Part 25

अब पालो दोस्रो पलको| दोस्रो पलले गर्दा पंकज चुरोटको कुलतबाट नै पन्छियो| पहिलो semester को Board exam छ 3 दिन पछी| स्कुलमा हुदा परिक्षाको दिन नजिकिदै गएपछि जहिले पंकज सनिराको घरमा हुन्थियो र अहिले स्नातकमा केहि बदलाव आएको छैन| कलेज पनि बिदा छ, बिहानको खान खाएर निक्लिएको पंकज, बेलुका मात्र फर्किन्छ| कहिले खाना खाने गरि फर्किन्छ र कहिले खाना खाएर| यस्तो गर्दा सनिराले पनि ध्यान दिएर पढ्दै थिइन् र पंकजले पनि पहिले पढेका सबै पाठहरु दोहोर्याउदै छ|

करिब ११ बजेको हाराहारीमा किताब लीएर बस्छन दुवै| कहिले सनिराको कोठामा र कहिले उनको छतमा| थोरै गफ, थोरै मस्ती अनि ध्यान पुस्तकमा| कहिले गफ गर्दै चियाको चुस्की लिन्थिए र कहिले एउटा हातमा चियाको कप हुन्छ अनि अर्को हातमा किताब या नोट| पंकजले चाही थोरै बेइमानी गर्छ| जब जब सनिरालाइ किताबमा पूर्णरुपमा मग्न भएको भेट्छ, उ सनिरालाइ एकछिन सम्म एक टक भइ हेर्छ, धित्त मर्ने गरि| यो बेइमानी पंकजले दैनिक रुपमा थोरै थोरै गर्दै, दुइ देखि तिन पल्ट गर्छ| यसरि नै समय जान्छ र घडीमा रहेको घन्टाको सुइ ७ मा पुग्छ| घर जाने बेला भयो पंकजको|

जब पंकज घर जान तैयार हुन्छ , सनिराको मामुले जहिले दुइटा प्रश्न गर्नु हुन्छ| “पंकज, आज यतै बसे हुन्न?” यो पहिलो प्रश्नको जवाफमा पंकजले जहिले हास्दै “मिल्दैन” भन्छ तर पनि सनिराको मामुले यो प्रश्न सोध्न छाड्नु भएन| जब यो प्रश्नको जवाफ “मिल्दैन” आउछ, सनिराको मामुले अर्को प्रश्न गर्नु हुन्छ| “खाना, खाएर जान त मिल्छ होला नि?” यो प्रश्नको जवाफ जहिले फरक फरक हुन्छ| “आज नाई, भोलि है अन्टि|” “आज पनि यहि खायो भने त मामुले घरबाट निकालिदिनु हुन्छ|” “आज चाडै जानुछ, भोलि ल|” यो सबै जवाफ भिन्न भएपनि भाव “हुन्न या नाई” नै हो|  पंकजले सधै हुन्न पनि भन्दैन, कहिले हुन्छ पनि भन्छ र हुन्छ भन्दा उसको जवाफ जहिले “हुन्छ” नै हुन्छ|

सुरुको चारवटा परिक्षा निकै नै राम्रो गयो| राम्रो भन्ने शब्दको मतलब फेरी मान्छे अनुसार फरक हुन्छ| सनिराको लागि राम्रो हुनु भनेको सजिलै पास हुनु र औसत भन्दा केहि राम्रो हो| पंकजको लागि राम्रो हुनु भनेको ३.८ gpa को वरी परि अंक ल्याउनु हो| चौथो परिक्षा सकिएको रात नै सनिरालाइ ज्वरो आयो| अन्तिम परिक्षा 4 दिनको अन्तरामा छ| अन्तिम परिक्षाको एक दिन अघि मात्र सनिरालाइ सन्चो भयो| परिक्षा एकदिन भोलि छ र सनिराले केहि पढेकी छैन| बिहानको सात बजे, सनिराले फोन गरिन् पंकजलाइ|
“पंकज सुन न, मलाई भोलि लिन न आउ है|”
“किन र? बुवासंग जान्छौ हो?”
“हैन| म जान्न| म exam दिन्न|”
“के भन्छे…. जिस्केको? …के भयो?”
“मैले केहि पढेको छैन| यसै फेल हुन्छु, बरु अर्को पालि दिन्छु|”
“म आउदै छु त एकछिनमा| संगै बसेर पढ्ने हो, अनि के को फेल हुन्छौ?”
“एकदिनमा कति नै पढेर भ्याउछु र?”
“ओइ ग्वाच… English को exam हो| English मा पास हुन पढ्नु पर्दैन के|”
“आउनेलाइ पो नपढे पनि हुन्छ… मैले नपढे भने फेल हुन्छु|”
“हल्ला हैन अनि जान्ने हुने पनि हैन| म आउदैछु, अन्टिलाई मेरो लागि पनि खान पकाउन भन|”
“तर ….”
“म तर मर केहि सुन्दिन| म आउदैछु|”

सनिरा अझै केहि भन्न खोज्दै थिइन् तर पंकजले नसुनी फोन राख्यो र सनिराको घर पुग्यो| पंकजको हक लाग्ने भएर नै उसले सनिरालाइ सम्झाउदै छ, फकाउदै छ र हप्काउदै पनि छ| सम्झाउदा सनिराले बुझिनन्, फकाउदा मानिनन् र हप्काउदा सनिरालाई फरक परेन| पंकज घुर्की लगाउन लाग्यो| “भोलिको exam कि हामि दुवै संगै दिन्छौ या दुबैले दिदैनौ|” पंकजले घुर्की लगाउन यहाँबाट सुरु गर्यो| अघि सम्म सनिराले परिक्षा दिनै पर्छ भन्ने बिषयमा बहस हुदै थियो र पंकजको घुर्की संगै बहस नया बिषयमा केन्द्रित भयो| नया बिषय हो पंकजले चाही परिक्षा दिनु पर्छ भनि| एकछिन सम्मको बहस पछी पनि केहि निस्कर्ष निक्लिएन| सनिरा परिक्षा दिन तैयार भइन र पंकज सनिरा बिना परिक्षा दिन्न भनि ढिप्पी गर्दैछ| पंकजले परिक्षा छाड्दैन तर उसले सनिरालाइ मनाउनलाइ झुठ बोल्दै छ|

“ल म तिमीले भनेको मानेर परिक्षा दिन्छु तर तिमीले पनि मैले भनेको मानेर परिक्षा दिनुपर्छ|” लगभग एक घण्टाको बहस पछी पंकजले यति भन्यो र यसमै दुबैले सहमति जनाए| पंकजले के के भनेन सनिरालाइ सम्झाउन र बल्ल बल्ल फकायो सनिरालाइ|

कसैको अपमान गर्न खोजेको हैन र कसैलाई खिन्न महसुस गराउन पनि खोजेको हैन| तर अंग्रेजी बिषयमा अनुतिर्ण भइन्छ भनेर कसले परिक्षा दिन्न भन्छ| अंग्रेजी बिषय त आमा जस्तै हो नि| हामीलाइ आमाले जे गरे पनि माया गर्नु हुन्छ र अंग्रेजीमा पनि पढे पनि नपढे पनि अंक चाही अबस्य आउछ| कसैको कम आउला र कसैको धेरै, तर अनुतिर्ण चाही कोहि नहुनु पर्ने हो|  BBA मा आएर अंग्रेजीमा फेल हुने मानिस त dinasour जस्तै लोप भइसकेको हुनुपर्छ| अंग्रेजीको परिक्षा नदिनु भनेको सनिराको जीवनकै सबै भन्दा ठुलो भुल हुन्थियो| पंकजले सनिरालाई यो भुल गर्नबाट जोगायो र सनिराको परिक्षा फेरी पनि राम्रो भयो| सनिराले पंकजलाइ धन्यबादको बर्षाले भिजाईन्|
पंकज र सनिरा केहि पहिला निक्लिएका थिए परिक्षाबाट| परिक्षा सकियो, बाकि ७ जना पनि भेला भए परिक्षा केन्द्र बाहिर| घर जान मन कसैलाई छैन, त्यसो भए के गर्ने? परिक्षा १ बजे सकिएको, 3 बजेको मुभि हेर्न जाने योजना बन्यो| मुभि पछी खाजा खान गए सबै र ७ बज्यो त्यहि| “आज हामि सबै मेरो घरमा बसौ न| मेरो घरमा कोहि हुनुहुन्न|” निकेशको यो प्रस्ताभमा केटाहरु सबैले सहमति जनाए र अस्मिता पनि राजि भइन्| सनिराले चाही नमिल्ने भनि आफु सामेल नहुने भनि भन्दै थिइन् तर आठ जनाले फकाउदा सनिरा पनि राजि हुने पर्यो| केहिले घरमा झुठ बोलि अनुमति लिए र केहिले साथीकोमा बस्ने भनेर नै अनुमति लीए

सबै साथि राति बस्ने गरि कुनै साथीकोमा जादैछन् भने, त्यहाँ थप अरु केहि योजना पनि बन्छ| योजना बन्यो अब मदिराको| केटाहरुले ७५०ml को 3 बोतल signature लिगे| सनिरालाइ मदिराको स्वाद र नशा, दुवैको अनुभव रैनछ| सनिराले केहि नलिने भनेपनि, अस्मिताले दुइ बोतल wine किनिन्| रमाइलो रात सुरु भयो अब|
रत बित्दै गयो र गफ बढ्दै गयो| आठ जनाले फेरी पनि जिद्दी गर्न लागे र सनिराले एक ग्लास wine लिनै पर्यो| पहिलो ग्लासलाइ जिद्दी गर्नु पर्यो, दोस्रो देखि उनले आफै जिद्दी गर्न लागिन् चाहियो भनि| रक्सि पिउदै गर्दा नशा चढ्दै गयो सबैलाई| पंकजलाइ चुरोटको तरस हुन लाग्यो| तर सनिराको सामुने पंकजले अहिले सम्म चुरोट तानेको छैन| सनिरालाइ थाहा पनि छैन पंकज चुरोट तान्छ भनि| चुपचाप लागेर पंकज सबै बसेको ठाउबाट कसैलाई केहि नभनी उठ्यो चुरोटको निम्ति| पंकज त्यहाँबाट निक्लिएको सनिराले देखेकी थिइ|

पंकज निक्लिएको केहि पलमा नै सनिरा पनि पंकजको पछी पछी गइन्|  सनिरा नशामा चुर्लुम्म डुबेकी छे| उनि के गर्दैछिन् उनलाई आफैलाई थाहाछैन| भोलि उठ्दा उनको पहिलो प्रश्न नै “मैले हिजो के गरे? के के भयो?” हुनेछ| भोलिको चर्चा पछीलिया छाडदिम| पंकजले चुरोट पिउदै गरेको सनिराले देखिन् र पंकजलाइ थाहा पनि थिएन कि सनिरा उसकै पछाडी छिन्|
“तिमि चुरोट पनि तान्छौ?” सनिरा रिसाउनु पर्ने हो कि चकित हुनुपर्ने? अरु समय भएको भए रिसाउथिन् होला तर नशाले गर्दा चकित भइन् उनि|
“कहिले काही|” पंकज केहि घब्राउदै बोल्यो र जवाफ फर्कायो|
“तर मलाई किन थाहाछैन अहीले सम्म? मलाई किन नभनेको?” सनिराले ठुस्किदै प्रश्न गरिन्|
“अहिले सम्म तिमिलाई भन्ने मौका नमिलेको हो|” पंकजलाइ सनिरा नशामा छिन् भन्ने बोध छ, त्यसैले जवाफ सम्हालिएर दिदै छ|
“मौका नमिलेको केहि हैन| तिमीले यो कुरा लुकाएको हो मसंग नत्र यतो महिना मलाई थाहा नहुने हुन्छ|” सनिरा नशामा छिन् तर उसको दिमाग अहिले पनि चल्दैछ| पंकजले आफ्नो चुरोट पिउने आदत सनिरासंग लुकाएको सनिराले दुरुस्त बुझिन्|
“हो तीमीलाई नभनेको नै हो मैले| तिमीले फेरी के सोच्छौ सोचे मैले| अनि भनिन त्यसैले|” जब सनिरालाइ लग भग पूर्ण सत्य थाहा भइसक्यो, पंकजले बाकि रहेको केहि लुकाऊन चाहेन|
“तर चुरोट किन पिउछौ के तिमि?” सनिराबाट यो प्रश्न भनि पंकजले पहिले अनुमान गरिसकेको छ|
“किन कि आफ्नु ओठले चुरोट जति मज्जाको अहिले सम्म केहि चुमेको छैन मैले|” पंकजले पनि चाहेर दिएको जवाफ हैन, नशाले उसको अरु केहि जवाफलाइ यो जवाफमा परिणत गर्यो|
“ ल आजबाट तिम्रो ओठले चुमेको सबै भन्दा मज्जाको चिज चुरोट हुनेछैन| आजबाट तिमीले चुरोट छुने पनि हैन|” सनिराले यति भनेर पंकजको ओठमा रहेको चुरोटमा आफ्नो हात पुर्याइन् र पंकजको ओठको चुरोटलाइ आफ्नो कब्जामा लिईन्| चुरोटको एक सर्को आफुले तानिन्| धुवा आफु भित्र लिदै पंकजको अनुहारमा धुवा फुकिन् र चुरोटलाइ भुइमा फ्यालेर आफ्नो पाइतलाले कुल्चिन्| चुरोटको भाग्य, सनिराको ओठबाट चुमियो सुरुमा अनि फेरी सनिराको पाइतलामा यात्रा अन्त्य भयो चुरोटको| चुरोटलाइ पाइतलाले कुल्चीसकेपछी, “यस्तो स्वाद बिनाको चिजलाइ तिमि मज्जाको भन्दैछौ| पंकज तिमि भ्रममा रैछौ|”  भन्दै पंकजलाइ आफु तिर तानिन् र आफ्नो औला पन्कज्को कपाल बीच खेलाउदै पन्कज्को ओठमाथि आफ्नो ओठले फत्ते हासिल गरिन्| सनिराको तातो सासले पन्कज्को मनमा शितलता छर्दैछ| अमृत छ सनिराको ओठमा| अमृतको स्वाद यति मिस्टान्न हुनेभएर नै बिष्णुले मोहिनी बनि दानवलाइ छलेका रैछन्| सनिराको ओठको अमृत चाख्न पाएर नै अब पंकजको मगजमा यो पल अमर हुने भयो|

हो यो पल पंकज कहिले पनि भुल्न सक्दैन| यो जुनी हैन सात जुनी सम्म पनि पंकजको मन र मस्तिस्कमा छापिएको हुन्छ यो पल| यो पलको बखान गर्नु भनेको यो पलको अपमान हो र आफ्नै समय खेर फ्याल्नु हो| शब्द भेटिन्छ यो पलको बयान गर्नलाइ तर कुनै शब्दले यो पलको भाव पुरा गर्न सक्दैन| कुनै पल यस्ता हुनछन, जसलाई शब्दमा बुझ्ने हैन, एकपल्ट आखा बन्द गर्नु पर्छ र कल्पनामा रुझ्नु पर्छ| (आखाँ बन्द गर्नुहोस्, अनि यो पलको कल्पना गर्नुहोस्|)

यो पलमा रम्ने पंकज र सनिरा थिए र दर्शक भने अस्मिता पनि भइन्| अस्मिताले यो दृश्य देख्दै नै थिइन्| पंकजले इशारा गर्दै अस्मितालाइ त्यहाबाट जान आग्रह गर्यो र सनिरा पंकजको अन्गालोमा निदाईन्| सनिरालाइ कोठामा छोडेर आउदा, अघि घटना एक कान दुइ कान मैदान भइसकेको रैछ| पंकजलाइ सबैले जिस्काउन लागे र यो पलको जिकिर आज पछी कहिले पनि नगर्ने भनि सबैलाइ बाचाबद्ध गरायो| सनिराले अहिले नशाको तालमा चुमेकी हुन् पंकजलाइ, र उनलाई यो घटना भोलि याद पनि हुनेछैन| भोलि उसले यो घटना थाहा पाई भने ग्लानि र अप्ठेरो मात्रहुनेछ उनलाई| त्यसैले पंकजले यो कुरा गोप्य नै राख्न खोज्यो| सनिराले पंकजलाइ चुमेको कुरा, अब सनिरा बाहेक ८ जना सबैलाई थाहाछ|

रात सकियो र बिहान भयो…

Previous article
Next article

Latest Posts