Part 23

धेरै सम्भावनाको अवलोकन गर्दा गर्दै हामि घुम्न जाने भनेको शुक्रबार पनि आयो| दुइटा कुरा भन्न बिर्सेको, शोभा पनि हामि संगै आउने भएकी छे र हाम्रो गन्तब्य चाही “बुटवल दरबार लाउन्ज”को हो|

आफुलाई भोकले हत्तु बनाएको थियो,केटीहरु वाइन मगाउन हत्तारिए| झन शोभाले जाने बित्तिकै “दाइ दुइटा चुरोट “ भानिहाली,उसको यो बानि चाही जहिलेको हो| यसै नाच्न र रमाउन जुन बेला पनि तैयार हुने यिनीहरु,जब वाइनले छुन लाग्यो, एक गुठ भएर नाच्न लागे र उनीहरुसंग म पनि|

“आज त तैले एक घुट्की भए पनि खानै पर्छ|” शोभाले यहाँ बाट सुरु गरेकी जिद्दी,अन्त्यमा सबैले उसलाई साथ दिए र मैले एक घुट्की भएपनि पिउनै पर्यो| एक घुट्की भनेको,अन्त्यमा एउटा गिलास राखिदिए हातमा र सबै सक्याउन जोड दिन लागे| त्यो पहिलो घुत्किको स्वाद नै यस्तो नमिठो थियो,झन्डै वाकेको मैले,त्यसैले अरु वाइन खान सक्ने आत नै आएन| फेरी उनीहरु यति झ्याप थिए, मेरो हातमा थमाईएको वाइनको गिलासबाट मैले उनीहरुको गिलासमै त्यो वाइन खन्याइ दिएको पनि चाल पाएनन् उनीहरुले|सधै जस्तो आजपनि एउटीले वाकी,यो न उसको लागि न मेरो लागि नया कुरा हो|

म बाहेक सबै जना मात्तिएका,मात्तिएका मात्र हैन,ढल्न मात्र बाकि थिए तर म बाहेक| अब सबैलाई एक एक गरि घर पुर्याएर मात्र आफ्नु घर जान मिल्ने, जिम्मेवारी नै भयो यो मेरो| एउटीको घर “लुम्बिनी अन्चल अस्पताल” छेउमा थियो| सबै जना एउटा ट्याक्सीमा जसो तसो गरेर बसेउ र उसको घर तिर लागेउ,घर पुग्नु केहि अघि मात्र “म यस्तो हालतमा घर गए भने मार्छन|” भनी| थाहा रैछ मार्छन भन्ने,किन पिउनु यसरि,रिस पनि उठ्यो एकैछिन भएपनि|अभ उसलाई मेरो घर पनि लान नमिल्ने यस्तो हालतमा| उसले सुरुमा यति भनेपछि सबैले एक एक गरि यहि भन्न लागे र अन्त्यमा केहि नलागेर “लुम्बिनी अन्चल अस्पताल” छेउमा रहेको “होटेल न्यु एरामा” बस्ने भैयो सबै| कलेज र स्कुलबाट शैक्षिक भ्रमण जादा बाहेक,म कहिले पनि होटेलमा बसेको थिन तर आज पहिलो पटक हो, म होटेलमा बस्दैछु,त्यो पनि अरुसंग|

निदाए सबै जना, लाटोकोसेरो जस्तै म मात्र बिउझिएकि छु, अरुलाई रक्सीको मातले सुतायो,आफु भने मध्ये रात पर्दा पनि सुत्न सकेकी छैन| प्रकाशको याद आयो फेरी,सधै यो बेला सम्म फोन गरिसक्ने मान्छे,आज भने एकपल्ट पनि गरेको थिएन| आफु एक्लै भए साथीहरु बीच भएपनि, प्रकाशलाई फोन लगाए| फोन लागेको दुइ घन्टी मै फोन उठायो उसले पनि,मेरो हेल्लोको जवाफ फर्काउदा नै उसको आवाजमा केहि परिवर्तन महसुस गरे मैले|

“के गर्दैछौ?किन नसुतेको अहिले सम्म?” कुरा कहिँ बाट निकाल्नै पर्यो, सुरुवात यहिबाट गरे मैले|

“रक्सि पिउदैछु|” मेरो दुइटा प्रश्नको उत्तर उसले दुइ शब्दमा दियो र त्यो पनि प्रयाप्त हुने गरि|

“मान्छेहरुले किन पिउछन रक्सि पनि,यस्तो नमिठो चिज किन खानु,अचम्म|” अघि चाखेको वाइनले अहिले सम्म मुखको स्वाद बिथोलेको छ, यो रक्सि भन्ने चिज अभ मन पर्ने छोड्यो|

“तिमीलाई के थाहा मिठो हुन्छकी हुन्न| नखाने मान्छेलाइ के थाहा|” उसले बोलेको यो वाक्य अहिले दुइ घण्टा अघि सम्म साचो थियो तर अहिले….

“तिमीलाई भन्नै पाको छैन,आज म साथीहरु संग घुम्न आकि छु,मैले पनि अलिकति चाखेको वाइन अघि|” सुस्माले उसलाई नलाग्ने भनेपछि,मैले उसलाई हामि घुम्न जाने कुरा नै गरेको थिन तर अभ भन्नै पर्यो|

“मलाइ थाहाछ|” उसको यो जवाफले कस्सम एकछिन मलाई सोचमा धकेल्यो,मैले रक्सि खाएको कसरी थाहा पायो उसले,कहिँ मेरो बोल्ने शैली त परिवर्तन भएको छैन नि?

“कसरि थाहापायौ मैले वाइन चाखे भनेर,खुब जे नि भन्दिने है|” आखिर उसले कसरि थाहापायो,यो कुरा अभ मेरो लागि एउटा आस्चर्य नै भयो|

“त्यो हैन,तिमीहरु घुम्न गएको थाहाछ भनेको|” मैले अर्कै सोचेकी रैछु र उसले अर्कै तर हामि घुम्न गएको पनि कसरि चाल पायो उसले? अफिसमा उ सबैभन्दा मिल्ने मसंग हो,मैले भनेकै छैन|

“कसरि थाहा पायौ?” मेरो प्रश्नको बर्षामा आज उ रुज्ने भयो| तर उसको यसपछि जे जवाफ आयो म स्तब्ध भए…

Previous article
Next article

Latest Posts