Part 25

होटेल पुग्नु अगाडी, पामे छेउमा कार रोके| बीच बाटोमा कार रोकेछु, पछाडीबाट अर्को गाडीले हर्न बजाएपछी मात्र ज्ञात भयो| कारलाइ बाटो छेउमा पार्क गरे र केहि बेर शान्त बसे कार भित्र नै| म जे गर्न जादैछु, त्यो सहि हैन| सहि गलतको फिक्री छैन मलाई| समयको माग् अनि जीवनको जरुरत, यो दुइ पछी मात्र आउछन सहि र गलतको सोच| क्षितिजले घडी र लकेट चुट्याउनु गलत हो भने, म अहिले जे गर्न जादै छु, त्यो पनि गलत हो| अनि क्षितिजको त्यो कदम सहि हो भने, म अहिले जे गर्न जादै छु त्यो गलत हुन सक्दैन| तर के मेरो गलत गलत हुन्छ, जब मेरो गलत अरुको गलतको नतिजा हो?

मसंग क्षितिज र मेरो जति पनि फोटो छ, त्यो सबै ल्याएको छु| क्षितिजले लुगा पनि घरमा छाडेको थियो, त्यो पनि ल्याएको छु| जब क्षितिजसंग मेरो कुनै सम्बन्ध छैन, जब मेरो जीवनमा उसको लागि कुनै ठाउ नै छ भने, उसंग जोडिएको केहि बस्तु मेरो वरीपरि राख्नुको औचित्य के? मायाको यात्रा कि त पुरा हुन्छ कि त अधुरो, तर अड्किएर बस्न दिनु हुन्न| टुटेको सम्बन्धको यादमा, नमान्छे अड्किनु हुन्छ, न कसैको जीवन अड्किनु हुन्छ, न कसैको समय अड्किनु हुन्छ, न कसैको बर्तमान अड्किनु हुन्छ, न वर्तमानले गर्दा भबिस्य अड्किनु हुन्छ| फोटो र क्षितिजको लुगा लिएर कारबाट निक्लिए, बाटोबाट अलि तल लागे, एउटा चिया पसल रैछ|
“दाइ एउटा चिया बनाई दिनुस् न| अनि लाइटर पनि दिनु|”
“ बहिनि, लाइटर मात्र कि चुरोट पनि?”
“हैन दाइ, लाइटर मात्र दिनु|”

दाइले लाइटर ल्याइदिनु भयो| फोटो निकाले र लाइटर बाले| फोटो जलाउन खोज्छु तर सक्दिन| लाइटर फोटो नजिक लग्छु र निभाउछु| लाइटर फेरी फोटो नजिक लग्छु र फेरी पनि निभाउछु| जसले मायाको चिता उहिले जलाएको थियो, म भने उसंगको यादको प्रतिक रहेको फोटोहरु जलाउन सकेको छैन| यदि मलाई सम्बन्धमा अड्किनु छैन भने क्षितिजको हरेक यादलाइ पर बनाउनु पर्छ, आफ्नो मनबाट पनि र आफ्नो जीवनबाट पनि| मन जल्दै छ, जल्नुको पिडा थाहाछ| फोटो जलाउन मुस्किल हुदै गयो तर मनलाई तड्पाएर राख्न नि हुन्न| आखा चिम्लिए अनि क्षितिज र मेरो हरेक फोटो जलाइदिए| यो द्रिस्य आखाले हेर्न सकेन र आखा बन्द नै छन्| दाइ चिया लिएर आउनु भयो|
“नानि जाडो त छैन| आगो बालिछौ त|” दाइले टेबुलमा चिया मात्र हैन एउटा प्रश्न पनि राख्नु भयो|
“दाइ मसंग केहि कपडा छ| राम्रो छन्| कहाँ दिनु? हजुरलाइ यस्तो कुनै ठाउ थाहा छ?” दाइले राखिदिएको चियाको एक चुस्की लिदै, दाइको प्रश्नको जवाफ दिनु जरुरि ठानिन र अर्को प्रश्न गरे दाइलाइ|
“हजुरको कपडा हो? हजुरको कपडा भए, मेरो बुढीलाइ हुन्छ|” दाइले मेरो समस्याको हल निकालिदिनु भयो तर पूर्ण हल हैन|
“मेरो त हैन, मेरो साथिको हो| हजुरलाइ ठिक हुन्छ सायद|” दाइले हुन्छ भन्नु भयो भने मेरो समस्याको पुरा हल निक्लिने छ र यहाँबाट म सिधै होटेल जान सक्छु|

दाइले कपडा स्विकार्नु भयो र चियाको पैसा लिन मान्नु भएन| होटेल पुग्ने बित्तिकै cv बनाउन लागि परे| cv पनि छिट्टै नै तैयार भयो| अहिले सम्म कहिँ कुनै ठाउमा केहि  काम गरेको छैन| पढाइ अपनी प्लस टु सम्म| बिधालय र प्लस टुको कलेजको नाम अनि त्यसमा ल्याएको अंक, यति लेख्दा त cv नै सकियो| एक पेज पनि भएन, केहि आफ्नो बारेमा लेखे अनि केहि आफ्नो रुची| नम्बर लेख्न झन्डै भुलेको| नम्बर पनि हाले cv मा| खाना कोठामा नै मगाए र फ्लिम हेर्दै खाना खान लागे| अघि टिपेको नम्बरमा फोन गर्ने समय आयो, पहिलो फोन सहकारीमा गरे| बिभिन्न पसल र ठाउमा गएर पैसा जम्मा गरेर ल्याउनु पर्ने रैछ| दिउसो भरि ठाउ ठाउ घुम्न पाउछु, दिमागमा केहि घुम्न पाउदैन| निकै नै खुसि लाग्यो| तलब धेरै छैन रैछ, जम्मा १००००| काम पनि ११ बजे बाट 4 बजे सम्म गर्नु पर्ने रैछ| सबै लगभग पक्का भइसकेको थियो तर एउटा प्रश्नले सबै बिथोल्यो|
सहकारीको म्याम: “हजुरसंग स्कुटरको लाइसेन्स छ है?”
म : “छ| स्कुटर र कार दुबैको छ|”
सहकारीको म्याम: “स्कुटर पनि छ है? पेट्रोल अफिसले नै हालिदिन्छ|”
म : “स्कुटर त छैन| कार मात्र छ|”
सहकारीको म्याम: “आफुसंग टाइम छ भन्दैमा अरुको समय खेर फ्याल्न मिल्छ? फोन राख्नु| स्कुटर छैन कार छ रे|”

थाहाछैन किन म्यामले रिसाएर फोन राख्नु भयो| मैले सत्य बोलेको थिए नि| फेरी फोन गर्न खोजे तर सकिन| रिसाउनु भएको थियो, झनै रिसाउनु भयो भने| लेखापाल पदको लागि फोन गर्दैछु| सहकारीको जस्तो सजिलो अन्तरबार्ता हुन्न थाहा छ| तर सहकारीको अन्तरबार्ता पनि त्यति सजिलो थिएन| फोन गर्नु अघि, भगवानलाइ एक पल्ट सम्झीए फोन लगाए| स्नातक सकिएको र बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म बस्नु पर्ने रैछ अफिसमा| म ब्यस्त हुन खोज्दै छु तर यति पनि हैन| अनि स्नातकको कक्षा अर्को हफ्ता देखि सुरु हुदैछ| यो जागिरको लागि 3 बर्ष चाडै दरखास्त दिए छु|

अहिलेको अन्तिम आश भनेको होटेलको रिसेप्सन हो| “यहाँ जब भइदियो भने, म लड्डु चढाउछु|” मन मनै भगवानसंग केहि माग्दै छु| भगवानले मेरो मनोकामना सुनि दिनु होस् भनि प्रार्थना गर्दैछु| मलाई तलब चाहिएको हैन, मात्र समय बिताउनलाइ मैले जागिर गर्न खोज्दै छु| तलब जति भने पनि नाई भन्दिन| बाकि भगवानको अनि जागिर दिनेको इच्छा| रिसेप्सन पदको लागि फोन गरे तर त्यहाँ पनि जागिर मिलेन|  रातिको काम रैछ, जुन म गर्न सक्दिन| अब जागिर कसरि खोज्नु मैले? के खोज्नु? बिहान औधि खुसि भएको थिए, घर पुगेपछि पिडामा थिए र अहिले खिन्न छु|

कारले गर्दा सहकारीको जागिर पाइन| के कुरा पक्का भए भने, मैले जहाँ जागिर गर्छु, त्यहा साथि त बनाउछु तर सच्चा हैन अबै नक्कली साथि| किन कि कारले गर्दा सच्चा साथि मबाट टाढा हुनछन र नचाहिने मान्छे मेरो नजिक हुन पुग्छन| कुरा यहाँ कारको हैन, पैसाको हो| मलाई पनि अरु जस्तै भएर बस्नु छ र अरु संग घुलमिल हुनुछ| कार छाडेर म सार्बजनिक यातायातमा यात्रा गर्न सक्दिन| त्यसो भए के गर्ने त? स्कुटरको लाइसेन्स छ, स्कुटर लिने सोच बनाउन लागे| २ बजे यो सोच आएको दिमागमा, 4 बजे मैले स्कुटर किनी सके| छिट्टै निर्णय लिने बानि नराम्रो हो तर मनलाई थाम्न सक्दिन| यमाहाको Ray scooter लिए|

कार अब के गर्ने? स्कुटर लगे भने कार छाड्नु पर्छ, कार लागे भने स्कुटर किनेको केहि उपलब्धि नै भएन| एक जनाले स्कुटर घरसम्म स्कुटर लग्दिन मिल्छ भनि आग्रह गरे र त्यो आग्रह स्वीकारियो| म कारमा, मेरो स्कुटरमा एक जना, अनि बाइकमा एक जना, यसरि मेरो घर पुगेउ| बिहान मात्र जागिर पक्का नभए सम्म घर फर्किनन् सोचेको थिए तर  अहिले बेलुका घरमा छु| स्कुटर त्यहा छाडेर दुइ जना बाइकमा फर्किए| म पनि घर भित्र पसिन, कार पार्क गरे, मूल ढोका लगाए र होटेलको लागि  हिडे|धेरै नै पछी स्कुटर हाक्दै छु, रमाइलो हुदैछ|

छिट्टै लिएको नतिजा सहि नहुन सक्छ तर सधै गलत पनि त हुदैन|

Previous article
Next article

Latest Posts