Part 23

पुलिसको मा नजाने भनि चाही पक्का भयो| हामि दुइ बहेको यो घटना अरु कसैलाई नभन्ने भनि निस्कर्षमा पुगियो| तर यो सबै कन्चनलाइ कसैले किन गर्यो? प्रश्नछ तर जवाफ छैन| सबै सम्भावनाहरु बटुल्दै एक एक गरि केलाउदै गयौ हामीले तर पनि निस्कर्षमा पुगिएन|

अब फेरी यहि घटना दोहोरियो भने चाही के गर्ने? ल आज जे भयो भुल्न खोजम्ला दुबैले तर फेरी पनि यस्तै भयो भने नि? अहिले सम्म कसैलाई केहि नभनेपनि, यहि घटना दोहोरि रहयो भने यो घटना लुकाएर पनि हुन्न| घरमा कसरि भन्ने? प्रहरीको मा गएर हामीले गल्ति त गरेको छैनौ नि हामीले? घरमा त भन्नु पर्ने थियो कि? आज हामि मायाको कुरा हैन, दिउसो जे भयो त्यसको वरिपरी घुम्दै अड्कल गर्दैछु|

जवाफ पाउनु नै पर्ने प्रश्न भने फेरी अर्को छ| आज जे भयो, त्यसको उदेश्य चाही के थियो? के कन्चनलाइ नै निशाना बनाएर उनीहरुले यस्तो घटना गरेका हुन् कि कन्चन यसै मुछ्छिएकी हुन् यसम? आज त्यो समयमा, त्यो स्थानमा  कन्चन नभएर अरु कोहि नभएको भए, के ति महिला पनि सिकार हुन्थिन् यो क्रियाक्लापको? त्यो दुइ केटा आफै आएका हुन् कि अरु कसैले पठाएको हो उनीहरुलाई? भोलिबाट हामि सतर्क भएर के के कदम चाल्ने?आज कन्चन भोलि उनको मामु बाबालाई त सिकार बनाउने हैनन् नि कसैले?

“कन्चन, तिमि धेरै केहि नसोच| त्यो केटाहरु तिमीलाई नै त्यस्तो गर्छु भनेर आएक हैनन्|” कन्चनलाइ केहि भए पनि हौसला दिनु पर्नेछ, त्यहि कोशिसमा तात्पर छु म|

“हैन, उनीहरुको निशाना नै मै थिए|” कन्चनले ठोकुवा गरेर यो वाक्य भनिन्| आखिर कसरि उनि यति पक्का हुनसक्छिन्? उनीले मसंग केहि लुकाउदै छैनन् नि?

“तिमि किन जहिले नकारात्मक मात्र सोच्छौ| कसरि पक्का हुन सक्छौ कि उनीहरु तिम्रै लागि त्यहाँ आएका थिए भनि?” यो प्रश्नको जवाफ मलाई कन्चनले मात्र दिन सक्छिन्, प्रश्न गरे उनीलाई|

“मैले अस्ति देखि भन्दैछु तिमीलाई कि मलाई कसैले पछ्याएको जस्तो लाग्दैछ| म यहि बेला दिउसो खाजा लिन जान्छु भन्ने उनीहरुलाई त्यसै थाहा भयो? उनीहरुले मलाई पछ्छ्याए केहि दिन, अनि आज यस्तो गरे| उनीहरु तैयार भएर आएका थिए|” कन्चनले भनेको सबै ठिक पनि लाग्यो र तार्किक पनि लाग्यो| उनीले कसैले उनीलाई पछ्छ्याउदै छ भन्दा मैले हलुको लिएको थिए त्यो कुरालाई| हलुको लिएको पनि हैन, तर बिस्वास गर्न चाही मुस्किल भएको हो| फेरी आज बिहानबाट नै हामि संगै थियौ, त्यस बखत केहि भएन|

“म भोलि पनि बिहान तिमीलाई लिन आउछु अनि घर सम्म पुर्याउछु| तर म तिमि संगै चाही हिन्दीन आज जसरि| सायद उनीहरले मलाई देखेर बिहान नआएका होलान्| म म भइन भने फेरी पनि उनीहरुले यस्तै गर्न खोज्लान् यदि उनीहरु तिमीलाई नै हानि गर्न आएक हुन् भने| हुन्छ?” मेरो दिमागले यसभन्दा बढी केहि सोच्न सकेन|

“अनि दिउसो नि? मैले घरमा कसैलाई केहि भनेको छैन, दिउसो पनि त म निक्लिनु पर्छ नि बाहिर|” उनि पनि लाटी मान्छे,  बिहान उनको घर पुग्न सक्छु भने दिउसो सक्दिन होला? दिउसो पनि म नै आउछु भनि भने उनीलाई र यसरि उसको मन केहि भए पनि शान्त भयो|

उनको मन कति शान्त भयो, यो उनीलाई मात्र थाहाछ| मैले अनुमान गर्न सक्छु र मेरो अनुमानमा उनि अझै पनि अत्तलिएकि छिन् र उनको आखा अगाडी अहिले पनि दिउसोको दृश्य आउदैछ|  आज जे भयो त्यो घटनाले मेरो दिमागको सानो अंश मात्र ओगटेको छ| म भोलि सम्झीदै छु| भोलि  केहि भएन भने खुसि उनि र म दुवै हुन्छौ | तर फेरी घटना दोहोरियो भने भन्ने प्रश्न चाही दिमागको सौर्यमंडल वरी परि पृथ्वी जस्तै गरि घुमन लाग्यो| रात यसै बदनाम छ, अन्धकार त आजको घटनाले छाएको छ हाम्रो संसारमा| उनि फोनमा बोल्दा बोल्दै निदाइन् र म पनि निदाउने कोशिस गर्दा गर्दै निदाईछु|

बिहान उठेर सधै जस्तो कलेजको लागि तैयार भए र चौक पुगेर माइक्रो चढे| लोकन्थली ओर्लिएर कन्चनको घर अघि पुगे|  कन्चनको घर पुग्दा समेत पनि मेरो आखा बाटोको दुवै पट्टि डुल्दै छन् र वारीपरि त्यस्तो केहि अप्रिय क्रियाकलाप हुदैछ कि भनि मेरो मस्तिस्क सतर्क छ| कन्चनलाइ भेटे र हामि फेरी चौक तिर लागेउ| हामि बाटोको बाया पट्टि छौ र कन्चन मेरो दाया पट्टि| छेउबाट कुनै बाइक जादा पनि उनको मुहारको रंग बदलिने र मेरो मुटुको धड्कन पनि| कहिँ कुनै बाइक हिजो जस्तै  रोकिन्न नि? कन्चनलाइ आफ्नो बाया तिर सारे र हामि अघि बढेउ| आज त्यस्तो केहि अप्रिय घटना भएन, न कलेजबाट आउद न कलेजबाट फर्किदा|

उनीलाई घर छाडेर, म पनि आफ्नो घर फर्किए र दिउसो फेरी उनको घर अघि पुगे| उनि घरबाट निक्लीइन् र चौक तिर लागिन्| संगै नहिड्ने भनेको थियौ तर त्यो कुरा बिहान दुबैले भुलेउ| अहिले भने कन्चन अघि अघि हिड्दै थिइन् र म उनको १० पाइला पछाडी| बिहान भन्दा अहिले मान्छे र गाडी दुबैको छाप धेरै छ र कन्चनको हरेक पाइलासंगै मेरो रक्तचाप पनि उत्तिकै बढ्दै गयो| धन्न अहिले पनि त्यस्तो अप्रिय घटना केहि भएन| कन्चनलाइ घर भित्र सम्म छिरेको देखेपछी म आफ्नो घर फर्किए|

“म कति खुसि छु नि|”

“किन र?”

“आज केहि भएन हिजो जस्तो,त्यसैले|”

“तिमीलाई केहि थाहाछैन, तिमि घर फर्किएपछी म भान्सा छिरे अनि खाजा तैयार पारे| खाजा लिएर म बाल्कोनीमा बसेको थिए बाबा मामुसंग, बाहिर हिजोको जस्तो बाइक देखे| सायद हिजोको मान्छे पनि उनिहरु नै हुन्| ठम्याउन सकिन तर उनीहरु जस्तै लाग्यो मलाई| आज तिमि भएर मात्र मलाई केहि नगरेको जस्तो लाग्यो|”

“अनि दिउसो म थिइन नि? त्यहि पनि केहि भएन त?”

“बिहान तिमीलाई देखे, अनि दिउसो चिने होला फेरी| त्यसैले केहि नगरेको हो कि?”

“त्यसो भए के गर्ने  हामि?”

“मलाई कसरि थाहाहुन्छ?”

“म आज जसरि सधै आउछु नि तिमीलाई लिन र पुर्याउन|”

“सधै तिमि आएर हुन्छ? कहिले म कहाँ हिड्नु पर्छ कहिले कहाँ| कहिले मामु बाबा संग पनि हिड्नु पर्छ|”

“सधै नचल्ला तर जहिले सम्म हुन्छ यस्तै गरौ| अरु केहि उपाय छ तिमिसंग?”

“तिमि छौ भनि कति दिन पर्खेर बस्लान्, तिमीलाई पनि केहि गरे भने? के गर्ने?”

सुत्नु अघि , फेरी पनि निस्कर्ष बिहिन् रहयो हाम्रो बार्तालाप| सोच्न लागेउ दुवै……

Previous article
Next article

Latest Posts