Part 22

पंकज बोल्न खप्पिस छ, कलेजको दुइ महिनामा नै मिल्ने साथि बनाइसकेको छ| साथि पनि ज्यान दिने खाले| दुइ यस्ता घटना छन्, जुन स्नातकको पहिलो बर्षमा घटेको छ| सबैले थाहा पाउनै पर्छ| साथिबाट सुरु हुदै घटनामा पुगौ न है|
केहि साथि एकै कक्षामा पढ्ने भएर बने| केहि क्यान्टिनमा बने र केहि बास्केटबल कोर्टमा बने| कक्षामा पंकज, सनिरा र सृजना संगै बस्ने एउटा बेन्चमा|  सनिरा बिचमा बस्थिन्, पंकज सनिराको दाया अनि सृजना सनिराको बाया| उनीहरु बस्ने बेन्च, अन्तिम बेन्च भन्दा एक बेन्च अगाडी थियो| अन्तिम बेन्चमा तिन केटाहरु बस्थिए जो पंकजको एकदम मिल्ने साथि बनिसकेको थिए|  उनिहरु कक्षामा नभई बास्केटबल खेल्दा पनि पंकज संगै हुन्छन अनि क्यान्टिनमा पनी| त्यसरी नै पंकजको अगाडीको बेन्चमा दुइ केटा र एक केटि बस्ने| उनिहरुसंग पनि पंकजको मज्जाको गफ हुन्छ| पंकजको अगाडी बस्ने एक केटा अनि एक केटि जोडी पनि हुन्|यस्तै रहयो केहि महिना|

तेस्रो महिनामा खै सृजनालाइ के कुरामा चित्त बुझेन र उनले आफ्नो स्थान बदलिन्|  त्यसपछि पंकज नि सनिरा दुवै खुसि| भन्न त हुन्न तर सृजना दुबैलाई खासै मन नपर्ने पात्र हो| पंकज र सनिरा बोलेको देख्न नसक्ने, डाह गरे जस्तो गर्ने| अलि आवाज आयो भने पनि तेर्सो आखाले हेर्ने| पंकजको एकदमै मिल्ने एक साथि, त्यो तिन बेन्चमा ठाउ नभएर एक्लै बस्नु परेको थियो| सृजना गएपछि उनको ठाउमा पंकजको साथि आयो र पंकज बिचमा बस्न लाग्यो | अब भयो पंकजले चाहे जस्तो मिल्ने फुलको बगैचा| ९ जना नै एकदमै मिल्ने थिए यत्तिमा|आन्द्रा जोडिएको सम्बन्ध भने पनि फरक पर्दैन| साथिहरुको नाम भन्नु पर्छ र?

णा थाहा पाउदा केहि फरक पर्दैन| पंकजको पछाडी बेन्चम बस्ने तिन साथि हुन्: बिशाल, सौगात र साजन| जसमध्य बिशाल र पंकजको घर नजिकै छ, अनि बिशाल कम बोल्ने स्वभावको छ| साजन भने जिरे खुर्सानी नै हो| उचाई केहि कम भएपनि, एक पल्ट बोल्न लागे पछी पुराण नै सक्याउछ त्यहि पनि उसको गफ सकिन्न| सौगात भने त्यो क्लासको chocolate boy हो, सबै केटिहरु उसलाई हेरेर र्याल काद्छन| सौगातको रुपराशीमा केटीहरु फिदा हुनछन, कलियुगको कृष्ण हो सौगात| पंकजसंग बेन्चमा बस्ने साथीको नाम चाही निकेश हो| थाहाछैन उनीहरु कसरि साथि भए तर धनिस्ट छ उनीहरुको मित्रता| Hot lemon र डुनोट खाना चाही संगै पुग्छन दुवै| सनिराको बयान गरि रहनु पर्दैन पक्कै पनि| पंकजको अगाडिको बेन्चमा भएको तिन जना चाही प्रविन, चन्द्र र अस्मिता हुन| जस मध्ये चन्द्र र अस्मिता जोडी हुन र प्रविनसंग चाही orientation मा कलम माग्दा बोलचाल सुरु भएको हो| अहिले यी ९ जना साथि हैन परिवार नै भएका छन्|

बिषय भन्दा धेरै पर भइयो जस्तो छ| ल पहिलो घटना तिर केन्द्रित हुनुपर्छ अब| कलेजमा welcome program को चलन रैछ| सामान्य नै हो, सबै कलेजमा हुन्छ| तर यहाँ केहि भिन्न छ| Welcome program र sports carnival संगै हुने यो कलेजमा, फाल्गुन अन्तिममा| सनिरा र अस्मिता ब्याडमिन्टनमा भाग लिने भएका छन् र नृत्यमा पनि| त्यसैले उनिहरु आफ्नो धुनमा ब्यस्त छन्| यता पंकज लगायत सात जना बास्केटबलको तैयारी गर्दैछन्| भन्नु पर्छ मैले? उनीहरु एउटा टिम हो र तयसको कप्तान पंकज| बस्केताबल खेल्दै नै थिएन उनिहरु, त्यत्तिकैमा पंकजको हातमा बल पर्यो| त्यो बल पंकजको बाया हातमा थियो र पंकजको अगाडी सौगात| सौगातलाइ छलाउन भनि पंकजले त्यो बललाई दुइ पल्ट भुइँमा उफार्यो र केहि झुकेर आफ्नो खुट्टा मुनिबाट बल लग्ने प्रयास गर्दैछ| पंकजको प्रयास सफल त भयो तर सबै चिजको केहि किमत चुकाउनु पर्छ| यो चाही केहि महँगो पर्यो पंकजलाइ| पन्कज्को पाइन्ट, उसको पुस्त बीचबाट उध्रियो|

केटाहरु अब आफ्नो हासो रोक्न असक्षम छन्| रोकुन त पनि कसरि, भुइमा लोटेर हास्नु पर्ने पल हो यो| अझै दुइ घण्टा कलेज बाकि छ र कलेजमा त्यति धेरै मान्छे पनि छन्| अनि पंकजको प्यान्ट च्यात्तिएको छ| पंकजलाइ लाज र अप्ठेरो हुदै छ अनि उसको साथीलाई रमाइलो| एकछिनलाइ हो रमाइलो तर साथीको इज्जत जोगाउनु त पर्यो| फेरी उनिहरुको कक्षा तिन तल्लामा छ| अब कसरि जान्छ त्यहाँ सम्म पंकज? साथिहरुले हास्ने मात्र काम गरेनन्, जुक्ति पनि निकाले| पंकजलाइकाधमा बोकेर हल्ला गर्दै लगे| सबैले किन बोकेको भन्दा, “पंकजले आज सहि बास्केट हानेर बाजी जित्यो|” भनि गफ पनि लाए| कक्षामा त पुगे तर अभ घर चाही कसरि जानु? सनिराआइ भनेको छैन फेरी| पंकजलाई लाज लाग्यो सनिरालाइ भन्न तर साथिहरुले जिस्काउन भने छाडेनन्| पंकजले जे बोल्दा पनि बिषय घुमाएर पंकजको प्यान्टमा लाग्ने उनीहरु तर सनिराले नबुझ्ने गरि|

साथिहरुले जिस्काउदा जिस्काउदै सनिरालाइ पनि केहि गडबड छ भनि शंख भयो र जान्ने चन्चलता पनि| सुरुमा पंकजलाइ नै सोधिन् उनले तर पंकजले केहि नभनेपछी अरुलाई सोध्न लागिन्| यता पंकज लाजले भुतुक्क भैसकेको छ, कहिँ कतै बाट कुरा फुस्किन्छ कि भन्ने डरले| एकछिन सम्म पनि कसैले केहि नभने पछी सनिराले झन् ढिप्पी गर्न लागिन्| यता पंकज झन् तनाबमा जादैछ|

 “केहि हैन, पंकजको प्यान्ट, ठ्याक्क पछाडी तिर त्यहि ठाउ उध्रियो बास्केटबल खेल्दा|” बिशाल ले यति भनेपछि पंकज बाहेक ८ जना नै हास्न लागे| एकछिन सम्म हासेको हासेई|

“उध्रेको चोली थाहा थियो| अब उध्रिएको प्यान्ट पनि देख्नु पर्यो|” साजनले यति थप्यो र अब के चाहियो? उनीहरुको हासो रोकिएला जस्तो छैन अब| कक्षा कोठामा सरको प्रबेस संगै  हासो त रोकियो तर उनीहरु अझै पनि एक अर्कामा कानेखुसी गर्दै हास्दैछन्|
अहिले केहि लाज लागेपनि पंकजको मन ….

Previous article
Next article

Latest Posts