हिजो अस्ति जसरि नै सबै मान्छे अलग थिए तर “लोलिता” पढी रहेकी केटि आज पनि एक्लै नै थिइन्| मैले कफी मगाए पछी किताब खोलि पढ्न लागेको थिए,उनि मेरो अगाडी आइन्, र टक्क उभीइन्| एकछिन अचम्म लाग्यो,आखिर किन उनि एक्कासी मेरो सामु आएर उभीइन्?
एकछिन सम्म उनिलाई नै हेरिरहे| हिजो उनको तारिफ गर्न बाकि राखेको काम आज पुरा गर्छु है| आखा केहि भिन्न छ, बिरालोको जस्तै,अनि त्यो आखा गाजलले सजाइएको छ| कपाल घाँटी सम्म पनि पुग् नपुग् छ, उनको अनुहारमा यो कपाल एकदमै सुहाएको छ| गाला अलि अलि पुक्क परेको, छोएको त छैन तर पक्कै पनि कोमल होलान् र छुदा कुनै स्पन्ज छोएको महसु हुन्छ होला| कंकाल जस्ती दुब्ली पनि थिइन उनि र घिनलाग्ने गरि ज्यान पनि लागेको छैन उसको| हातमा ट्याटु रैछ, नाम देखे त्यो ट्याटूमा,नाम पढ्न चाही भ्याइन| अर्को हातमा पनि ट्याटु रैछ, यो हातमा चाही केहि चिन्हहरु छन्, त्यो चिन्हले के जनाउछ चाही मलाई थाहाछैन| छाती पनि मिलेको, त्यहाँ दुइवटा आकार मिलेको टाकुराको आकृति देख्न सकिन्छ|
“हजुरले समय त्रसादी पढी सक्नु भयो?” म के भएको, उ अगाडी आएर उभिएकी थिइ, पक्कै पनि केहि भनेर सम्बोधन गर्नु पर्थियो होला मैले तर म भने उसको शरीरको आकलन गर्न लागे| मन मनै उसको मिलेको शरीरको बखान गाउदै थिए,उसले यति भनेर मलाई फेरी यो संसारमा फिर्ता ल्याई| मैले एकसुरले उसलाई हेर्दै थिए,उसले सोच्न पो के सोची होला? उसले जे सोच्नु सोचोस्, मैले भने एउटा नया कुरा थाहापाए| गएको दुइ दिन देखि मैले मात्र उसलाई ध्यान दिएको हैन रैछु,मैले पनि उसको ध्यान खिचेको रैछु, नत्र उसलाई कसरि थाहाहुन्छ म त्यो पुस्तक पढ्दै थिए भनि|
“हजुर,हिजो सकियो|” उनको प्रश्न सामान्य थियो, मैले जवाफ पनि सामान्य नै राखे|
“मैले धेरै ठाउमा खोजे त्यो किताब,तर पाइन| मलाई त्यो पढ्न दिनु न|” उनले यो आग्रह गर्छिन् भन्ने कुरा चाही मैले आकल काटी सकेको थिए| मैले पनि धेरै भनसुन गरेर मुस्किलले भेटेको पुस्तक हो “समय त्रसादी”|
“हुन्छ, तर घरमा छ,भोलि दिन्छु नि ल|” मैले हाम्रो वार्तालापमा केहि रह भर्न सकिन,सायद त्यो पल नै रसबिनाको पल थियो|
“ हुन्छ| हजुर सधै आउनुहुन्छ यहाँ?” म उसको हरेक प्रश्नको जवाफ सामान्य तरिकाले,कुनै चासो नदेखाएर दिदै थिए तर उसको हरेक प्रश्नमा एउटा चासो छ, खोइ उसले के सोच्दै छे|
“सधै त हैन, धेरै दिन पछी अस्तिबाट आएको हो| यो हफ्ता यतै हुन्छु|” मैले यति नभनेको भए, सायद उसले मलाई रुखो मान्छे सोच्थीन् होला, किन कि उसको वाक्यमा रस थियो र मेरो हरेक जवाफ बालुवा जस्तै खस्रो छन्|
“एउटा आग्रह गर्छु, नाई नभन्नु ल?” अचम्मको कुरा गरिन् उसले,आग्रह भनेपछि त्यो स्वीकार्ने कि नाई मेरो हातमा पो हुन्छ,नाई भन्न त पाउनु पर्यो नि मैले|
“तिम्रो आग्रह भनेपछि मैले चित्त बुझे हुन्छ भन्छु, नबुझे हुन्न् भन्छु| आदेश भएको भए पो नाई भन्न पाउथीन|” मनमा लागेको कुरा जस्तोको त्यस्तै राखे उनि सामु|
“त्यसो भए आदेश नै सम्झिनु होस्|” मैले बडो मज्जाको जवाफ दिएको जस्तो मानेको थिए तर हैन रैछ| उसको यो वाक्य सुनेपछि लाग्यो,मैले आफ्नो खुट्टामा आफै बन्चरो हानेको रैछु|
“आदेश दिनलाई आत्मीयपन हुनुपर्छ|” म पछी परिन, उनको सामु आफ्नु जवाफ फर्काउने खुबी दर्शाउन लागे|
“आज पो छैन,अहिले पो छैन, पछी होला नि,के थाहा|” उनको यो वाक्यपछी म हारे भनि ढुक्क भए,कस्तो मज्जाले जवाफ फर्काएकी उसले|
“ल आदेशको पालना गर्नेछु,भन|” मन मनै हार उसको वाक्य सुन्ने बित्तिकै स्वीकारेको थिए,उसको अघि चाही आफ्नु वाक्य संगै हार स्वीकारे|
“हजुरलाई पनि किताब मनपर्छ,अनि मलाई पनि,अहिलेलाइ एउटा टेबुलमा बसौ|” उसले जाबो यति कुरा भन्न यति भूमिका बाधेकी? के के न होला सोचेर मैले आफ्नो समय मात्र खेर फ्यालेछु|
“हुन्छ|” मैले यति भनेपछि उनि म बसेकै टेबुलमा आइ र मेरो अगाडिको कुर्सीमा बसी|
गफ सामान्य हुदै गयो| म पढ्न गएको मान्छे,उ गाडी आएर बसेपछि एक पृष्ठ पनि पढ्न पाइन| कुनै बेला आफैले ध्यान दिन सकेको थिन भने कुनै बेला उसले ध्यान भंग गर्थीन्| सायद संगै बस्ने उसको आग्रह गल्ति साबित हुदैछ| अब किताबमा ध्यान लगाउन नसकेपछि, उसले थाहानपाउने गरि उसको मुहारमा र जिउमा आखाँ दुलाउन लागे|
कुन कुन पुस्तक पढिएको छ,कुन मन पर्यो कुन मन परेन,किन मन पर्यो किन मन [परेन, कुन पुस्तकको कुन अंशले मुटुमा छोयो,यस्ता कुराबाट सुरु भएको कुरा| बिस्तारै परिवारमा को को हुनहुन्छ र खा बस्ने सम्म पुग्यो| ७ बज्यो र उ जान्छु है भन्दै गइ र मैले भने पंकजलाइ फोन गरे| पंकज आयो र के भयो भनि राख्नु पर्दैन होला| ठमेलबाट उसको गाह्र पुग फेरी पनि १ बज्यो,अनि बिहान उठ्दा ८| उठेर घर गए र खाना खाएपछि किताब पढ्दा पढाई निदाएछु| आमाले सधै जस्तो 3 बजे उठाउनु भयो र खाजा खाएर तैयार हुन लागे| ब्याग बोके, बाइक स्टार्ट गरे र हिडे ठमेलको लागि| आज अरु दिन भन्दा………
