Part 27

नया ठाउ, अनि केहि भिन्न अनुभव बटुल्न जादै छु आजबाट| मेरो पहिलो दिन, राम्ररि नै बित्यो| यस्तो हुन्छ, यस्तो होला, यस्तो हुनुपर्छ, यस्तो केहि नसोची पुगेको हो म तालिममा| जति थोरै आकन्क्षा , त्यति नै धेरै आनन्द| यहि नै सिक्दै छु आजकाल| चाहेको केहि नपुगेपछी, अचेल चाहना राख्न नै छाडीसके| पहिलो दिनमा धेरै नै सिके, मेरो लागि चाही धेरै नै हो, अरुको लागि थाहा भएन| सिकेको धेरै कुरा मध्य, केहिको ज्ञान पहिलेबाट नै मलाई थियो, केहिको ज्ञान थियो तर गलत ज्ञान अनि केहि आज मात्र सिक्दै र बुझ्दै छु| मरो उमेरका धेरै थिए तर मैले चिन्ने एक जना मात्र, अनिता भाउजु| तालिम पछी,  म र भाउजु, संगै नै भाउजुकोमा पुगेउ| भाउजुले बाटोमा रोकेर केहि सब्जी किन्नु भयो अनि केहि शृंगारको सामान पनि| भाउजुको पुग्ने बित्तिकै दाइले चिया र ब्रेड चप ल्याएर दिनु भयो| भोक लागेको छ तर खान अप्ठेरो लाग्छ| चिया र खाजाको पैसा लिन मान्नु हुन्न दाइले|

उहाको आर्थिक स्थिति राम्रो छैन थाहा छ मलाई, त्यसैले पनि गाह्रो महसुस भएको हो मलाई| जहिले पैसा दिन खोज्छु, आफ्नै छोरी बेटीसंग पैसा लिए भने त भगवानले पापको भारि बोकाउछन्| छोरी चेलीलाइ दिने हो, छोरी चेलीबाट लिने हैन|” दाइले यति भनेपछी  म केहि बोल्न नै सक्दिन| जब दाइले मलाई आफ्नै परिवार मान्नु हुन्छ भने मेरो पनि केहि जिम्मेवारी हुन्छ नि परिवारमा| तर खै, दाइले बुझ्नु नै हुन्न| मलाई थाहा नै नदिई, आज पनि दाइले खाना बनाइ सक्नु भएछ| अब पाकी सकेको खानालाइ नाई पनि भन्न नमिल्ने, पाकेको मात्र हैन, थालमा पस्किसकेको खाना|

सिधै होटेल पुगे यहाँबाट| ८ बजेको छ, रात पनि रमाइलो छ आजको| हिजो बियर पिउछु भनि सोचेको, आज पिउन मन लाग्यो| होटेलको कोठामा बसेर पिउन मन छैन| जब नसा चढ्छ, म पन्छी बन्न पुग्छु र उड्न मन लाग्छ| यो कोठाको चार भित्ता बीच बसेर पिए भने, म बालक बबुरो हुन पुग्छु| बार जाने भए| तर बार जानु अघि नुहाउनु पर्छ| तालिममा पसिनाले भिजेको थिए अनि त्यसपछी धुलोको पाउडर| रातको ८ बजेर हो कि, तातो पानिले नुहाएको ले हो, आज केहि भिन्न महसुस हुदै छ| पानिको स्पर्श बेग्लै छ, शरीरमा आगो लगाउदै छ पानिले| पानीले आखिर आगो कसरि लगाउन सक्छ? पानिले जलाउदै छ अनि मलाई तड्पन महसुस हुदै छ| तड्पन के को हो थाहा छैन| आगो लागेको शरीरलाइ टावेलले छोपे र कोठा आएर लुगा थपे|

एक्लै जान लागेको छु, अनि आफ्नो लागि जादै छु| न कोहि पिउने साथि छ र न कोहि बोल्ने साथि| न कसैलाई देखाउनु छ र न कोहि संग रम्नु छ| मज्जाको मेक अप र राम्रो लुगा, यस्तो केहि इच्छा छैन| माथि टि-सर्ट अनि तल ट्राउजर, अनि मोवाइल, पैसा र कार्डको लागि एउटा पर्स| यसरि तैयार भए र बार तिर लागे| बार पुग्ने बित्तिकै, बियर र पिज्जा मगाए| एउटा अचम्मको बानि लागेको छ, रक्सि पिउदा चुरोट चाहिने| चुरोट चाही जुन पनि पिउदिन, mond चुरोट मात्र हो| बारमा सबै कि जोडी आएका छन् कि साथीको हुलमा, म मात्र हो जोडी बिनाको चरी|

म मात्र हैन, अझै एक जना म जस्तै देखे जो एक्लै बस्दै छ| त्यो केटासंग आएको साथि कहिँ गएको हुन सक्छ तर २ घण्टा देखि कसैले कसैलाई छाडेर पनि त जादैन| सच्चि मैले भन्न बिर्सिए है, एक्लै बस्ने व्यक्ति एउटा केटा हो| म उसलाई चिन्दिन र म उ प्रति आकर्षित पनि हैन तर पनि नचाहदा नचाहदै पनि आखा उ तिर जादै छ|  मैले उसलाई हेरेको हैन तर उसले जे गर्दै छ, त्यो नहेरी पनि बस्न सकेको छैन| उसको अगाडी एउटा डायरी छ, खुल्ला डायरी| उ डायरीमा केहि लेख्दैछ र हरेको दुइ मिनेट पछी, उसले लेख्दै गरेको पाना च्यातेर फ्याल्छ| उसले जे लेख्न खोज्दै छ, त्यो लेख्न सकेको छैन| नत्र हरेक दुइ मिनेटमा पाना च्यात्नुको कुनै कारण नै छैन|

आखिर त्यो केटाले लेख्न चाही के लेख्दै छ? प्रेम पत्र? कसैको बारेमा सुनौलो बयान? कविता? कथा? खुसि लेख्दै छ कि व्यथा? कि केवल आफ्नो कथा लेख्दै छ? उसले लेख्दै छैन, उसले मनको भावना पोख्न खूज्दै छ तर पनि सकेको छैन| जान्ने इच्छा छ, उसले के लेख्दै छ| मनमा उत्सुकता छ| यो चाहना पनि मेरो धेरै चाहना मध्य एउटा त्यस्तो चाहना हो, जुन कहिले पुरा हुदैन| अझै एक बोतल बियर, अनि चाहना सार्थक बनाउन इच्छा जाग्यो| हिम्मतले साथ दियो र चाहना बढेर आयो तर बियरले साथ दिएन र मुत्र थैली भरेर आयो| केटा सामु पुग्नु अघि पहिले वासरुम पुगे र आउदा त्यो केटा छैन| यो चाहना पनि पुरा भएन| यो यस्तो पहिलो चाहना  हो, जुन पुरा नहुदा पनि चित्त दुखेको छैन र कुनै गुनासो पनि छैन|

कोठा पुगेर सुत्न खोज्दै छु तर निदाउन सकेको छैन| खै, आज अर्कै बेचैनी हुदै छ| यो बेचैनीलाइ बयान गर्न सक्दिन| अहिले सम्म यस्तो बेचैनी महसुस भएको छैन| शरीर भित्र भिन्न तातो पन पैदा हुदैछ| गर्मि हुदैछ, आफ्नै शरीरको कपडा पनि अधिका भयो| एक पछी अर्को गरि सबै कपडा शरीरबाट उत्रिए| तर पनि गर्मि हुदै छ| शरीरमा पसिना छैन तर पनि तड्पन हुदै छ| सहनै नसक्ने भयो शरीरको तड्पन| वासरुम पुगे र शरीरमा पानि खन्याउन लागे| चिसो पनिले पनि आगो निभाउन सकेको छैन| पानि संगै हात पनि शरीरमा जब चल्न लाग्यो, तब केहि राहत महसुस भयो| जब आफ्नै हात आफ्नो शरीरसंग खेल्न लाग्यो, तब तड्पन कम हुदै गयो र तड्पन आनन्दमा परिणत भयो| बल्ल शरीर नै शितल र हलुङ्गो भयो| अब मज्जाले सुत्न सक्छु म|

निन्द्रा बिहान ६ बजे नै खुल्यो| कलेज अर्को हफ्ता मात्र खुल्ने, छिटो उठेको केहि फाइदा नै भएन र कुनै अर्थ नै भयो| कफी भने र कफी पिएपछी फेसबुक चलाउन लागे| फेसबुकमा एउटा भिडियो देखे र त्यो भिडियोमा रहेको अनुहार मैले कहिँ देखेको छु| तर कहाँ? एकछिन दिमागमा जोड दिए र याद आयो| हिजो बारमा देखेको केटा नै हो भिडियोमा| मतलब हिजोको केटा लेखक रैछ? लेखक नै भन्छन है? कि कबि भन्छन? जे होस्, हिजोको चाहना अहिले पुरा भयो| हिजो त्यो मान्छेले, कविता नै लेख्दै थियो पक्कै पनि|  आजको दिनको सुरुवात यस्तै रहयो, र आज मात्र हैन, कलेज सुरु हुने दिन सम्म पनि यस्तै नै रहयो| यस्तै मतलब, सुरुवात राम्रो रहयो भनेको| सधै बार गएर, झल्लु भइ कोठा आएको भनेको हैन| हफ्ता दिन, तालिम र दाइको घरमा खाना यत्तिनै हो|  शनिबार चाही दाइ, भाउजु र नानि लाइ जबरजस्ती पिकनिक लगे|

आज आइतबार, कलेजको पहिलो दिन….

Previous article
Next article

Latest Posts