सरु भक्तको “समय त्रसादी” भन्ने किताब पनि थियो मेरो झोलामा,अहिले सम्म एक पाना पनि पढेको थिइन| घरबाट निक्लिने बित्तिकै ठमेल गन्तब्य भनि निश्चित गरिसकेको थिए मैले| ठमेलमा एउटा ठाउ छ, “Feed n Read” नाम गरिएको|धेरैले ठमेल भन्यो कि अस्त-ब्यस्त ठाउ,चहक भएको सोच्छन, गलत हैन त्यो सोच पनि| तर मान्छे ठमेल रक्सि र मोज-मस्तीको लागि मात्र जादैनन्, कोहि यो अस्त-ब्यस्त सहरको माहोलबाट पर हुन पनि जान्छन| हो यो “feed n Read” पनि त्यस्तै ठाउ हो,जहाँ मिठो कफी र खाजा सहित,जो कोहि पनि घन्टौ किताब पढेर बस्न सक्छन| बाहिरको माहोलले यहाँ भित्र केहि असर नपार्ने,शान्त अनि मान्छेको भिड पनि कम| पहिले पनि धेरै पटक आएर दुइ तीनवटा पुस्तक पढीसकेको छु यहाँ, मलाई यहाँको माहोल अत्तिनै मनपर्छ|
एक कप espresso अनि एउटा चिकेन बर्गर, मेनु बिना नै यति मगाए र “समय त्रसादी” पढ्न लागे| यो पुस्तक कस्तो छ भनि म अहिले समिक्षा गर्दिन तर यति चाही भन्छु, लेखाइ भिन्न र उत्कृष्ट छ र कथाबस्तु पनि| केहि भिन्न सिधान्त लिएर लेखिएको पुस्तक रैछ| ७ बजे सम्म एक सुरले पढीरहे यो किताब, एक तिहाई सकियो भनौ| अझै एक कप espresso भने र वरीपरि आखा दुलाउँन लागे| सबै टेबुलमा दुइ या दुइ भन्दा बढी मान्छे थिए, म भने एक्लै छु आफ्नु टेबुलमा| म जस्तै एक्लै बसेको अझै एक जना देखे,म भन्दा अलि परको टेबुलमा| उनको मुहार कस्तो छ विचार गरिन, मेरो आखा उनको मुहारमा हैन उनको हातमा रहेको पुस्तकमा छ| “लोलिता” पुस्तक थियो उनको हातमा,भ्लादिमिरको| त्यो पुस्तक पनि उत्कृस्ट लागेको हो मलाइ|
कफी आउन्जेल मोबाइलमा ध्यान सारे आफ्नु र कफी आउने बित्तिकै फेरी पनि आफ्नो ध्यान पुस्तकमा केन्द्रित गरे| ९ बजे सम्म मैले आधा किताब भ्याए, अब शरीरले रक्सि माग्न लाग्यो,शरीरले भन्दा पनि मनले| त्यहाँबाट निक्लिए र मर्करी लाउन्जमा पुगेर एउटा टुबोर्ग बियर भने| पंकजले यतै हुन्छु भनेथियो, उसलाई फोन गरौ कि नाई भनि दोधारमा परे| दोधार एकछिनमा नै बिलिन भयो नाउको पाइलाको डाप जस्तै| पंक्जलाई फोन लगाए|
“साथि कहाँ छौ?”
“म घरमा,बाहिर निक्लिन लागेको सोल्टी|”
“कहाँ बाहिर नि साथि?”
“ठमेल तिर|”
“म मर्करी लाउन्जमा छु,यतै आउ सिधै|”
पहिलो वाक्य पनि मैले नै सुरु गरे र अन्तिम वाक्य पनि मेरै नै रहयो| मैले फोन गरेको २० मिनेट भित्र पंकज आइपुग्यो|पहिलो बोतल बियर सकेर दोस्रो बोतल बियर भर्खरै मगाएको थिए, वेटरलाइ इशारा गरेर एउटा थप गिलास पनि ल्याउन भने| यहाँबाट सुरु भएको हाम्रो पिउने यात्रा रातको एक बजे,स्टार बारमागएर टुंगियो| यसै बीच हामी दुइ मिलि १२ वटा बियर पिएछौ| बेला बेलाम आफ्नु जिउ पन्कजको भर गरेर हिड्न लागे भने बेला बेला उ आफ्नु जिउ मेरो भरमा छाडेर हिड्न लाग्यो| नरसिंग चौक हुदै हामि “अस्कल” कलेज निक्लिएउ|
“सोल्टी, अब हामि छ दुइवटा विकल्प छ|”
“के के विकल्प साथि?”
“कि त ट्याक्सीलाई ६०० बुजाएर मेरो घर जाने कि त्यो ६००को दुइटा बियर किनेर हिड्दै जाने|”
मलाई दोस्रो विकल्प ठिक लाग्यो उसलाई पनि त्यहि नै गर्न मन रैछ| दुइटा बियर किनेर हामि बाटोमा हल्लिदै हिड्न लागेउ,सामाखुसी जाने बाटो बाट भित्र भित्रको बाटो लग्यो पंकजले| बियरको बोतल उसको घर नपुग्दै खालि भयो र त्यो बोतल हामीले बाटोमा नै छाडी हिडेउ| यो २५ मिनेटको यात्रामा, २ बोतल बियर र ६ वटा चुरोट पर्याप्त भयो हाम्रो लागि| पन्कजको घर पुगेको याद छ मलाई तर त्यसपछि के भयो होस् छैन, नशाको मातले निदाए म|
बिहान ८ बजे निन्द्रा खुल्यो र निन्द्रा खुल्ने बित्तिकै म आफ्नु घर लागे,घर जानु अघि पन्कजलाई उठाए| घर पुगेपछि मामुको प्रश्न “तालिम कस्तो रहयो?”| मनमनै सोच्दै हास”रक्सीको तालिम जहिले राम्रै हुन्छ|”
“राम्रो भयो मामु, निन्द्रा लागेको छ अनि भोक पनि|” मनको कुरा मामुलाई भन्न नमिल्ने,त्यसैले यति भने| अनि भोक र निन्द्राको कुरा चाही कि भनेको भन्दा, यति भनेपछि मामु सिधै भान्सा जानुहुन्छ र म थप प्रश्नबाट जोगिनेछु| खाना खाएपछि ओछ्यानमा पल्टेको मान्छे,फेरी भुस भएछु| मामुले 3 बजे उठाउनु भयो र खाजा पनि ल्याइदिनु भएको थियो| उठेर खाजा खाए र मुख धुन वासरुम छिरे|
हिजो जस्तै आज पनि ५ बजे घरबाट निक्लिए र लागे ठमेल तिर| त्यहाँ गएर फेरी पनि पुस्तक पढ्न लागे,वरिपरी सबै मान्छे अलग थिए हिजो भन्दा तर त्यो हातमा “लोलिता” किताब लिएर बस्ने केटि आज पनि एक्लै नै बसीरहेकी थिइ| आज भने मेरो आखाले उसको मुहारको पनि भ्रमण गर्न भ्यायो| तर उसको मुहारको बर्णन गरि हाल्न मिल्ने गरि उसको मुहार भ्रमण गर्न अझै बाकिनै छ| फेरी पनि हिजो जस्तै ९ बजे तिर पंकजलाइ फोन गरे| आज होटल फेरियो तर हाम्रो काम चाही त्यहि वियर पिउने नै छ| फेरी पनि आधा रात कटेपछि ठमेलबाट निक्लिएर पन्कजको घर गइयो| भोलि पल्ट फेरी पनि ८ बजे निन्द्रा खुल्यो र हिजो जसरि नै घर जानु अघि पंकजलाइ भनेर आफ्नु घर गए| घरमा पनि सबै त्यहि क्रियाकलाप नै दोहोरियो|
दिउसो सुतेर उठेपछि मामुले खिर र पुरी ल्याइदिनु भयो| फ्रेस भए र फेरी पनि ठमेल जाने तैयारी गर्न लागे| ब्यागबाट “समय त्रसादी” निकाले र “पाल्पसा क्याफे” भन्ने पुस्तक हाले| समय त्रसादी हिजै सक्याए मैले,भन्न भुलेछु|
हिजो अस्ति जसरि नै सबै मान्छे अलग थिए तर “लोलिता” पढी रहेकी केटि आज पनि एक्लै नै थि| मैले कफी मगाए र “पाल्पसा क्याफे” खोलि पढ्न लागेको थिए,उनि मेरो अगाडी आइ र …..
