरालाइ पन्कज्को माया थाहा नभएपनि, पंकजले त सनिरालाइ आफ्नो सोच्छ| सनिराको बोल्ने शैली र उत्सुकताले गर्दा शंका उब्जिन लाग्यो, कहिँ सनिराले पनि पंकजलाइ प्रेम गर्छिन् कि?
“ breakup हुनलाइ पहिले माया बस्नु पर्छ| मिलन नभई बिछोड कसरि हुन्छ?” पंकजले केहि लुकाएन, सत्यता राख्यो सनिरा सामु| यहाँ गफ लम्बिदै छ र momo सक्किदै छ, हरेक सम्बादमा बक्ताले momo मुखमा लग्दैछन्| momoको स्वाद कस्तो छ भन्न सक्दिन, पल चाही निकै मिठो छ अहिले|
“ अनि किन कोहिसंग सम्बन्धमा नागासिएको त? हुन त थोप्दा पनि गतिलो छैन र दिमाग पनि ग्वाच|” सनिरा पछी परिन पंकजको खिल्ली उडाउन| यता सनिरा हास्न लागि र पंकज पनि लाज पचाएर मुस्कुरायो| पंकजले भनोस् त पनि के भनोस्|
“ अनि तिमि इन्डिया थियौ| मेरो थोप्दा र दिमागसंग मेल खाने तिमि नै यहाँ नभएपछी को संग माया गर्नु मैले?” पंकजले पनि असाध्यै मिठो जवाफ फर्कायो|  जसरि सनिराले पंकजको खिल्ली उडाइन्, पंकजले पनि त्यसरी नै सनिराको खिल्ली उडायो|
“ जे पनि भन्दिने है| भाग्यमानिले मात्र पाउछन् म जस्तो girlfriend|” सनिराले आफ्नो तारिफ आफै गर्न लागिन्| पंकजलाइ मौका दिनु पर्नेसनिरालेउनको तारिफ गर्न, अर्को सुम्निमा तैयार हुन्थियो|
“ भाग्यमानी हैन भाग्य फुटेको भन्छन| हुन त मासु नभएको हड्डी पाउदा पनि कुकुरले आफुलाइ भाग्यमानि नै ठान्छ|” सनिराको हरेक सम्बादकोजवाफ छ पंकजसंग| पंकज रमाउदै छ सनिरालाइ गिज्याउन पाउदा|
 

“ह्या, के भनेको के त्यस्तो| तिमि चाही स्याल हो के, अंगुर चाख्न नपाएपछी अमिलो छ भन्दिने?” यदि पंकजको बोलि घोच्ने निव हो भने, सनिराको जवाफ कागज| एउटा मिठो कथा बन्दैछ दुबैको सम्बादबाट|
“मैले खाना नपाएको हैन मलाई खानु नै छैन| कसैलाई चिनी मन पर्छ कसैलाई पिरो मन पर्छ तर गु कसैलाई मन पर्दैन| तिमि गु हो|” :p  पंकजले अलि धेरै नै गिज्याएको हैन र अब? सनिरा रिसाइन् भने के हुन्छ अब? पंकजलाइ पनि यो महसुस भयो तर ढिला भइसक्यो|
“म गु भए तिमि भुसिया हो| :p छोड यस्तो हाउडे कुरा, कोहि मन नपरेको कि मन परेकोले तिमीलाई बाल नदिएको|” सनिरा रिसाउछे भने कि उसले उल्टै पंकजको बिल्ला गरिन्| संनिराले केहि यस्तो प्रश्न गरिन्, जसको जवाफ दिनु कि नदिनु पंकजमा भर पर्छ|
“हेर लास्ट piece momo छ| खाउ अहिले भन्न भ्याउदैन| पछी भनौला|” पंकजले यति भनिसक्दा के बुझ्न सकिन्छ भन्दा उसले प्रियंकाको बारेमा अहिले खुलाउन चाहेन तर पछी चाही भन्नेछ|
“कहानी लामो छ भने छोटोमा भन|” सनिराले पन्कज्को कुरा मान्न तैयार भइन|
“ यति बुझ अहिलेलाइ, मलाई कसैले मन पराउथियो र म अरु कसैलाई मन पराउथिए| बाकि अब बाटोमा भन्छु|” पंकजले यति भनेपछी मात्र सनिरा त्यहाँबाट उठिन्|
बाटोमा पंकजले प्रियंकाको बारे सबै भन्यो सनिरालाइ| पंकजले पंकजलाई मन पराउने व्यक्तिको बारे भन्यो तर आफुले मन पराउने ब्यक्ति सनिरा हुन् भनि भनेन| दुइ प्लेट momo र बिस मिनेटको हिदाइमा सकिने गफ हैन सनिरा पन्कज्को| उनीहरुको त एउटा किताब बन्छ| यसरि नै उनीहरु कलेजमा झन् नजिकिदै गए| संगै कलेज जाने र संगै घर जाने| पंकजले बाइक पनि किन्यो, झनै सजिलो भयो| पंकज basketball मा रमाउने र अहिले सनिरा उनीसंगै छिन्| यति भएपछी पंकजलाइ केहि नचाहिने| सनिरा र पंकजलाइ जसले पनि जोडी ठान्ने कलेजमा| हरेक बखत संगै हुन्थिए र एक अर्कामा रमाउथिए पनि, अरुले जोडी नसोचे के सोचून त|

पंकज बोल्न खप्पिस छ, कलेजको दुइ महिनामा नै मिल्ने साथि बनाइसकेको छ| साथि पनि ज्यान दिने खाले| दुइ यस्ता घटना छन्, जुन स्नातकको पहिलो बर्षमा घटेको छ| सबैले थाहा पाउनै पर्छ| साथिबाट सुरु हुदै घटनामा पुगौ न है|

Previous article
Next article

Latest Posts