Part 21

रात कट्यो, जीवन पुरै बाकि छ| उता पन्कजको माया अधुरो अनि बिछोड पनि| यता मेरो अतित अधुरो अनि बर्तमान पनि| मात्र केहि घण्टा अघिको कुरा त हो, पन्कज नै भ्रम हो महसुस हुदै थियो तर अहिले….

सन्जोग भनौ कि नशाको पागलपन,कसरि म हिड्दै ठमेलबाट माहाराजगंज पुगे| रक्सिको साथको आशमा पुगेको म निराश भएर चुरोट सल्काएर बसेको थिए, त्यहि बेला एउटा अन्जान मान्छे चुरोट माग्दै मेरो छेउमा बस्यो| अनि त्यहि अन्जान मान्छेले फेरी मलाई रक्सीको लागि आफ्नो घर जाने निमन्त्रणा दियो र मैले पनि केहि नसोची स्वीकारे| अचम्म हैन त?

शनिबारको दिन, आज अफिसको चटारो छैन| ए ला,कस्तो भुलक्कड म, मैले त भुलेछु भन्नलाई, मैले अफिस छाडे नि हिजोबाट, अब कहिले चटारो हुन्न अफिसको| मेरो यो निर्णय सहि कि गलत भनि मैले ठम्याउन सकेको छैन र ठम्याउनमा कुनै रुची पनि छैन मलाई| अफिस छाड्नु पछी केहि बिशेष कारण पनि छैन, मात्र मेरो एकहोरोपन र बेला बेला दिमागमा आउने नचाहिने खयालहरु| अफिस छाडेको कुरा जति सजिलै यहाँ भन्दैछु, त्यति सजिलै घरमा भन्न सक्दिन| बरु अफिस जादैछु भनि झुठ बोल्छु भनि मैले मन मनै सोचिसकेको छु| तर दिउसो भरि के गर्नु? यो चाही सोच्न बाकी छ| अनि तलब? त्यसको केहि चिन्ता छैन, “बिटकोइन”को बारेमा मान्छेलाई अहिले भर्खर अलि अलि थाहाहुदैछ तर मैले धेरै अघि थाहापाएको थिए र अहिले म संग २५ बिटकोइन छ| २५ हैन 24, एक अस्ति भर्खर बेचेको ४६०० डरलमा| अहिले झन् यस्को भाउ आकासिदैछ| अहिले सबै बेचे भनेपनि मलाई अझै ५ १० बर्ष बसी बसी खान पुग्छ|  

पन्कजको घरमा म पहिलो पटक आएको हो,कस्तो गजबको कुरा गर्दैछु म फेरी, पन्कजसंग भेट नै पहिलो पल्ट भएको हो हिजो| कफीको रुपमा फ्याफिन माग्यो शरीरले| भान्सा कहाँ छ थाहाछैन मलाई, भान्सामा कफी छ कि नाई त्यो पनि थाहाछैन मलाई, भान्सा त छ कि छैन भन्ने नि थाहाछैन| पन्कज सुत्दैछ,उसलाई बिउझाउनु उचित लागेन| अहिले बसेको कोठाबाट वरी परि 4 वटा ढोका देख्न सक्छु म, त्यसमध्य एउटा टवाइलेटको ढोका हो| अब बाकि रहेको तीनवटा ढोका मध्य एउटा ढोकापछाडी भान्सा कसो नहोला| तर तिन वटै ढोका लक गरिएको छ, चाबी कहाँ छ? यता उता चाबी खोज्न लागे,चोर जसरि या भनम प्रहरी जसरि| अन्त्यमा चाबी पन्कजको बगलीमा भेटियो|

नभन्दै एउटा भान्सा रैछ| कफी खोज्न केहि गाह्रो भएन मलाई तर भाडा र कप सबै फोहोर थियो| आफुलाई चाहिने जति भाडा सफा गर्नै पर्यो नि| बडो मिहिनेत लाग्यो एक कप कफी बनाउन पनि| क्याफिनको तलतल संगै निकोटिन पनि खोज्यो यो शरीरले,चुरोट सल्काए| म १० बजे उठेको मान्छे, पन्कज १२ बजे मात्र उठ्यो|

“सोल्टी उठिसकेको?”  पन्कजले उठ्ने बित्तिकै यति भन्यो, धन्न उसलाई म को हु भनेर याद छ| हिजो झ्याप भएर निमन्त्रणा दिएको थियो उसले,कहिँ आज भुलेर चोर चोर भनि  कराउछ कि भन्ने डर पनि थियो मनमा|

“हजुर साथि|” उसले सोल्टी भनेर सम्बोधन गर्ने अनि मैले चाही साथि भनेर,दुबैको अन्दाज भिन्न|

“किचेनको चाबी मेरो जकेटको बगलीमा थियो,भन्न नै भुलेछु सोल्टी| भोक लाग्यो होला तिमीलाई|” उसलाई के थाहा, चाबी अहिले उसको बगलीमा हैन भान्साको ढोकामा छ भनि|

“उम्म,मैले भेटे साथि| कफी पनि बनाएर लिईसके|” यसरि नै सामान्य कुरा हुदै गयो र भोक हामि दुबैलाई लागेको छ| उ पनि तैयार भयो र निक्लिएउ हामि भोको पेटलाई भर्न|

उ यहाँ को संग बस्ने हो? एक्लै त पक्कै नि हैन होला पुरै फ्ल्याट लिएर| यो सबै प्रश्नको जवाफ उसले मोमोको डल्ला चपाउदै दियो| उसको दाइ-भाउजु अहिले अस्ट्रेलियामा हुनुहुदो रैछ| त्यसैले आमाबाबा पनि ६ महिनाको लागि जानु भएको रैछ| आमा बुवा अस्ट्रेलिया गएको पनि पुग्-नपुग् दुइ महिना हुनलागेछ| त्यसैले उ अहिले यहा एक्लै बस्ने रहेछ| खाजा सकियो गफ अझै बाकि नै छ, उसको अतितको एउटा पाटो थाहाछ,बर्तमानको कुरा सुन्न बाकि नै छ| आखिर भेटेको एकदिन पनि नभई कोहिसंग कसरि यति घनिष्ट मित्रता गासिन सक्छ|

“अनि सोल्टी के गर्छौ नि?” बडो गाह्रो पार्ने प्रश्न सोध्यो उसले, ता उसंग लुकाउनु नै के छ र अब,उसलाई थाहा भएर के नै हुन्छ र|

“हिजोबाट बेरोजगारी संघको सदस्य भएको छु साथि|”  सायद यो कुरा केहि राम्रो ढंगले भन्न सक्थिए म तर यहि उचित लाग्यो|

“म पनि अहिलेलाइ त्यहि संघको सदस्य हु साथि| तर किन हिजोबाट चाही?” कुरा मात्र हैन हाम्रो परिस्थिति पनि मिल्दै छ|

“हिजो मैले राजिनामा दिएको| केहि महिनाको लागि भएनी अस्त-व्यस्त जीवनशैलीबाट पर रहन मन छ|” उसले किन सोध्नु अघिनै,उसले अघि सोधेको र अब सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिए|

“त्यसो भए भेट भइरहने भयो| ठमेल आएको बेला फोन गरन है|” एक अर्काको नम्बर एक अर्काको मोबाइलमा सेभ गरियो र लागे म ठमेल तिर| ठमेल किन? बाइक त्यहि छ मेरो,हिजो राखेको,अब त्यो लिएर पो घर जाने हो नि|

घरमा नगरकोट जादैछु भनि झुठ बोलेको थिए| त्यसैले किन ढिलो,हिजो कहाँ थिइस् जस्ता प्रश्नको सामना गर्नु परेन| फेरी घरमा मलाई केहि भन्नु हुन्थिएनअचेल,जुन बेला पुगेनी,या नापुगेनी| तर खबर चाही गर्नु पर्ने, ढिलो हुन्छ या आउन्न भनि| आखिर आमा बाबालाई म खुसि भए पुग्छ| जो मान्छे एक महिना अघि हस्पिटलमा जीवन त्याग्न खोज्दै थियो, अहिले उ खुसि हुने एक पल पनि गुमाउन खोज्दैन| म मा यति परिवर्तन पर्याप्त थियो बुवा-आमालाई|

“आमा,मैले पुरानो काम छाड्ने भए| आजबाट नया कम्पनिमा एक हफ्तासम्म राति तालिम छ, बाहिरको कम्पनि हो त्यसैले|” घरमा बस्यो एक्लै हुन्छु,फेरी निष्ठाको यादले सताउला भन्ने डर| म दुइ महिना अघि हस्पिटलमा जस्तो मान्छे भएर पुगेको थिए, पुन त्यहि मान्छे  हुनुछैन| त्यसैले आमासंग यति ठुलो झुठो बोले|  खालि कोठामा एक्लै बसी एक्लो हुनुभन्दा, धेरै मान्छेको बीच एक्लो हुनु उचित मान्यो मेरो मनले| बैंक ब्यालेन्स 3 लाख भन्दा माथि अनि दिमाग र मनमा नचाहिने कुराहरुको रास,सोमरसलाइ नै समाधान माने मैले सबै समस्याको|

२ बजे घर पुगेको ५ बजे निक्ली हाले| अहिले म डायरीमा कोर्ने मात्र हैन किताब पनि पढ्ने भएको छु| जागर चलेको बेला एउटा किताब एकदिनमै पढेर भ्याउछु भने अरु बेला 4 देखि ७ दिन सम्म लाग्छ|  सरु भक्तको “समय त्रसादी” भन्ने किताब पनि थियो मेरो झोलामा,अहिले सम्म एक पाना पनि पढेको थिइन| घरबाट निक्लिने बित्तिकै ठमेल गन्तब्य भनि निश्चित गरिसकेको थिए मैले| ठमेलमा एउटा ठाउ छ,……..

Previous article
Next article

Latest Posts