Part 24

“कसरि थाहा पायौ?” मेरो प्रश्नको बर्षामा आज उ रुझ्ने भयो| तर उसको यसपछि जे जवाफ आयो म स्तब्ध भए,सायद पालि मेरो थियो आश्चर्यको बर्षामा रुझ्ने|

“तिमीले मलाइ किन नबोलाएको? म मिल्ने साथि हैन तिम्रो?” उसको यति वाक्य,अनि म एकछिन चुप भए,जवाफ नै भेटेन,न मेरो दिमागले न मनले|

“हामि केटीहरु मात्र जाने कुरा थियो,त्यसैले हो तिमीलाई नबोलाएको|” सुष्माले उसलाई नबोलाउने भनेको कुरा उसलाई भन्नु उचित लागेन,आखिर किन सुष्मालाइ नराम्रो बनाउनु उसको अगाडी| आखिर हामि केटि मात्र नै गाको हो नि, यति चाही सोच्न भ्यायो मेरो मन अनि मस्तिस्क दुबैले|

“तर भन्नु त पर्छ नि,मलाइ कस्तो नराम्रो लाग्यो थाहाछ तिमीलाई?” उसको मनलाई यो हदसम्म यो कुराले धक्का पुर्याउछ भन्ने कुरा मेरो मगज मै आएन|

“तिमीलाई थाहाछ जस्तो लाग्यो नि त मलाई|” उसंग सायद पहिलो पल्ट आज म झुठ बोल्दै छु|

“अफिसमा मसंग सबैभन्दा मिल्ने तिमि नै हो,तिमीले नभनेपछी कसरि थाहाहुन्छ मलाइ|” उसको स्वर भावुक हुदै गएको प्रस्ट महसुस गर्दैथिए मैले|

“सरि, अनि अघि थाहा छ भनेको हैन?” यो समयमा,मेरो यो प्रश्न कत्तिको सहि हो थाहाछैन,तर थाहापाउन मन लाग्यो,आखिर कसरि चाल पायो उसले|

“मेरो साथीले तिमीलाई दरबारमा देखेको रैछ,उसले नै भन्यो|” के रे उसको साथीले मलाई चिन्छ? एकछिन मैले गल्ति सुनेछु कि जस्तो लाग्यो तर गल्ति कसरि हुन सक्छ,म हैन प्रकाश पो मात्तिएको हो|

“तिम्रो मेरो साथीले मलाई चिन्छ?हाउ कम?” एउटा पछी अर्को प्रश्न गर्दै गए म, सायद धमलाको प्रतिबिम्ब हुन खोज्यो यो मेरो मनले|

“चिन्छ रे ,भाउजु भन्छ तिमीलाई| आखिर तिमि किन बुझ्दिनौ म माया गर्छु तीमीलाई|” उसको पहिलो वाक्यमा उ केहि हासेको जस्तो लाग्यो तर दोस्रो वाक्य ,हो दोस्रो वाक्य त्यसपछि उ रुन लाग्यो| पहिलो पल्ट हो कोहि केटा म अघि रोएको हो,एक त उसको दोस्रो वाक्यको जवाफ थिएन म संग,अनि झन् उ रुदै पनि थियो, मैले केहि गर्न र भन्न नै सकिन| बुझ्न पनि केहि गाह्रो भयो, उसले ब्यक्त गरेको यी भावाना उसकै हो कि उसले पिउदै गरेको रक्सीको|

“मैले तिमीलाई अहिलेबाट हैन,कलेजबाट नै मन पराएको हो,तर त्यो बोल्ने आट थिएन,झन् मनको कुरा कसरि भन्नु| अनि तिमिलाइ जब अफिसमा देखे,मेरो आखा एकछिन रसाएका थिए र लजाएका पनि| पहिलो पल्ट हो,कसैलाई देख्ने बित्तिकै आखा पहिले रसाएको अनि त्यसपछि लजाएको| तिमीसंग बोल्दै जादा लाग्यो,सायद तिमि नै हो मेरो लागि जसलाई म माया गर्न सक्छु,त्यो पनि आफु भन्दा बेसी| जति तिमिसंग नजिकिदै गए,त्यति म आफुबाट टाढिदै थिए,आखिर तिम्रो बारे सोच्न बाहेक आफ्नु बारे सोच्ने समय पनि थिएन| तर तिमीलाई भन्न सकिन,डर लाग्यो,तिमीले हुन्न भनेउ भने,त्यसैले समय कुरेर बसेको हो मैले| समय संगै अझै नजिकै जान्छौ हामि भनेर सोचेको तर आजको कुराले मेरो सब सोचहरु नै अन्योलमा पुग्यो| अभ अझै पर्खिन सक्दिन, बुझेउ नि,म तिमीलाई माया गर्छु|” उसको अघिकै जवाफले म स्तब्ध थिए,उसले झन यति थपिदियो मैले केहि बोल्न नपाउदै|

अघि सम्म अलिअलि काम गरिरहेकोमन र मस्तिस्क पनि अचानक रोकियो,केहि सोच्न सकिन,बोल्न परको कुरा हो| म चुप रहे एकछिन र उसले “केहि त बोल” भनेर कोट्याउन लाग्यो,यहि शिलशिला ८ ९ चोटी दोहोरियो तर मैले उसलाई भन्ने जवाफ भेटिन| फेरी उसको हरेक शब्द संगै उ अझ रुदै थियो,यसले झन् गाह्रो तुल्यायो मलाई, अनि हरेक वाक्यको अन्त्यमा “आइ लव यु”,एक पछी अर्को गरि उसले मलाई झन् गाह्रो बनाउदै गयो|

कसैले मलाई प्रेम प्रस्ताब राखेको पहिलो पटक हैन,तर जहीले शोभा हुन्थी मेरो लागि के गर्ने भनि भन्नलाई | शोभा भने आज आफै ढलेकी थि,अभ मैले एक्लै यो परिस्थितिलाई कसरि साम्य बनाउने भनेर सोच्न गाह्रो भयो| आखिर मैले प्रकाशलाई मन नपराउने पनि हैन,तर के यो काभी छ मैले उसलाई हुन्छ भन्नलाई| “म भोलि भन्छु नि|” कति पल्ट यति भनेर पनि अहिलेको लागि यो स्थितिबाट बच्ने कोशिश गरे तर उसले मानेन,उसको जिद्दी नै “नाई अहिले भन” मा अड्किएको थियो| त्यसपछि मेरो मन पग्लियो तर दिमाग भने मुल्यानकन गर्न मै ब्यस्त भयो| र अन्तिममा एउटा निस्कर्षमा पुग्यो दुवै मन र मस्तिस्क| शोभा भनेको मेरो सबै भन्दा मिल्ने साथि, अनि उ बाहेक अरु ४ ५ जना केटि साथि छन् तर केटा साथीमा मिल्ने भनेको उ मात्र एकजना| अभ मलाई भने केहि डर लाग्न लाग्यो,कहिँ मैले उसलाई नाई भनेर गुमाउने त हैन, अन्तिममा मैले उसको माया स्वीकारे|

उसको माया स्वीकारे भनु कि,हाम्रो पुरानो सम्बन्ध जोगाउन नया सम्बन्धको सुरुवात गरे त्यो चाही अलि बुझ्न गार्हो पर्यो मलाई पनि|

Previous article
Next article

Latest Posts