रात सकियो र बिहान भयो| घटना हिजोको हो
तर यसको परिणाम धेरै पछीसम्म जारि रहनेछ| त्यसको उदाहरण अहिले मात्र देख्न सकिन्छ|
सौगातले चुरोट सल्कायो र केहि सर्को तानीसकेर पंकजलाइ दियो तर पंकजले त्यो चुरोट
समाउन मानेन| अब केटाहरुलाइ यसभन्दा धेरै के चाहियो र? “ चुरोटमा मजा कहाँ छ र अब|
अरु केहिको लत लागिसक्यो नि यसलाई|” हिजो को घटनालाइ उल्लेख गर्दै सौगातले पंकजलाइ
जिस्काउन लाग्यो| पंकज केहि बोल्न सकेन, लजायो पंकज| पंकज थोरै मुस्कुरायो र सौगातको
शब्दलाइ बेवस्ता गरिदियो| केहि बेर पछी, खाजाको लागि सबै भान्सामा भेला भए|
“हिजो म कुन बेला निदाए? के के भयो?” सनिराको यो प्रश्न अनि पंकज बाहेक सबै
एकअर्कालाइ हेर्दै मुस्कुराउन लागे| पंकजले आखा तर्दै सबैलाइ हेर्यो र सबै फेरी
सामान्य भए| पंकजलाइ डर छ, कहिँ कतैबाट हिजोको घटना सनिरालाइ थाहा भइहाल्यो भने|
“ खासै केहि भएन| तिमि निदाई हालेउ|” पंकजले नै जवाफ दियो| अरुको जवाफले कुरा
बिग्रिन सक्छ र यो पंकजलाइ हुन दिनु छैन|
“म त निदाए, तिमिहरुले चाही के गरेउ?” सनिराबाट फेरी अर्को प्रश्न आयो|
“हामीले त केहि गरिनौ| जे गर्नु तिमीले गरेउ नि|” अस्मिताको यो जवाफ र पंकजको
अनुहार हेर्न लायक छ|
“मैले के गरे?” राति रक्सि खाएर अचेत भएको मान्छेले भोलि बिहान उठेर के गर्छ भन्दा
प्रश्न गर्छ| सनिराले पनि त्यहि नै गर्दै छिन्|
“रक्सि पिउदिन भनेर भनेको मान्छेले अस्मिता भन्दा धेरै पियौ| अनि अझै के गरे रे|”
पंकजको माया लाग्दो अनुहार देखेपछी चन्द्रले सम्हालिएर जवाफ दियो र सबै काबुमा
अल्यायो| यो दिन यहि सकियो तर मौका मिल्ने बित्तिकै कोहि पछी पर्दैन पंकजलाइ
जिस्काउन| सबैले पंकजलाइ जिस्काउनु दुख दिने नियतले हैन| सबैको चाहना एउटा छ,
पंकजले आफ्नो माया जिकिर गरोस् सनिरा सामु|
कलेज सुरु भयो र दिनहरु फेरी पहिले जस्तै नै चल्दैछ| कहिले पढ्ने, कहिले कलेजबाट भागि घुम्न जाने, कहिले एक अर्काको मजाक उडाउने र कहिले बिना कारण हास्ने| एकदिनको कुरा हो| पंकजको नोट कुनै साथीले माग्यो| पंकज संग नोट माग्नु सामान्य हो, कारण भनि रहनु पर्दैन| त्यो नोट भित्रबाट एउटा पाना छ र त्यो पाना त्यहाँ छ भनि पंकज आफैले बिर्सिएको छ| त्यो पानामा केहि यस्तो लेखिएको थियो, एक पछी अर्को गरि सबैले पढ्न लागे| अनि त्यो पाना सिक्षकको हातमा पुग्यो|
पाना कसको हो भनि सोध्दा,सबैको औला अनि आखा पंकज तिर छ| त्यो पाना शिक्षकको हातमा देखेपछी पंकजको सातोपुत्लो उड्यो| आखिर के छ त्यो पानामा कि पंकज पशिना पसिना भयो र सबैको मुकुराउदा पनि उ केहि बोल्न सकेको छैन| पंकजलाइ अगाडी बोलाइयो र कक्षाको सामु उभ्याइयो| “पंकज,यो पढेर सबैलाइ सुनाउ| हाम्रो बीच लक्ष्मी प्रसाद देबकोटा रैछन|” शिक्षकले यति भन्दा त्यो पाना पंकजको हातमा राखिदिए| पंकजलाइ अप्ठेरो महसुस भयो तर उसले पढ्नै पर्यो| पानामा के लेखिएको थियो?
“अरुलाई के थाहा मायाको प्रतिबिम्ब
मात्र नाउमा छ भनि,
अरुलाई के थाहा गन्तब्यको सुरुवात तिम्रो पाउमा छ भनि|
सकिन डुब्न तिम्रो मायामा, मायामा
डुब्नेलाइ के थाहा,
मायाको असली मजा डुब्नुमा हैन,तिम्रो नाउँमा छ भनि|
दुशासनले लुट्यो रे पाण्डबको सर्वस्व
कौडाको खेलमा,
अरुलाई के थाहा,संसार लुट्ने चाल तिम्रो दाउमा छ भनि|
छुट्टियौ तिमि र म, तर पनि सकेको छैन भुल्न
तिमीलाई,
मलाई के थाहा, तिम्रो याद तिमीले दिएको घाउमा छ भनि| “
पंकजले पाना हेरी यति बाचन गर्यो र कक्षा भरि तालिको आवाज गुन्जियो| पंकज अहिले पनि पसिनाले भिजेको छ र काप्दै छ| खुसि छ तर खुसी हुन सकेको छैन| पहिलो पल्ट यति धेरै मान्छेले एकैपल्ट पंकजको बयान गर्दैछन् र पंकजले केहि महसुस गर्न सकेको छैन| पंकजआफ्नो ठाउ तिर अघि बढ्यो र बेन्चमा गएर बस्यो|
“ तिमि पनि लेख्छौ? त्यो पनि यति रामो?
धेरै कुरा थाहा रैनछ नि मलाई|” पंकज छेउमा आउने बित्तिकै सनिराले प्रश्न सोधिन्|
“ तिमीलाई धेरै कुरा थाहा छैन नि सनिरा|” अस्मिताले मौका खेर फ्यालिन| चुम्बनको
कुरा ल्याएर फेरी पनि पंकजलाई जिस्काउन लागिन्| अस्मिताले यति भन्ने बित्तिकै
पंकजले फेरी तर्के आखाले हेर्यो अस्मितालाइ|
“मलाई त्यस्तो के थाहा छैन र?” सनिराले फेरी पनि प्रश्न गरिन्| अब यो प्रश्नको
जवाफ कसले दिन्छ?
“ पंकजले यो आफ्नो ex को लागि लेखेको?” अस्मिताले यो किन भन्दै छिन्, यसको मूल उदेश्य
के हो? अस्मितालाइ मात्र थाहाछ आखिर अस्मिताको दिमागमा के चल्दैछ|
“ex? पंकजको ex?” सनिरा चकित
भइन् र यसमा केहि नौलो छैन| सनिरालाइ बिस्वास गर्न गाह्रो भयो कि पंकजले यो बिषयमा
सनिरालाइ केहि भनेकै छैन|
“ तिमिलाइ केहि भनेको छैन पंकजले? सुन्ने ………
