सनिरासंगको दुइटा घटना पनि यत्तिनै मजाको छ| पहिलो घटनाबाट सुरु गर्ने कि दोस्रो? सोच्ने समय को सँग छ र? पहिलो घटनाबाट सुरु गरौ|
Sports carnival को अन्तिम दिन र बास्केटबलको फाइनल| बास्केटबल फाइनलमा एउटा टिम पंकजको नै हो र अर्को टिम कुन थियो होला? अस्ति भर्खर +२ को जुन केटाहरु चर्काचर्की परेको थियो, हो त्यहि केटाको टिम थियो जुन फाइनलमा छ| एकछिन, हैन हैन| एकछिन जिस्किएको मात्र हो| ११ क्लासको एउटा टोलि पुग्यो फाइनलमा| अब जित कसको हुन्छ?
खेल सुरु भयो| पहिलो र दोस्रो चरण चरण निकै प्रतिस्पर्धामक नै भयो| तेस्रो चरणको पहिलो मिनेटमा नै पंकज चिप्लियो| आफ्नै जुत्ताको फित्तामा अल्झिएर उ गुल्तियो र घुडा घिस्रियो पक्कामा| घाउ निकै ठुलो भएको छैन, छाला पिल्सिएर केहि तछारिएको मात्र हो| तर घुडामा चोट भने लाग्यो| जोर्नीको चोट अनि कुद्नु पर्ने| पंकजलाइ कठिन भयो| पंकजलाइ खेल छाडी बाहिर निक्लिन मन छैन र उसको नैतिकताले पनि दिएन| यदि उ निक्लिएको भए उसको ठाउमा साजन आउने थियो जसको उचाई पनि कम छ र यो खेलमा दखल पनि कम छ|
Move spray छर्कियो उसले धुडामा| जसरि पनि उसलाई अभ को १५ मिनेट खेलमा नै बस्नु थियो| उसले हाडको दुखाइलाइ move लगाएको हो तर त्यहा घाउ पनि थियो| त्यो घाउमाmove पर्दा, पंकजलाई जिउदै चितामा जलेको महसुस भयो| घाउ चर्चराउन पनि लाग्यो र पालना पनि| पंकज पिडामा चिच्यायो र आखाबाट आशु बग्न लागे| त्यो आशु उसको क्रन्धन हैन, आफै बग्दै थिए| पंकजले हिम्मत गरि खेलमा अघि बढ्यो र खेल फेरी सुरु भयो| तेस्रो चरण यसरि नै सकियो र पंकजको टिम 4 अंकले अगाडी छन्|
जब खेल्दै थियो, पंकजलाई पिडा महसुस भएको थिएन| जब तेस्रो चरण पछी बिश्राम भयो, पसिना उसको घाउमा गयो र फेरी पोल्न लाग्यो| घाउ ताजा छ र चर्चराउदै पनि छ| अब पंकज हिड्ने हालतमा पनि छैन तर उसलाई खेल छोड्न अँ पनि छैन| सनिराले पनि अनुरोध गरिन् तर पनि पंकज राजि भएन| लंगडो अवस्था पुगेर पनि पंकज खेल्न लाग्यो| जिद्दी राम्रो हुन्न| मनलाइ जित्न सक्नु पर्छ यस्तो अवस्थामा| पंकजले गर्दा उसको टिमको प्रदर्शन खस्कियो| साजनले पंकज जति राम्रो नखेलेपनि केहि सहारा त दिन्थियो तर पंकजलाइ कसैले सम्झाउन सकेनन्|
पंकजको उत्क्रिस्त चाल भनेको नै lay-up हो तर दौडिन नसकेको कारणले उसको यो चाल महत्वहीन भएको छ| dribble गरेर छक्याउने झन् परको कुरा हो| पंकजको जिद्दीले नै गर्दा हो, 4 अंकले अघि रहेको उसको टिम 4 मिनेट बाकि हुदा ६ अंकले पछी छ| खेलको अन्तिम समय, केहि गर्मा-गर्मि नै हुन लाग्यो| अघि भन्दा केहि आबेगमा छन् दुवै टोलि| २ मिनेट बाकि अभ अनि पंकजको टिम 3 अंकले पछाडी| सौगातले २ अंक जोड्यो र त्यसको लगत्तै बिशालले पनि दुइ अंक जोड्यो| अभ पन्कज्को टोलि १ अंकले अगाडी छन् रखेलको अन्तिम मिनेट बाकि छ| पंकज भने कोर्टको आधि हिस्सामा छ| दौडिन सकको छैन, खल्च्यान् खल्च्यान् गर्दै हिड्दै छ| उसको अगाडीबाट प्रतिसपर्धिले बल लगेर स्कोर गरेर दुइ अंक ल्यायो र ३० सेकेन्ड बाकि हुदा पंकजको टिम १ अंकले पछाडी छ|
बल चाल्ने अवसर पंकजको टिमसंग छ र घडीमा जम्मा ३० सेकेन्ड पछाडी छ| बिशालले बल चाल्यो र सौगातलाइ दियो अनि सौगातले पंकजलाइ| पंकज कोर्टको बीचमा छ र पंकजको हातमा बल पर्ने बित्तिकै उसको टिमको सबै अगाडी पुगे| अब उसले सौगात, विशाल, चन्द्र र निकेश मध्य जसलाई पनि बल दिन सक्थियो| यो अन्तिम अवसर हो| पंकजले पहिले पनि त्यहि दुरीबाट बल छिराने अभ्यास गरेको थियो र अहिले पनि त्यहि प्रयास गर्यो| उसको यो निर्णयलाइ म मुर्खता भन्छु, अन्तिम अवसरमा कसैले पनि यति धुलो जुवा खेल्नु हुन्न| यहाँ कुरा उसको मात्र हैन पुरै टिमको छ| बरु उ आफै केहि पाइला अगाडी गएर बल हानेको भए हुन्थियो या सौगात र बिशाल एकदम सहि स्थानमा थिए| पंकजको यो निर्णय गल्ति हुन स्कथियो तर उसको भाग्य बलियो रैछ र बल जाली भित्र गयो अनि उसको टोलि दुइ अंकले अगाडी छ| समय धेरै बाकि छैन अब बल चाल्ने मौका प्रतिस्पर्धी टोलीको|
पंकजले ल्याएको तिन अंकमा रम्दै थिए उसको टिमको सबै टोलि र त्यसकै फाइदा लिएर बिपक्षि टोलीले बल चाल्यो| बिपक्षि टिमबाट दूइ जना अगाडी आए र पंकजको टिमबाट कोहि छैन| पंकज पनि दौडिन नसक्ने हालतमा छ| फेरी पनि उसको अगाडीबाट बल लगेर अंक ल्याउन लागेको थिए बिपक्षि टोलीले| पंकजले नियम अनुरुप रोक्न नसके पनि आफ्नो खुट्टा तेर्स्याईदियो र बिपक्षि टोलीको खेलाडी लड्यो| पंकजको यो क्रियाकलाप खेल नियम र भावना दुवैको नजरबाट गलत हो| पंकजले ठिक गर्यो भन्न मिल्दैन तर उसलाई यहि ठिक लाग्यो होला त्यो पलमा| यहि घटनाले गर्दा पन्कज्को टिम बिजेता भयो|
जब अन्तिम सिठ्ठी बज्यो, पंकज पिडा र खुसि दुवैमा चिच्याउदै भुइमा थचक्क बस्यो| यो खेल जित्न पंकजले निकै ठुलो मुल्य चुकाउनु परेको छ| पहिलो चोट लाग्यो| धुडाको चोट सबैले देख्यो तर अन्तिम पलमा खेल जित्न उसले जे गर्यो, त्यसले उसको आफ्नै नैत्कितामा ठेस पुर्यायो र उसको मन चोटिलो भए| अनि यो सबै के को लागि? जितको खुसि र एउटा मेडलको लागि? आत्माग्लानिमा प्रवेश गरेको मात्र के थियो, उसलाई अचानक खुसि महसुस भयो| सौगात सहित अरु जितको खुसि मनाउदै थिए र कोर्टमा अरु मान्छेहरु पनि प्रवेश गर्दै थिए| यत्तिकमै सनिराको प्रवेश भयो| सनिराको अनुहार हेरेर यो महसुस हुदैछ कि त्यो खेलमा उनि पनि सामेल थिइन् र खेल जिताउने मुख्य पात्र नै उनि हुन्| उनि खुसि हुदै उफ्रिदै पंकज निर पुगिन् र पंकजलाइ अन्गालोमा अहाल्डिया हाल्दै गालामा चुम्बन गरिन्? यो सबै उनले किन गरिन्? त्यहाँ त्यति मान्छे बीच उनलाई अप्ठेरो महसुस भएन?
सनिराको त्यो चुम्बनले पंकजलाइ आत्माग्लानिबाट बाहिर तान्यो र हर्ष तिर ठेल्यो| पंकजलाइ बल्ल केहि जित जस्तो लाग्यो र जितको मुल्य उसलाई बल्ल महुसुस भयो| उसले जितको लागि जति ठुलो मूल्य चुकाएपनि, फिर्तामा केहि बहुमुल्य पल पायो| सनिराले गालामा चुम्दा पंकज यत खुसिछ| सनिरको ओठलाई उसको ओठले चुमेको भए अहिले पंकजको हाल के हुन्थियो होला खै? छपंकजलाइ गालामा चुम्बन गर्ने बित्तिकै सनिरा आफ्नो ओठ पुछ्न लागिन्| पसिनाले भिजेको गाला चुम्नुको अनुभव कुन चाही ओठलिया मन पर्छ र| सनिरासंग पनि यहि नै भयो| झन् पसिनाले लुथ्रुक्क भएको पंकजलाई उनले अंगालेकी पनि थिइन्, आज उनले दोस्रो पटक नुहाउनु पर्ने हुन्छ| सनिरासंगको यो पहिलो पल पंकजको लागि स्मरणीय पल हो|
अब पालो दोस्रो पलको| दोस्रो पलले गर्दा पंकज चुरोटको कुलतबाट नै पन्छियो| पहिलो semester को Board exam छ 3 दिन पछी…
