अन्धकार रात कट्यो, तर हाम्रो जीवनमा अन्योलताको अन्धकार अझै पनि विजयमान छ| कन्चन जे घटनाहरु संग लड्दै छिन्, त्यसको उपाय अहिले सम्म हामीले निकाल्न सकेको छैनौ| अहिलेको निम्ति एउटा मात्र उपाय छ, त्यो हो कन्चनलाइ साथि दिने| त्यहि गरे मैले र बिहान कन्चनको घर पुगे उनीलाई लिन| कन्चनले बिहान उठ्ने बित्तिकै मलाई फोन गरेकी थिइन्|
“आज बिहानै देखि हिजो मैले भनेको मानिसहरु घर बाहिर छन्| कुनै बखत मूल गेट बाहिर हुन्छन भने कुनै समय चिया पसलमा देख्छु|” कन्चनले फोनमा मलाई यति भनेकी थिइन्| जाने बित्तिकै त्यो दुइलाइ समातेर मुखबाट रगत आउने गरि भकुर्न मन छ तर आबेशमा आएर केहि गर्नु हुन्न| आखिर कन्चनलाई अस्ति दुर्व्यवहार गर्ने यिनीहरु नै हुन् कि नाई भनि पनि पक्का गर्नुछ| यदि हैनन् भने अनायसै अरुलाई दुख दिनु पनि उचित हुन्न नि|
कन्चनले ति दुइको हुलिया मलाई फोनमा नै बताईन्| एउटाले कालो जिन्स र निलो टि-सर्ट लगाएको अनि अर्कोले सेतो जिन्स र पहेलो टि-सर्ट लगाएको| ति दुबैको अनुहारको घाचा पनि भनिन् मलाई कन्चनले| कन्चनको घर अघि पुग्दा कन्चनले बताएको हुलियासंग हुबहु मिल्ने दुइ जना देखे| कन्चन आइन् बाहिर र हामि दुइ चौक तिर लागेउ| म गफ कन्चनसंग गर्दैछु तर मेरो ध्यान हामि पिछाडी आइरहेका व्यक्तिमा छ| जुत्ताको तुना बाध्ने बहानाले सडक छेउमा अडेस लागे र पछाडी हेरेको, अघिको दुइ केटालाई हाम्रो केहि पछाडी देखे|उनिहरु बाइकमा थिए, कन्चनको शंका सहि साबित हुदैछ| सायद उनीहरु हाम्रै पिछा गर्दैछन्|
माइक्रो चढेउ हामि दुवै र बानेस्वर पुगेउ| माइक्रोबाट झर्ने बेला बाटो परि आखा गयो, अघिको बाइक र दुइ केटा देखे| मनमा थोरै भएपनि डर पस्यो मेरो, तर त्यो अनुहारमा आउन दीइन मैले| यदि मलाई डराएको देखे भने, कन्चन झन् डराउनेछिन् र कम्जोर पनि हुनेछिन् उनि| बाइक नम्बर याद गरे मैले र कन्चनलाइ उनको कलेज सम्म पुर्याउन गए| फर्किदा पनि मेरो आखाँ बाटो छेउमै छ, त्यो दुइ केटालाई फेरी पनि देखे मैले| अब यी केटालाइ भरे फर्किने बेला फेरी पनि देखे भने चाही म आफुलाई सम्हाल्न सक्दिन| यदि यिनीहरु बेलुका पनि यसरि हाम्रो पिछा गर्दै लोकन्थली पुगे भने चाही म आफ्नो धैर्यतालाइ तोड्न पुगेछु|
“ बिस्वास, कहाँ हो तिमि?” कलेज पुग्नु अघि आफ्नो साथीलाई फोन लगाए| यदि कहिँ केहि पर्यो भने उसलाई सम्झिनु भनि भनेको थियो बिस्वासले|
“कलेजमा छु, के भयो भन न यार|” बिस्वास र मेरो कलेज नजिकै नै हो| उसले आफु कलेजमा छु भन्दा केहि राहत पुग्यो मनमा| फोनमा भन्दा भेटेर विश्वाससंग कुरा गर्छु सोचे र उसलाई एकछिनको लागि कलेज बाहिर आउने भने| मैले भने बमोजिम नै बिस्वास कलेज बाहिर आयो र उसलाई एक एक घटना सुनाउदै गए|
“ उनीहरुलाई के गर्ने त अब? उनीहरु जस्तो छन् त्यसरी तह लगाउने कि प्रहरीको सहयोग लिने?” बिस्वास हेर्दा सोझो छ तर उसले धेरै मान्छे चिनेको छ| केटाहरुलाई जहिले सहयोग गर्ने भएर उसलाई सहयोग गर्ने मान्छेहरुको पनि कमि छैन|
“प्रहरीकोमा जाने भए तिमीलाई किन फोन गर्थिए मैले! प्रहरीको मा गए भने परिवारलाई पनि थाहा होला भन्ने डर|” प्रहरीमा भरोसा नभएको हैन तर केहि कारणले प्रहरीकोमा जान मानेन यो मन|
“ल ठिक छ त्यसो भए| त भाउजुलाइ लिन जानु अघि फोन गर मलाई, संगै जाउला| अनि म केटाहरुलाई पनि तैयार बस्न भन्छु लोकन्थलीमा|” बिस्वासले यति भने केहि ढुक्क भए म र बिस्वास आफ्नो क्लास गयो| पहिलो क्लासलाई ढिलो भइसकेको छ, दोस्रो क्लास जान मन छैन| तर अब गर्ने के?
कन्चनको कलेज बिदा हुने बेला सम्म पशुपति जाने निर्णय गरे| पशुपति पुगेर बसेको मात्र हो म, ध्यान अहिले पनि कन्चनमा नै छ| आखिर यो सबै उनिसंग किन हुदै छ यो घटना पछिको उदेस्य के होला? यहि सोच्न ब्यस्त भयो मेरो दिमाग| जति जोड दिदा पनि मगजले एउटा सतिक निर्णय लिन सकेन| बिस्वासले मदत गर्छु भनेको छ तर यदि यो घटना यत्तिकैमा नसकियो भने चाही के गर्ने?
९ बजेको छ, मोबाइल चलाउन लागे| यत्तिकैमा कन्चनको फोन आयो| उसले यति चाडै फोन चाही किन गरेकी हो? उनको कलेज सकिने बेला भएको छैन| सायद म पुगे कि पुगिन भनेर हो कि?
“छिटो सिभिल हस्पिटल आउ| म सिभिल हस्पिटल,मा छु|” कन्चनले यति भनेर फोन राखिन् र मैले फोन गर्दा उसले फोन उठाइन| आखिर उसलाई के भयो र उनि सिभिल हस्पिटलमा पुग्नु पर्यो? मनमा….
